Thursday, May 6, 2021
Home Exclusive प्रधानमन्त्रीको आत्मबलको सर्वत्र प्रशंसा

प्रधानमन्त्रीको आत्मबलको सर्वत्र प्रशंसा

,

“नेपाली चिकित्सा क्षेत्रमा विश्वास राख्ने बा ! हजुरलाई मिर्गौला अङ्गदान गर्ने महान् नारी समीक्षा सङ्ग्रौलाप्रति उच्च सम्मान गर्दै सफल प्रत्यारोपणको शुभकामनासहित दुवै जनाको शीघ्र स्वास्थ्यलाभको कामना।” यु–टेक इञ्जिनीयरिङ कलेजका सागर पाठकले मात्र होइन प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपण सफलताको कामनाका लागि देशका उच्चपदस्थदेखि सर्वसाधारणसम्मले विभिन्न माध्यमबाट शुभकामना दिइरहेका छन् । राजनीतिक नेतृत्वदेखि, कर्मचारी, स्वदेश र विदेशका विभिन्न पेशा व्यवसायी र लाखौँ कार्यकर्ताले मुलुकको कार्यकारी प्रमुख एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ओलीको स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रधानमन्त्री ओलीको शरीरको संवेदनशील अङ्गको दोस्रो प्रत्यारोपण र चिकित्सकीय प्रबन्धका कारण सबैले अस्पतालमा भेटेर शुभकामना दिन सम्भव नहुने भएकाले प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ‘केपी शर्मा ओली डटकम’ मा स्वास्थ्यलाभको कामना गर्न चाहनेले सन्देश दिन सक्ने सूचना गरेलगत्तै आज उक्त साइटमा विभिन्न क्षेत्रबाट स्वास्थ्यलाभको कामना गर्नेको उल्लेखनीय सहभागिता देखिएको छ ।

“सम्माननीय प्रधानमन्त्रीज्यूको सफल मिर्गौला प्रत्यारोपण तथा शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्न चाहने स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण महानुभावले यहाँ आफ्नो सन्देश राख्न अनुरोध गर्दछौँ ।” सल्लाहकार थापाले उक्त जानकारी आफ्नो सामाजिक सञ्जालमा पनि समावेश गरेपछि साइट अवलोकनकर्ताले प्रधानमन्त्रीको आधिकारिक साइटमा आफ्ना सन्देश दिन थालेका हुन् ।

अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री ओलीले आफू चाँडै स्वास्थ्यलाभ गरी समृद्धिका सपना पूरा गर्ने बाँकी कार्यभार पूरा गर्ने अभियानमा सामेल हुने उल्लेख गरी भिडियो सन्देश दिएकाले पनि उनीप्रति सबै तहका नागरिकबाट विशेष आशा र अपेक्षा बढेको छ । आमरुपमा प्रधानमन्त्री ओलीलाई अदम्य आत्मबलका धनीको संज्ञासहित स्वास्थ्यलाभको कामना गरिएको छ । यसअघि २०६४ साउनमा पहिलो मिर्गौला प्रत्यारोपण गराइएका प्रधानमन्त्री ओली त्यसयता विभिन्न समयमा फ्लोअप उपचार गरेर पनि सरकार र पार्टीको नेतृत्व तहमा रही राष्ट्र निर्माणको सङ्कल्पमा अविचलित भएकाले उनको स्वास्थ्यप्रति चासो बढेको पाइएको हो ।

यही बुधबार गरिने मिर्गौला प्रत्यारोपणको चिकित्सकीय तयारीका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा भर्ना हुनुभएका प्रधानमन्त्री ओलीलाई स्वदेशकै चिकित्सक र सरकारी अस्पतालप्रति भरोसा गरेकामा पनि प्रशंसा भइरहेको छ । प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामनाका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले सम्भवतः छिटै सन्देश पठाउनुहुनेछ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर सफल प्रत्यारोपणको कामना गरेका थिए । नेकपा सचिवालय बैठकले यसअघि नै शीघ्र लाभको कामना गरिसकेको छ, जहाँ प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्योपचारको योजनाबारे जानकारी गराएका थिए । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेताहरुले पनि विभिन्न माध्यमबाट प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेकाछन् । छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिनिधि र सामाजिक सञ्जालमार्फत् स्वास्थ्यलाभको कामना गर्नुभएको थियो । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षासहित राज्यका सबै तहलाई विकासनिर्माण र स्थिरतामा केन्द्रित हुन आह्वान गर्दै आएका प्रधानमन्त्री ओलीले आफ्नो उपचारका समयमा पनि नियमित र अत्यावश्यक कामका लागि प्रबन्ध गरिएको जनाएका छन् ।

नेपाल माइक्रोबस कम्पनी, सामाखुसीका राजेन्द्र महतले प्रधानमन्त्री ओलीको साइटमा लेखेका छन्, ‘छिटो स्वस्थ्य भएर आफ्नो नियमित काममा फर्किएको देख्न पाइयोस् । यस देशलाई हजुरको खाँचो छ । पशुपतिनाथले कल्याण गरून् ।’ पत्रकार छेटु शेर्पाले ‘अधुरा योजना धेरै छन् यसलाई पूरा गर्न अझै तपाईँको खाँचो छ । त्यसैले स्वस्थ्य भएर तत्काल काममा फर्कनुहुने विश्वास छ’ भनेका छन् भने सुरेन्द्रराज पौडेलले नेपालमै मिर्गौला प्रत्यारोपण हुन लागेकामा खुशी व्यक्त गरेका छन् ।

अनेरास्ववियुका कार्यकर्ता नवराज ढकालको सन्देश छ, “तपाईंको नेतृत्वमा नेपाल एउटा समृद्ध राष्ट्र बन्छ । त्यसैले मनले मानेको नेता मेरो देशको प्रिय प्रधानमन्त्री शीघ्र स्वास्थलाभको कामना छ ।” नेकपाका कार्यकर्ता राम न्यौपानेले त आफ्नो आयुबाट १० वर्ष आयु प्रधानमन्त्रीलाई थपिदिन्छु समेत भनेका छन् ।

(Visited 137 times, 1 visits today)
Loading comments...

आजको समाचार

रौतहटमा ७१ बेडकोे अस्पताल निमार्ण

रौतहट । दिनप्रतिदन कोरोना संक्रमितको संख्या बढदै गएपछि रौतहटको बिभिन्न ३ स्थानमा ७१ बेडको अस्पताल निमार्ण भएको छ । गौर अस्पतालमा १५ वेडको मोनिटरसहितको एचडियु,...

कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु, ८६५९ मा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

कोभिड-१९ को दोस्रो लहरका कारण आर्थिक परिदृश्य चुनौतीपूर्ण : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ को दोस्रो लहरका कारण निकट भविष्यको आर्थिक परिदृश्य चुनौतीपूर्ण रहेको बताएका छन्। 'समावेशी र दीगो आर्थिक पुनरुत्थानको मार्गमा महामारिको...

राष्ट्रियसभा उपनिर्वाचनमा बादल एमालेकै नेपाल समूहका डा. देवकाटासँग भिड्नुपर्ने, देवकोटालाई कांग्रेस, माओवादी र जसपाको साथ

काठमाडौं । आगामी ६ जेठमा हुने राष्ट्रियसभाको रिक्त एक सिटका लागि एमालेका दुई नेताबीच भिडन्त हुने भएको छ । केपी शर्मा ओली नेतृत्वको नेकपा...

वडा सदस्यको शब बोकेर घर फर्कदै गरेको जिप दुर्घटना हुँदा ६ को मृत्यु

बैतडीको पञ्चेश्वरमा मङ्गलबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । पञ्चेश्वर गाउँपालिका–६ का ५० वर्षीय खेमसिंह भण्डारीको मृत्यु भएसँगै मृतकको...

साताका लोकप्रिय समाचार

बजेट तर्जुमा र कार्यान्वयनको रन्को

अर्थ मन्त्रालयले सबै मन्त्रालयलाई आर्थिक वर्ष २०७८-७९ को बजेट बनाउँदा नयाँ परियोजना राखेर बजेट नबनाउन अनुरोध गरेको छ । बर्सेनि परियोजना थप्दै जाँदा बजेटको...

विपक्षी दल एकठाउँ उभ्याउँदै कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्रीलाई विश्वास मत नदिन विपक्षी दललाई एकठाउँ उभ्याउने नीति लिएको छ । पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमार्फत मंगलबार कांग्रेसले...

बैंगलोरविरुद्ध पञ्जाबको सानदार जीत

अहमदावाद । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न खेलमा बैंगलोरविरुद्ध पञ्जाब किङ्स विजयी भएको छ । बैंगलोरको प्रतियोगितामा यो दोस्रो हार हो ।...

बाग्मती किनारमै ‘चिता’

काठमाडौं । कोरोना संक्रमित मृत्यु संख्या बढ्दै गएपछि शव व्यवस्थापनमा समस्या पर्न थालेको छ । संक्रमितको काठमाडौं पाशुपत क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिँदै आए...

स्याङजामा प्रादेशिक शिक्षा नीति सुझाव संकलन

स्याङ्जा । सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको अयोजना तथा शिक्षा विकास तथा समन्वय इकाई स्याङजाको संयोजन तथा प्रादेशिक शिक्षा नीति तर्जुमा सम्बन्ध सुझाव संकलनका...

ट्रेन्डिङ

तेस्रो संक्रमित व्यक्ति डिस्चार्ज हुँदै

काठमाडौं । संक्रमण भएर उपचारका लागि शुक्रराज ट्रपिकल अस्पतालमा भर्ना भएका तेस्रो संक्रमित व्यक्ति आज डिस्चार्ज हुँदैछन् । धादिङका ३२ वर्षीया युवा गत चैत...

पेनस्टक पाइप फुटेपछि इलामको सोमबारे बजार जोखिममा

इलाम । इलामको सन्दकपुर गाउँपालिका–४, माबुको एउटा बस्ती नै जोखिममा परेको छ । अप्परमाई जलविद्युत् आयोजनाको पेनस्टक पाइप फुटेर पानी बाहिर निस्कँदा बस्ती जोखिममा...

एकैपटक चार खेलाडीको सम्झौता

क्याटलान । क्याटलान क्लब बार्सिलोनाले च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा हंगेरियन क्लब फेरेन्कभारोसमाथि ५–१ को सहज जित पाएको खेलपछि आफ्ना चार स्टार खेलाडीको...

सीमा नाका नखोलिने

काठमाडौं । सरकारले लकडाउनको बेला बन्द भएको सीमा नाका नखोल्ने जनाएको छ । भारतबाट नेपाल प्रवेश गर्न खोज्नेहरु सीमा नाकामै अलपत्र परिरहेका बेला सरकारले...

कोरोना आशंकमा स्वास्थ्य केन्द्रमा भर्ना भएका तिनै जनामा कोरोना भेटिएन

कोरोना भाइरस(कोभीड–१९) को आशंकामा बाह्रविसे प्राथामीक स्वास्थ्य केन्द्रमा भर्ना भएका तिनै जनामा कोभीट नभएको परीक्षणबाट पुष्टी भएको छ । कोरोना सँग मिल्दोजुल्दो लक्षण देखिएपछिभोटेकोशी...

काेराेना निकाे हुन्छ भन्दै मदिरा पिउन थालेपछि‍‌‍‍‍‍

डाेटी । कोरोना सङ्क्रमणको त्रासका कारण जिल्ला नै आक्रान्त भइरहेका बेला यहाँका ग्रामीण क्षेत्रमा खुलेआमरुपमा मदिरा बिक्री वितरण भइरहेको छ । मदिराका कारण जिल्लाको...

कोरोना संक्रमणको जोखिम उच्च: सीमानाका खुकुलो, नाकाबाट आएकामा देखिँदै छ संक्रमण

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर उच्च गतिमा बढ्दै गर्दा भारततर्फ जोडिएका सीमानाकाबाट आउनेहरूको विवरण राख्ने र उनीहरूको स्वास्थ्य जाँच गर्ने काममा...

लकडाउनमा निर्देशकहरू स्क्रिप्ट लेखनमै व्यस्त

काठमाडौं । मुलुकमा जारी लकडाउनको समयलाई सर्जकहरूले सिर्जना गर्ने समयका रूपमा लिन थालेका छन् । एक-दुई साता नभएर एक-डेढ महिनादेखि नै लगातार मुलुक लकडाउन...

बलात्कार आरोपित बालकलाई छ महिना कैद

सप्तरी । खेल्ने क्रममा साढे तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालतले १४ वर्षीय एक बालकलाई छ महिना कैद सजायको फैसला गरेको छ...

सिन्धुपाल्चोकमा पहिरो : ३८ जना बेपत्ता, ३५ घरमा क्षति, ८ घाइते (नामावलीसहित)

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान आएको पहिरोमा ३८ जना वेपत्ता भएका छन् । पहिरोमा ३५ घर क्षति भएका छन् भने आठ...

वायुसेवा कम्पनीकोे धमाधम टिकट बुकिङ हुँदै

काठमाडौं । सरकारले आगामी एक भदौदेखि बन्द रहेको आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालनको निर्णय गरेसँगै अहिले विभिन्न वायुसेवा कम्पनीले धमाधम टिकट बुकिङ सुरु...

चक्रवात ‘निसर्ग’ को प्रभाव : देशभर बदलीसँगै वर्षाको सम्भावना

काठमाडौँ । चक्रवात ‘निसर्ग’ को प्रभावले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना देखिएको छ । अरब सागरको दक्षिणपूर्वी भूभागमा बुधबारदेखि विकसित भएको ‘निसर्ग’...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)