काठमाडौं । जिल्ला प्रशासन कार्यालयले भोलिदेखि निषेधाज्ञामा थप कडाइ गर्ने जनाएको छ । आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बैठकले सरकारी र बैंक तथा वित्तिय संस्थालाई एक चौंथाइ कर्मचारी राखेर संचालन गर्न दिने निर्णय गरेको हो ।
सोमबारदेखि बिहान १० बजेसम्म मात्र अत्यावश्यक पसलहरु खोल्न अनुमति दिने निर्णय भएको छ । यसअघि बेलुका ५ बजेदेखि ७ बजेसम्म पसल खोल्न अनुमति दिएकोमा भोलिदेखि भने बेलुका पसलहरु खोल्न नदिने निर्णय पनि प्रशासनले गरेको छ । साथै मास्क नलगाउनेलाई होल्डिङमा राखेर जरिवाना गर्ने निर्णय समेत भएको छ ।
आजै बेलुका भक्तपुर , ललितपुर र काठमाडाैका प्रमुख जिल्ला अधिकारी बसेर छलफल गर्ने र थप निर्णय भएकाे छ ।
तपाइको प्रतिक्रिया
(Visited 400 times, 1 visits today)






