काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले बिहीबार साँझ ५ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् ।
बैठकमा विभिन्न मन्त्रालयका निर्णय, कोरोना संक्रमण नियन्त्रण र समसामयिक राजनीतिक विषयमा छलफल गरिने बताइएको छ । मन्त्रिपरिषद्को बैठकअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा भेटवार्ता गरेका थिए । जसले गर्दा आजको मन्त्रिपरिषद् बैठकले गम्भीर निर्णय लिनसक्ने अनुमान राजनीतिक वृत्तमा गरिएको छ ।
त्यसअघि, प्रधानमन्त्री ओलीले आफूनिकट स्थायी कमिटीको बैठक बालुवाटरमै राखेका थिए ।
तपाइको प्रतिक्रिया
(Visited 337 times, 1 visits today)






