कोरोना कहर : सेती अस्पतालमा उपचाररत थप ६ जनाको मृत्यु

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने थप ५५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार सेतीमा उपचाररत कैलालीका ५ र बैतडीका १ जना गरी जना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा धनगढी–५ का ५३ वर्षीय पुरुष, बर्दगोरिया गाउँपालिका–२ का ४० वर्षीय पुरुष, गोदावरी नगरपालिका–१० की ५८ वर्षीया महिला, गोदावरी १० कै ६४ वर्षीय पुरुष र गोदावरी १ का ४१ वर्षीय पुरुष रहेको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए ।

त्यस्तै बैतडीको दशरथचन्द नगरपालिका–४ का ३६ वर्षीय पुुरुषको पनि मृत्यु भएको छ । उनीहरुको उपचारको क्रममा मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

त्यसैगरी सेती अस्पतालमा गरिएको परीक्षणमा थप ५५५ जनामा कोरोना भाइरस संक्रमणको पुस्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ८३५ नमूना परीक्षण गर्दा ५५५ जनामा संक्रमण पुस्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

संक्रमितमध्ये धनगढीका मात्रै २७२ जना रहेका छन् । त्यस्तै धनगढीबाहेक कैलालीका २६३ जना र अन्य जिल्लाका २० जनामा संक्रमण पुस्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

हाल यो अस्पतालमा १०८ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । त्यसमध्ये १ जना भेन्टिलेटरमा, १४ जना आइसियूमा र ९० जना अक्सिजन सपोर्टमा उपचाररत भइरहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 113 times, 1 visits today)

epaper

ताजा समाचार

दशरथ रङ्गशालामा सुकुमवासीको ‘स्क्रिनिङ’ :चार परिवारलाई कीर्तिपुर पठाइयो