अक्सिजन सेवामा सलमान

मुम्बई । सलमान खानको फिल्म राधे एक सातापछि डिजिटल प्लेटफर्म जी इन्टरटेनमेन्टको जीप्लेक्स र जी ५ डिजिटल प्लेटफमबाट रिलिज हुने भएको छ । यो फिल्मबाट उठेको केही रकम अभिनेता सलमान खानले भारतमा कोरोनाका बिरामीका लागि अक्सिजन किन्न खर्च गर्ने घोषणा गरेका छन् ।

कोरोनाको दोस्रो लहरसँगै भारतमा संकट सुरु भएको छ । कोरोनाका बिरामी तीव्ररूपमा बढेपछि भारतका ठूला सहरमा अक्सिजन अभाव हुन थालेको छ । सोही कारण अहिले बलिउडकर्मीहरू अक्सिजनको जोहोमा जुटेका छन् । यसै क्रममा अभिनेता सलमानले पनि आफूहरू अक्सिजन वितरण अभियानमा उत्रेको बताएका छन् ।

फिल्म राधे १३ मेबाट रिलिज गरिने भएको छ । यो फिल्मको रिलिजबाट उठेको केही करको रकम र केही आफ्नो रकमबाट जी इन्टरटेनमेन्टले पनि भारतमा अक्सिजन खरिद गरेर कोरोनाका बिरामीको सहयोग गर्ने भएको छ । अभिनेता सलमान खानले सुरु गरेको अभियान प्रसंसनीय भएकाले त्यसमा आफूहरूले पनि साथ दिएको जी इन्टरटेनमेन्टले जनाएको छ ।

अभिनेता सलमान यतिबेला भारतको सबैभन्दा ठूलो आर्थिक सहयोग संस्था गिभ इन्डियासँग आबद्ध भएका छन् । यो संस्थामार्फत उनी सामाजिक कार्यमा जागरुक छन् । सलमान बिरामीलाई अक्सिजन अभियानमा अहिले क्रियाशील छन् ।

फिल्म राधेको रिलिज रोक्ने छलफल यस अघि हुँदै थियो । तर, अहिलेको अवस्थामा जनतालाई अक्सिजनको आवश्यकता परेकाले फिल्म राधे सोही कार्यका लागि पनि रिलिज गर्न लागिएको सलमानले बताएका छन् । यो फिल्म हेरेबापत केही रकम अक्सिजन किन्ने कार्यमा जाने भएकाले दर्शकले राधे रिलिज अभियानलाई अझ बढी साथ दिने विश्वास अभिनेता सलमानको छ ।

लकडाउनका कारण घरमा बसेका दर्शकलाई नयाँ फिल्म दिएर अहिलेको अवस्थामा आफूहरूले मनोरञ्जन प्रदान गर्न लागेको पनि यी अभिनेताले बताएका छन् । जति धेरै दर्शकले राधे फिल्म जीप्लेक्स र जी ५ डिजिटल प्लेटफर्ममा हेर्छन् त्यति धेरै आक्सिजन खरिदमा मद्दत पुग्ने विश्वास सलमानले लिएका छन् । यो पुण्य कार्यका लागि उनले दर्शकलाई अपील गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 334 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीको लम्कीमा दुई मेयर र एक सदस्यको उम्मेदवारी रद्द