Friday, June 18, 2021
Home प्रदेश प्रदेश ३ ओली नै प्रधानमन्त्री

ओली नै प्रधानमन्त्री

टेनिस रोका,

काठमाडौं । विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत दलको बहुमतका आधारमा सरकार गठन प्रयास असफल बनेसँगै एमाले अध्यक्ष केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले २७ वैशाखमा बहुमतीय सरकार गठनका लागि गरेको आह्वानअनुसार कसैको दाबी नपरेपछि ओली पुनः प्रधानमन्त्री नियुक्त भएका हुन् । गत २७ वैशाखमा संसद्बाट विश्वासको मत लिन नसक्दा पदमुक्त भएका ओली तीनदिनमै पुनः प्रधानमन्त्री बनेका हुन् ।

‘सम्मानीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (३)बमोजिम प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य भएको दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) संसदीय दलका नेता माननीय श्री केपी शर्मा ओलीज्यूलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव समूहको समर्थनमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने तयारी गरिए पनि बहुमत संख्या नपुग्ने भएपछि विपक्षी दलले प्रधानमन्त्रीका लागि दाबी पेसै गरेनन् । राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायाण भट्टराईले बहुमतका लागि निर्धारण गरेको समयभित्र प्रधानमन्त्री पदमा नियुक्ति प्रयोजनका लागि कसैको पनि दाबी पेस नभएको जनाएका छन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) अनुसार बहुमतीय आधारमा सरकार गठनका लागि दिएको तीन दिनको समयसीमा बिहीबार राति ९ बजे सकिएको थियो । समयसीमाभित्र कसैले पनि बहुमतीय आधारमा सरकार गठनका लागि दाबी नगरेपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (३)बमोजिम पहिलो दलको हैसियतमा एमाले अध्यक्ष तथा काम चलाउ सरकारका प्रधानमन्त्री ओलीलाई नै पुनः प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

संविधानको धारा ७६ उपधारा ३ बमोजिम बनेको सरकारले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । को हुन् ओली ? पूर्वी पहाडी जिल्ला तेह्रथुममा ११ फागुन २००८ मा जन्मिएका ओली तेस्रोपटक प्रधानमन्त्री पदमा नियुक्त हुने तर्खरमा छन् । २०२० सालमा झापामा बसाइँ सरेका उनी १४ वर्ष लामो जेल जीवन बिताएका व्यक्ति हुन् ।

उनी बहुदलीय व्यवस्था स्थापनापछिको पहिलो आमनिर्वाचनमा झापा–६ बाट संसद् तल्लो सदन, प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए भने मध्यावधि निर्वाचनमा झापा–२ बाट प्रतिनिधिसभामा पुनः निर्वाचित भए । १४ मंसिर २०५१÷५२ मा कम्युनिस्ट पार्टीका प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वमा गठित पहिलो तथा लोकप्रिय सरकारको उनी गृहमन्त्री हुन् ।

२०६३ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वमा पुनस्र्थापित संसद्मा उनी उपप्रधान तथा विदेशमन्त्रीसमेत नियुक्त भए । तर, २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा भने उनी पराजित हुन पुगे । २०७० सालको निर्वाचनमा भने उनी झापा ७ बाट निर्वाचित बने ।

त्यसो त, एमाले नवौं राष्ट्रिय महाधिवेशनबाट तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाललाई पराजित गर्दै उनी अध्यक्ष निर्वाचित भए । २०६५ सालमा सम्पन्न आठौं महाधिवेशनमा भने अध्यक्षका प्रत्यासी झलनाथ खनालसँग पराजित बने ।

ओलीले २०७२ असोजमा पहिलोपटक प्रधानमन्त्री बन्ने अवसर पाए भने ३ फागुन २०७४ मा दोस्रोपटक प्रधानमन्त्री बन्दै ४१औं प्रधानमन्त्रीका रूपमा शपथ लिए । गत २७ वैशाखमा संसद्मा विश्वासको मतका लागि भएको निर्वाचनमा उनको प्रस्ताव असफल भएसँगै पदमुक्त भएका उनी पुनः संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त हुनेछन् । तेस्रोपटक देशको ४२ औं प्रधानमन्त्रीका रूपमा उनले आजै दिउँसो शपथ लिने जनाइएको छ ।

(Visited 98 times, 1 visits today)
Loading comments...

आजको समाचार

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

गाई चराउन गएकी बालिकाको सामूहिक बलात्कार गर्ने १३ वर्षपछि पक्राउ

सप्तरी, राजविराज । १३ वर्षअघि १० वर्षिय बालिकाको सामूहिक बलात्कारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूराकीको आधारमा बिहीबार साँझ जिल्ला प्रहरी...

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

  घाेराही ।  घोराहीमा बञ्चरो प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरी ४६...

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

  पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएका छन् । गण्डकीमा लामो समयको राजनीतिक खिचातानी शुक्रबार उनको पक्षमा विश्वासको मतसँगै अन्त्य...

उपभोक्ता ठग्ने ९७ व्यवसायीलाई कारबाही

काठमाडौँ । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्न गरिएको निषेधाज्ञामा उपभोक्ता संरक्षण ऐन २०७५ मा व्यवस्था गरेको मापदण्ड विपरीतका गतिविधि गरी ठगी गर्ने...

साताका लोकप्रिय समाचार

तर, वर्तमान उही छ

कविता आज बाँचियो भन्ने खुसीले हरेक साँझ बितेको छ, भोलि शान्ति आउने आशले हरेक रात बितेको छ, नवीन बिहानीको खोजीमा हरेक बिहान बितेको छ तर, तर, वर्तमान उही छ । मान्छेको जमघटदेखि...

सशक्त बन्दै एमाले एकता, देउवा संशकित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको विवाद चर्किंदै फुटको संघारमा पुगेको भए पनि संस्थापन पक्ष र असन्तुष्ट पक्ष दुवै संयमित हुन पुग्दा पार्टी एकजुट...

हिमाल सागर असारदेखी अमेरिकामा कन्सर्टमा सहभागी हुने

  काठमाडौं । अमेरिकामा एकल सांगीतिक कार्यक्रम गर्न गएका गायक हिमाल सागरले त्यहाँ कोरोनाको महामारीका कारण कन्सर्ट गर्न पाएका थिएनन् । अब भने यही ५...

ट्रेन्डिङ

उदयपुरका कोरोना संक्रमित भारतको कोइलाखानीबाट आएका थिए

उदयपुर । उदयपुरमा पुनः ३ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । उदयपुरमा आइतबार थप ३ जना संक्रमित भेटिएको हो । केही दिन अघि...

भोजपुरका अधिकांश स्थानीय तहका क्वारेन्टिन खाली

भोजपुर । भोजपुरका नौ वटा स्थानीय तहमध्ये सात वटा स्थानीय तहमा क्वारेन्टाइनमा बस्नेको संख्या शुन्य बनेको छ । जिल्ला प्रशासन कार्यालय भोजपुरका अनुसार भोजपुर...

संक्रमणमा गुज्रेको सार्वजनिक प्रशासन

भनिन्छ, कुनै पनि देशको सरकार त्यस देशको सार्वजनिक प्रशासनभन्दा असल हुन सक्दैन । जुनसुकै कालखण्डको शासन व्यवस्थामा पनि सार्वजनिक प्रशासन सञ्चालन गर्ने अभिभारा निजामती...

प्रदेश २ मा थप कोरोना अस्पताल निर्माण गरिने

काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले प्रदेश २ मा थप नयाँ कोरोना अस्पताल निर्माण गरिने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष...

निपुत्र सार्वजनिक

काठमाडौं । थारु भाषाको छोटो चलचित्र निपुत्र सार्वजनिक भएको छ। राजु राजदेब चौधरीले निर्दशन गरेको चलचित्रमा थारु समाजको कथा उथाइएको छ जहाँ एक निःसन्तान...

७ सय ७९ सदस्यीय जसपाको केन्द्रीय समिति घोषणा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्को अध्यक्षमा डा. बाबुराम भट्टराई नियुक्त भएका छन् । जसपा कार्यकारिणी समितिको मंगलबार सम्पन्न दुई दिने बैठकले...

प्रधानमन्त्रीको फोटो बिगारेर प्रकाशन गर्ने पक्राउ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको तस्विरको स्वरुप परिवर्तन गरेर प्रकाशन गर्ने एक युवालाई प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले पक्राउ गरेको छ । सिन्धुली जिल्ला...

घर घर मै पुगेर जनप्रतिनिधिले गरे ३५ सय मास्क वितरण

सर्लाही । कोरोना भाईरस कोभिड–१९ बाट बच्न दुई दिनमा लालबन्दी नगरपालिका वडा नं. १३ मा ३५ सय माक्स वितरण गरिएको छ ।...

मातृकाप्रसाद कोइरालाको ‘कोसीको कथा’ नयाँ स्वरूपमा

काठमाडौं । मातृकाप्रसाद कोइरालाको निबन्ध संग्रह ‘कोसीको कथा’ नयाँ संस्करणको रूपमा बजारमा आएको छ । प्रतिभा पुरस्कार प्रतिष्ठान, विराटनगरले २०४६ सालमा प्रथमपटक प्रकाशित गरेको...

सार्वजनिक सवारी साधनमा चालक, सहचालक र यात्रुलाई ‘भाइजर’ अनिवार्य

काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनमा चालक, सहचालक र यात्रुले मास्कसँगै भाइजर (फेस सिल) को प्रयोग अनिवार्य गरेको छ । विभागले आज...

हरिवंशले ल्याए गाईजात्रे गीत

राजधानी समाचारदाता काठमाडौं । हास्यव्यंग्य अभिनेता हरिवंश आचार्यले एक समय गाईजात्रा र प्यारोडी गीत निकालेरै त्यसको आम्दानीले घर बनाएका थिए । केही वर्षयता गाईजात्रा गीत...

कक्षा १० को एसइई परीक्षा राष्ट्रिय कि प्रदेशस्तरबाट ?

काठमाडौँ । कोरोना महामारी र बन्दाबन्दीका कारण गत वर्ष विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गरिएको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) यस...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)