रिपोर्टरको डायरी : पाेहाेर साल भाेकै सुतेका ति दिनहरू…

राजबिराज । सप्तरीको विष्णुपुर गाउँपालिकाका झलही मण्डलको दुई साता यता आँखामा निद्रा पर्न छाडेको छ । कोरोना संक्रमणको दोस्रो लहर चलेपछि लकडाउन, निषेधाज्ञा, बन्दी हुन्छ भनि गरिँदै आएको अडकलबाजी र जता गएपनि यस्तै हल्ला चलेका कारण उनको मनमा चिन्ता पसेको हो ।

पोहोर यसै बेला पनि कोरोनाका कारणले गर्दा दैनिक ज्याला मजदूरी गरेर बालबच्चाको लालनपालन तथा आफ्नो पेट पाल्दै आएका उनलाई बज्रपातै पर्यो । लकडाउन र निषेधाज्ञाका कारण काम नचलेका कारण कैयौं रात भोकभोकै सुतेको पीडा उनले बिर्सन सकेका छैनन् । कामको खोजीमा हरेक दिन घरदेखि पाँच किलोमिटर टाढा रहेको सदरमुकाम राजविराज पुगेर काम खोज्ने र बेलुका कमाएको रकमबाट घर परिवारकालागि समेत आवश्यक खाद्य सामग्री किनेर फर्केपछि उनको घरमा चुलो बल्ने गरेको थियो ।

सरकारले लकडाउनका समयमा त्यो बेला मजदूरी गरी गुजारा चलाउँदै आएकाहरुलाई राहत दिने प्रचार गरिए पनि पाँच केजी चामल, एक लिटर तेल र एक केजी नून बाहेक केही नपाएको यहाँका अधिकांश मजदूरहरुको गुनासो अहिले पनि यथावतै छ

यस्तै पीडा राजविराज नगरपालिका स्थित विषहरिया टोलका महिकर सदाको पनि रहेको छ । उनले पनि खेतबारी खन्ने,घर निर्माणमा लेबरका रुपमा खट्ने तथा ट्याक्टरमा बालुवा,गिट्टी,ढुंगा लोड अनलोडको काम गर्दै आएका छन् । समस्या झलही र महिकरको मात्र होईन,सप्तरीमा कोरोनाका कारणबाट सम्भाबित बन्दका कारण अहिलेदेखि नै दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्दै आएका हज्जारौंको चिन्ता बढ्न थालेको छ ।

कोरोना बढेपछि स्थानीय प्रशासनले पनि सक्रियता बढाएको कारण कतै फेरि पनि बन्द पो हुने हो कि भन्ने डर उनीहरुमा विकसित हुन थालेको छ । गत वर्ष करीब ६ महिना सम्म यातायात नचलेका कारण यातायात मजदूर समेत नराम्ररी प्रभावित हुन पुगेका थिए ।

सरकारले लकडाउनका समयमा त्यो बेला मजदूरी गरी गुजारा चलाउँदै आएकाहरुलाई राहत दिने प्रचार गरिए पनि पाँच केजी चामल, एक लिटर तेल र एक केजी नून बाहेक केही नपाएको यहाँका अधिकांश मजदूरहरुको गुनासो अहिले पनि यथावतै छ । भोगेको दुःख हत्तपत्त बिर्सन नसकिने अनुभव सुनाउँदै छन् ।

कोरोना नियन्त्रणका लागि सरकारले बन्द गराउँदा यस्ता अति विपन्न वर्गका समस्या प्रति सम्बेदनशीलता देखाउन जरुरी छ । बन्द नगरी नहुने अवस्थामा पनि उनीहरुकालागि विशेष राहतको व्यवस्था गरी उनीहरुकालागि खान पुग्ने गरी राहत दिन जरुरी छ ।

तपाइको प्रतिक्रिया
(Visited 435 times, 1 visits today)

epaper

ताजा समाचार

लालबन्दीमा नेपालकै पहिलो मर्यादित महिनावारीमैत्री वडा घोषणा