Tuesday, May 11, 2021
Home Not-to-be-missed सुनोदको निर्देशनमा ‘हावा सरर’

सुनोदको निर्देशनमा ‘हावा सरर’

राजधानी समाचारदाता,

काठमाडौं । गायक कुशल आचार्यको स्वरमा ‘हावा सरर’ सार्वजनिक भएको छ । गीतको कम्पोज गायक कुशलले नै गरेका छन् । कुशल र अंकुश अधिकारीले संयुक्त रूपमा लेखेको गीतमा प्रज्जवल लामाको संगीत सुन्न सकिन्छ । भिडियोको निर्देशन सुनोद श्रेष्ठले गरेका हुन् भने सुनेश श्रेष्ठले खिचेका हुन् । यसको भिडियो अस्ट्रेलियाको मेल्बर्नमा सुटिङ गरिएको हो ।

भिडियोमा रेसा सापकोटा, रोजिना उदास र ईश्वर फुँयालले अभिनय गरेका छन् भने गायक आचार्य र निर्देशक श्रेष्ठलाई पनि देख्न सकिन्छ । कुशल ‘द भ्वइस अफ नेपाल सिजन–१’ को फाइनलसम्म पुगेका प्रतियोगी हुन् । भोटिङका आधारमा विजयी छनोट हुने उक्त प्रतियोगिता उनी उपाधि जित्नबाट चुकेका थिए । गीतलाई लिएर गायक कुशल निकै आशावादी छन् । उनी भन्छन्, ‘द भ्वाइसको प्लेटफर्ममा मैले धेरै माया पाए । अहिले अफिसियल गीत सार्वजनिक गरेको छु ।

सबैले माया गर्नुहुन्छ भन्ने कुरामा विश्वस्त छु ।’ त्यस्तै, निर्देशक सुनोद मोडलिङमा पनि क्रियाशील छन् । सात समुन्द्रपारि, बिर्सन सक्दिनँ, तिमी र म उनका असाध्यै रुचाइएका म्युजिक भिडियो हुन् । श्रेष्ठले अस्टे«लियन टेलिभिजन च्यानल सेभनबाट प्रसारण हुने विनर एन्ड लुजरको संस्करणमा समेत अभिनय गरिसकेका छन् । अस्ट्रेलियाको टेलिभिजन एसबीएसमार्फत प्रसारण हुने टेलिफिल्म विल्फेर्ड दी डगमा समेत अभिनय गरेका थिए ।

यस्तै, हास्य टेलिशृंखला उत्पादन गर्ने कमेडी टेलिभिजनको ओपन स्यालदरमा पनि उनले काम गरिसकेका छन् । च्यानल नाइनमार्फत प्रसारण भएको ग्यालोपोली वारमा गोर्खालीका रूपमा उनले गरेको अभिनय निकै चर्चित थियो । सुनोदले सन् २०१६ मा अस्ट्रेलियन फिचर फिल्म दी मेन कफ मेथोडमा पनि अभिनय गरेका थिए ।

(Visited 29 times, 1 visits today)
Loading comments...

आजको समाचार

रेल चालकका लागि विज्ञान, प्लस टु उत्तीर्णले अनुमति पाउने

काठमाडौं । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी कानुन ल्याएको छ । मन्त्रिपरिषद्को...

बहराइनका राजकुमारसहितको टोली सगरमाथाकाे टुप्पाेमा

काठमाडाैं ।  बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोली...

एमालेमा ह्वीप उल्लंघन गर्ने कारबाहीमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ । संसद्मा प्रधानमन्त्री केपी...

अस्पतालकाे भेन्टिलेन्टर हेर्दै ज्यान गुमाउँछन् कोरोना सङ्क्रमित

भजनी ।  कैलालीको टीकापुर अस्पतालको उच्च उपचारकक्षमा सात थान भेन्टिलेटर छन् । भेन्टिलेटरकै छेउमा कोरोना सङ्क्रमितको उपचार हुन्छ । अस्पतालमा भर्ना भएका अधिकांश बिरामीमा...

संक्रमितलाई शीघ्र सेवा देऊ

कोरोना महामारीको दोस्रो लहरको संक्रमण बढी भयानक देखिँदै गइरहेको छ । यो अवस्थामा स्वास्थ्य मन्त्रालयलगायत स्वास्थ्यसँग सम्बन्धित सबै निकाय महामारी संक्रमित बिरामीका लागि शीघ्र...

साताका लोकप्रिय समाचार

ऋणमा छ लोकतन्त्र र संघीयता

संस्कृतमा एउटा उखान छ, ‘यावत् जीवेत् सुखं जीवेत्, ऋणं कृत्वा घृतं पिवेत् । भष्मी भूतस्य देहस्य पुनरागमनं कुतः ।’ (चार्वाक् सिद्धान्त ) अर्थात् जतिसम्म बाँचिन्छ,...

राजनीतिमा सामाजिक–आर्थिक क्षेत्रका सन्दर्भ

नेपालमा विभिन्न समयमा देखापरेका संघर्ष पछि गएर जातीय र धार्मिक आन्दोलन भई पर्वते, नेवार, मधिसेबीच हिन्दू–मुसलमानबीच संघर्षमा परिणत हुन्छ भनी सोच्नुहँुदैन । नेपालको २०३६...

छालाको क्यान्सरबाट पीडित सुरजको चीत्कार

इटहरी । उनी हिँडडुल गर्न सक्दैनन्, शरीरभरी घाउ नै घाउ । परालले बारेको छाप्रोभित्र पस्नु अगावै ह्वास्स गन्हाउने, एउटा बेडमा ककिन रुपमा गुज्रिररहेको छ...

कोरोना संक्रमणबाट व्ययवसायीको निधन

जनकपुरधाम । जनकपुरधामका एग्रो व्यवसायी धर्मनाथ साहको कोरोना संक्रमणको कारण आज मृत्यु भएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि काठमाडौको ग्राण्डी अस्पतालमा भर्ना...

राजनीतिक अन्योलता कायमै

देशमा रजनीतिक अन्योलता कायमै रहेको बेला ‘वेटिङ गभरमेन्ट’का रूपमा रहेको नेपाली कांग्रेस अझै पनि स्पष्ट कार्यदिशा निर्माण गरी अगाडि बढ्न सकिरहेको छैन । त्यसका...

ट्रेन्डिङ

उदयपुरमा १४११ जना जनाको स्वाब परिक्षण

उदयपुर । उदयपुरमा कोरोना भाइरस (कोभिड १९) संक्रमण भेटिएसँगै यहाँ १ हजार ४ सय ११ जनाको स्वाब संकलन गरि परिक्षण गरिएको छ । त्यस...

भैंसी चोर्ने गिरोह पक्राउ

स्याङ्जा । वडा प्रहरी कार्यालय वालिङले भैंसी चोर्ने गिरोह पक्राउ गरेको छ । फागुन ३ गते राती...

सुन तस्करीको जालो तोड

कोरोना भाइरसको संक्रमण र प्रभाव बढिरहेका बेला विश्वमा सुनको भाउ अकासिएसँगै नेपालमा पनि त्यसको प्रत्यक्ष असर परिरहेको छ । एक तोलाको १ लाख बराबर...

बलात्कार प्रयासमा तुलसीपुरका एक युवक पक्राउ

तुलसीपुर । जबरजस्ती करणी गर्न खोजेको आरोपमा तुलसीपुरमा एक युवक पक्राउ परेका छन् । ८ बर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा तुलसीपुर –७...

एमाले संसदीय दल बैठकमा नेपाल समूह सहभागी हुने

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा नेपाल–खनाल समूहका सांसदहरुसमेत सहभागी हुने...

नवनियुक्त ३ मन्त्रीले लिए सपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीन मन्त्रीले नेपालको संविधानको धारा ८० बमोजिम पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन, शीतल निवासमा बिहीबार...

राष्ट्रपति, प्रधानमन्त्री सहित काँग्रेसका सभापति देउवालाई नयाँ नक्सा हस्तान्तरण

काठमाडौं । नेपाल सरकारले बिहिवार सार्वजनिक गरेको नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) नक्सा राष्ट्रपति, प्रधानमन्त्री सहित नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरिएको छ । भूमि व्यवस्था,...

उदयपुरमा थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ११० पुग्यो

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमित ७८ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये ३१ जना निको भएर घर फर्किएका...

भारतमा एकै दिन १ लाख ६८ हजारमा काेराेना संक्रमण

एजेन्सी । भारतमा कोरोना भाइरसको सङ्क्रमणको कारण एकैदिनमा ९०४ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७० हजार नाघेको छ...

दुई लाख रुपैयाँ घुस लिएको अभियोगमा दुई जना सहायक बन अधिकृत अख्तियारको नियन्त्रणमा

ताप्लेजुङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख घुस लिएको अभियोगमा ताप्लेजुङका दुई सहायक वन अधिकृतलाई पक्राउ गरेको छ । डिभिजन वन कार्यालय ताप्लेजुङका...

चट्याङ लागेर एक महिलाको मृत्यु

  डोटी ।  जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका–२ सिर्मागाउँमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार चट्याङ...

मूलपानी टिम च्याम्पियन

काठमाडौं । मूलपानी तेक्वान्दो डोजाङ प्रथम काठमाडौं भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो (पुम्से) प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । ३ स्वर्ण, ३ रजत र ५...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)