राष्ट्रियसभा उपनिर्वाचनमा बादल एमालेकै नेपाल समूहका डा. देवकाटासँग भिड्नुपर्ने, देवकोटालाई कांग्रेस, माओवादी र जसपाको साथ

काठमाडौं । आगामी ६ जेठमा हुने राष्ट्रियसभाको रिक्त एक सिटका लागि एमालेका दुई नेताबीच भिडन्त हुने भएको छ । केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेबाट रामबहादुर थापा ‘बादल’ र अर्का नेता माधवकु्मार नेपालको समूहबाट डा. खिमलाल देवकोटा चुनावी मैदानमा उत्रने भएका छन् । बादललाई माओवादीले कारबाही गरेपछि रिक्त सो पदमा ६ जेठमा उपनिर्वाचन हुन लागेको हो । बादल एमाले प्रवेश गरेपछि उनलाई माओवादीले कारबाही गरेको हो । ओलीले तिनै बादललाई अघि सारेका छन् ।

नेपाल समुहले अघि सारेका डा. देवकोटालाई माओवादी, नेपाली कांग्रेस र जसपाको उपेन्द्र यादव पक्षको साथ रहेको छ ।

संघीयताविद् डा. देवकोटाले २०७६ असारमा बागमती प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष पदबाट राजीनामा दिएका थिए । विकास अर्थशास्त्रमा विद्यावारिधि गरेका देवकोटा वित्तिय संघीयता व्यवस्थापनका विज्ञ मानिन्छन् । अर्थशास्त्रमा एमए, आर्थिक विश्लेषणमा एमएसी र विकास अर्थशास्त्रमा विद्यावारिधि गरेका उनले स्थानीय निकाय वित्तीय आयोगमा लामो समय विज्ञ भई काम गरिसकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 334 times, 1 visits today)

epaper

ताजा समाचार

विपद् व्यवस्थापनमा सामुदायिक प्रहरीसमेत परिचालन