ह्वाटमोर श्रीलंका प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक देभ ह्वाटमोर मंगलबार श्रीलंका प्रस्थान गरेका छन् । दोस्रो लहरको कोरोना महामारीले क्रिकेट गतिविधि ठप्प भएपछि अस्ट्रेलियन प्रशिक्षक देभ ह्वाटमोर एक महिनाका लागि श्रीलंका फर्किन लागेको नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी गराए ।

ह्वाटमोर गत माघमा नेपाल आएका थिए । उनको प्रशिक्षकमा नेपालले गत साता घरेलु मैदान त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा त्रिकोणात्मक सिरिज जितेको थियो । नेपालले फाइनलमा नेदरल्यान्ड्सलाई १ सय ४२ रनको फराकिलो अन्तरले हराएको थियो ।

नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक सिरिजमा नेपाली खेलाडीको ब्याटिङमा देखिएको सुधारले प्रशिक्षक देभ ह्वाटमोरको उच्च तारिफ भएको थियो । उनले प्रधानमन्त्री कप एकदिवसीय र काठमाडौं मेयर कप घरेलु प्रतियोगितामा खेलाडीको प्रदर्शन हेर्दै उत्कृष्ट खेलाडीलाई टोलीमा समेटेका थिए । नेपालको कमजोर मानिने ब्याटिङ ह्वाटमोर आएसँगै सुधार देखिएको छ ।

नेपालको आईसीसी विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्डसँगको सिरिज पक्का भएपछि उनी नेपाल फर्किने अध्यक्ष चन्दल बताए । नेपालले जुलाईमा स्कटल्यान्डमा नामिबिया, नेपाल र स्कटल्यान्डबीच त्रिकोणात्मक सिरिज हुने कार्यक्रम छ । तर कोरोनाको कारण अनिश्चित बनेको छ । क्यानले अनिश्चित समयसम्मका लागि सम्पूर्ण कार्यक्रम स्थगित गरी सकेको छ । सन् १९९६ मा श्रीलंकालाई एकदिवसीय विश्वकप जिताएका ह्वाटमोरको परिवारका सदस्य भने श्रीलंकामा छन् । त्यसैले उनी श्रीलंकातर्फ जाँदै छन् ।

तपाइको प्रतिक्रिया
(Visited 528 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’को अन्तिम तयारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा हार स्वीकारेर घर पुगेका उम्मेदवार ३ मतले विजयी भएपछि...