संखुवासभा । संखुवासभाको निमार्णाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको सुरुङ भित्र एक जनाको मृत्यु भएको छ । चिचिला गाउँपालिका–३ पुखुवामा रहेको विद्युत् गृहस्थलको सुरुङ भित्र माथिबाट खसेको ढुङ्गाले लागेर शुक्लाफाँट नगरपालिका–१२ कन्चनपुरका ३७ बर्षीय कृष्ण रानाको मृत्यु भएको छ ।
बुधबार बिहान साँढे ८ बजे अरुण तेस्रो आयोजनाको विद्युत् गृहस्थल पुखुवामा सुरुङ भित्र ब्लाष्टिङ लोड गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर ३७ रानाको मृत्यु भएको घटनास्थलमा नै मृत्यु भएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेलले जानकारी दिए । त्यस्तै सुरुङ माथि बाट खसेको ढुङ्गाले लागेर सोही स्थानका ५० बर्षीय मिठु राना घाईते भएका छन् । घाईते रानाको उपचारका लागि जिल्ला अस्पताल खाँदवारी ल्याएको प्रजिअ पौडेलले बताए । अरुण तेस्रो आयोजनाको विद्युत् गृहस्थल एक जनाको मृत्यु र एक जनाका घाईते भएको प्रजिअ पौडेलले पुष्टि गरे ।
अरुण तेस्रो जलविद्युत् परियोजना स्थलमा स्वास्थ्य संस्था र एम्बुलेन्स नहुँदा अहिले सम्म एक दर्जन बढी मजदुरले ज्यान गुमाइए सकेका छन् । अरुण तेस्रो जलविद्युत् परियोजनामा भारतिय र नेपाली सहित तीन हजार भन्दा बढी मजदुर कार्यरत छन् । निरन्तर २४ सै घण्टा निमार्ण कार्य हुने आयोजनामा कोही मजदुरलाई चोटपटक लागेर घाइते भए भने समयमा उपचार नपाउदाँ ज्यान गुमाउनु पर्ने अवस्था छ । आयोजना स्थलमा काम गर्ने मजदुरको समय–समयमा स्वास्थ्य परीक्षण गर्नुपर्ने विकास सम्झौतामा उल्लेख भए पनि आजसम्म ती मजदुरको स्वास्थ्य परीक्षण नभएको मजदुर बताउँछन् ।
विद्युत् गृहस्थल क्षेत्रमा पटेल इन्जिनियरिङ र ड्याम साइडमा जयप्रकाश एसोसियट्स कम्पनीले निमार्ण कार्य गरिरहेको आयोजनाले जनाएको छ । आयोजनामा अहिले भारतीय र नेपाली सहित करिब एक हजार कामदार कार्यरत छन् । आयोजनाबाट नेपाललाई २१ दशमलव ९ प्रतिशत अर्थात् १९७ दशमलव १ मेगावाट बिजुली निःशुल्क प्राप्त हुनेछ । त्यस्तै, आयोजनाबाट विभिन्न शीर्षकमा ३ खर्ब ४८ अर्ब आर्थिक लाभ हुने अनुमान लगानी बोर्डको छ । आयोजनाबाट २५ वर्षमा नेपालले रोयल्टी, निःशुल्क विद्युत् र आयकर गरी ३ खर्ब ४८ अर्ब प्राप्त गर्नेछ । निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारको स्वामित्वमा पाउने उल्लेख गरिएको छ ।






