Friday, June 18, 2021
Home Editor-Picks सिलिन्डरका लागि बिरामीका आफन्तको हानथाप

सिलिन्डरका लागि बिरामीका आफन्तको हानथाप

दीपक ओली,

 

धनगढी । सुदूरपश्चिम प्रदेशका अस्पतालमा बिरामीका आफन्त एक थान अक्सिजन सिलिन्डरका लागि तड्पिनुपर्ने अवस्था छ । उनीहरुका लागि एक थान सिलिन्डर हात पार्नु युद्ध जित्नुजस्तै भएको छ । सेती प्रादेशिक अस्पतालमा बिहानै अक्सिजनका लागि लाइन लाग्नुपर्ने बाध्यता छ ।

अक्सिजनका लागि कहिले कता ? कहिले कता कुद्ने गरेका छन् । अब त अस्पतालको बाहिर गाडी आयो भने पनि संक्रमितका आफन्त अक्सिजन आयो भने त्यतै कुद्छन् । अस्पतालका कर्मचारी सबैलाई यसैगरी आशा बाँडिरहेका हुन्छन् । अलिकति भए पनि खुसी बाँडिरहेका छन् । जो रात–दिन नभनी अक्सिजनका लागि अक्सिजन उद्योगमा खटिरहेका छन् । र, अलिकति अक्सिजनसँगै सास बाँडिरहेका छन्, । जीवनको आशा बाँडिरहेका छन् ।

अहिले धनगढीका १० वटा निजी अस्पतालमा कोरोनाभाइरस संक्रमितको उपचार भइरहेको छ । कुनै पनि अस्पतालमा पर्याप्त अक्सिजन छैन । सबै अस्पतालमा आएका संक्रमितका आफन्तले आफैँ अक्सिजन जोहो गरिरहेका छन् ।

उत्पादनभन्दा खपत कैयौँ गुणा बढी हुँदा धनगढी भन्सार रोडमा रहेको मालिका ग्यास उद्योगमा पनि मध्यरातसम्म बिरामीका आफन्तको घुइँचो हुने गरेको छ । सरकारले पर्याप्त मात्रामा अक्सिजन दिन नसक्दा बिरामीका आफन्तलाई नै अक्सिजनको व्यवस्था गर्न भन्नुपर्ने बाध्यता रहेको निजी अस्पताल संघका प्रदेश अध्यक्ष जनकराज जोशीले बताए । उनले भने, ‘हामीसँग पनि पर्याप्त अक्सिजन छैन । बिरामीका आफन्तले आफैँ अक्सिजन ल्याइरहनुभएको छ । अहिले अक्सिजन खोज्ने जिम्मा बिरामीकै आफन्तको जस्तो भएको छ ।’

संक्रमितको दर दिनप्रतिदिन उकालो

यो प्रदेशमा कोरोना संक्रमण दर दिन–प्रतिदिन उकालो लागिरहेको छ । प्रदेशमा पछिल्लो दुई सातामा मात्रै १० हजार संक्रमित थपिएका छन् भने दुई सय २७ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार प्रदेशमा अहिले पनि आठ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । तर, दुई सय ८६ जना संक्रमितको मात्रै अस्पतालमा उपचार भइरहेको छ ।

प्रदेशमा संक्रमित बढ्दै गए पनि उपचारको व्यवस्थापन हुन सकेको छैन । प्रदेशमा २० भेन्टिलेटर र ५३ आइसियू शय्या मात्रै रहेको निर्देशनालयको तथ्यांक छ । यो तथ्यांकले प्रदेशमा डेढ लाख जनसंख्याका लागि एक भेन्टिलेटर र ५६ हजारका लागि एक आइसियू बेड मात्रै उपलब्ध रहेको देखाउँछ । झण्डै ३० लाख जनसंख्या भएको प्रदेशमा संक्रमितको उपचारका लागि कुनै तहको सरकारले चासो दिएको छैन । बिरामीका आफन्त अक्सिजन नपाएर तड्पिरहेका छन् ।

निर्देशनालयको तथ्यांकअनुसार डडेल्धुरा अस्पतालमा २६, सेती प्रादेशिक अस्पतालमा १५, महाकाली अस्पतालमा ६ शय्या आइसियू छ भने डडेल्धुरा र महाकाली अस्पतालमा ६–६ र सेती प्रादेशिक अस्पतालमा ५ भेन्टिलेटर छन् ।

पछिल्लो दुई महिनामा प्रदेशभर आइसियू बेड दोब्बरले बढाइए पनि ती बढाएका भेन्टिलेटर पनि बिग्रिएर थन्किएका छन् । सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले मागअनुसार अक्सिजनको व्यवस्थापन गर्न नसकिएकाले आइसियू र भेन्टिलेटर थप्नुको कुनै औचित्य नरहेको बताए । ‘अक्सिजन नभए आइसियू र भेन्टिलेटर चल्दैन,’ उनले भने, ‘त्यसैले अहिले आइसियू र भेन्टिलेटर थप्नुभन्दा पनि अक्सिजनको व्यवस्थापनमा हाम्रो ध्यान केन्द्रित छ ।’

प्रदेशभर दैनिक झण्डै एक हजार सिलिन्डर अक्सिजनको माग भइरहेको छ । ‘प्रदेशमा अक्सिजन उद्योग र प्लान्ट कम हुँदा मागको आधा पनि हामीले पूर्ति गर्न सकेका छैनौँ । तीन सयदेखि चार सय सिलिन्डर मात्रै व्यवस्थापन गर्न सकेका छौँ,’ उनले भने ।

निषेधाज्ञाले पनि घटेन संक्रमण दर

प्रदेशका सबैजसो प्रशासनले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा लागू गरेका छन् । तर, संक्रमण तीव्र गतिमा फैलिरहेको छ । सामाजिक विकास मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा महाशाखा प्रमुखसमेत रहेका फ्यामिली फिजिसियन डा. जगदीश जोशी सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिनुको प्रमुख कारण अव्यवस्थित सीमा नाका नै भएको बताउँछन् ।

‘पहिलो चरणको बेला पनि हामीले भारतसँग जोडिएका सीमा नाकाको राम्रोसँग व्यवस्थापन गर्न सकेनौँ,’ जोशीले भने, ‘अहिले दोस्रो चरणमा पनि पुरानै गल्ती दोहोरिएपछि संक्रमण नियन्त्रणबाहिर जान पुग्यो ।’ उनले भारतबाट फर्किनेहरुलाई होल्डिङ सेन्टरमा राख्दै अनिवार्य स्वास्थ्य परीक्षण गरी संक्रमितलाई छुट्याएर सम्बन्धित स्थानीय तहको जिम्मा लगाएर आइसोलेसन र क्वारेन्टाइनमा व्यवस्थापन गर्नुपर्ने दायित्वबाट सम्बन्धित निकाय चुक्दा यस्तो अवस्था सिर्जना भएको सुनाए ।

(Visited 79 times, 1 visits today)
Loading comments...

आजको समाचार

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

अब निर्माण क्षेत्र र उद्योग खुला

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण...

युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा

कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह 'बी' बाट बेल्जियम...

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

साताका लोकप्रिय समाचार

नागरिकता अध्यादेश राेक्ने न्यायाधीशलाई महाअभियोग : प्रभु साह

  काठमाडौं । निवर्तमान शहरी विकास मन्त्री प्रभु साहले नेपाल नागरिकता (पहिलो संसोधन) अध्यादेश, २०७८ लाई तत्काल कार्यान्वयन नगर्नु नगराउनु भनि अन्तरिम आदेश दिने न्यायाधीशहरु...

यूरोकपः पोल्यान्ड पराजित, स्पेन र स्वीडेन बराबरी

लन्डन । युरोकप फुटबलअन्तर्गत गएराति सम्पन्न खेलमा स्लोभाकियासँग पोल्यान्ड पराजित भएको छ भने स्पेन र स्वीडेनले गोलरहित बराबरी खेले । समूह इ को खेलमा...

एकैपटक २१ जनाले कोरोना जितेपछि गाउँमा खुसियाली

  जुम्ला । एकैपटक गाउँका २१ जनाले कोरोना जितेर घर फर्किएपछि जुम्लाको तातोपानी ६ रावतबाडा गाउँमा खुसियाली छाएको छ । कोरोना संक्रमण फैलँदा गाउँमा निराशा...

सशक्त बन्दै एमाले एकता, देउवा संशकित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको विवाद चर्किंदै फुटको संघारमा पुगेको भए पनि संस्थापन पक्ष र असन्तुष्ट पक्ष दुवै संयमित हुन पुग्दा पार्टी एकजुट...

ट्रेन्डिङ

गण्डकी प्रदेशमा थपिए २८ जना कोरोना संक्रमित, संक्रमित झण्डै हजार पुगे

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या हजार नजिक पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार विज्ञप्ति जारी गरी थप २८ सँगै कुल संक्रमित...

‘अझै दुई महिना बाढी पहिरोको समस्या’

काठमाडौं । सरकारले केही दिनदेखि जारी अविरल वर्षासँगैको बाढीपहिरोमा परेकलाई तत्काल उद्धार, राहत र पुनस्र्थापनामा विशेष ध्यान दिने भएको छ । राष्ट्रिय विपद् जोखिम...

प्रधानमन्त्रीको कदम बिरुद्ध दाहाल–नेपाल समुहले माघ ९ गते प्रदर्शन गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी दाहाल नेपाल समुहले ९ माघका काठमाडौंमा बृहद बिरोध प्रदर्शन गर्ने भएकोछ । समुहको आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संघर्ष...

चितवनमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जलबिरे–चन्डीभञ्ज्याङ ग्रामीण सडकमा चण्डीभञ्ज्याङबाट राजमार्गतर्फ आउने क्रममा आज...

ललितपुर नगर प्रहरी प्रमुखमा सीताराम हाछेथु

ललितपुर ।  ललितपुर महानगरपालिकाले नगर प्रहरीको प्रमुखमा सीताराम हाछेथुलाई नियुक्त गरेको छ । हाछेथु ट्राफिक प्रहरीका अवकाशप्राप्त प्रहरी निरीक्षक हुन् । महानगरपालिकाका प्रवक्ता राजु महर्जनका...

बलात्कार घटनामा लापरवाही गरेको भन्दै प्रहरी जवान नियन्त्रणमा

महेन्द्रनगर । कञ्चनपुरको इलाका प्रहरी कार्यालय बेल्डाँडीमा कार्यरत प्रहरी जवान रोहित रोकायालाई बलात्कार घटनामा लापरवाही गरेको भन्दै नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता...

शुल्क उठाउने नाममा निजी विद्यालयको बदमासी, बिलमा यातायात र खानाको रकम

काठमाडौं । कोरोना भाइरसका कारण सबै तहका विद्यालयको पठनपाठन बन्द रहेका बेला ललितपुरको एउटा निजी विद्यालयले भने यातायात शीर्षकमा समेत रकम तोकेर अभिभावकलाई बिल...

स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट चिकित्सकको टोली दैलेख आउँदै

दैलेख । विश्वभरि फैलिएको (कोभिड–१९) संक्रमणले कर्णाली प्रदेशको दैलेख जिल्ला उच्च जोखिममा रहेको छ । कर्णाली कोरोना संक्रमित भएका व्याक्ति संख्या १२३ पुग्दा समेत...

भोजपुरका ३ युवाको कोरोना रिपोर्ट नेगेटिभ

भोजपुर । कोरोना संक्रमित युवतीसँगै एउटै विमानमा आएका भोजपुरका एक युवकको कोरोना नूमना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कतार एयरवेजको उडान नम्बर...

प्रेमीको आत्यहत्यापछि प्रेमिकाको पीडामा प्रमोदको स्वर

काठमाडौं । गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीत ‘घिटी घिटी’ सार्वजनिक भएको छ । म्युजिक भिडियो सहित सार्वजनिक गीतमा भिम बिसीको संगीत, टिका...

प्रदेश राजधानीको सडक बेहाल

बुटवल । बुटवलको मुख्य बजार क्षेत्र ट्राफिकचोकदेखि हस्पिटल लाइनसम्मको सडक खाल्डाखुल्डीले बेहाल भएको छ । वर्षायाममा पानीले परेका ठूला–ठूला खाल्डाखुल्डीले यो बाटो प्रयोग गर्ने...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)