उपाधि नजिक एथ्लेटिको मड्रिड

मड्रिड । एथ्लेटिको मड्रिड स्पेनिस लिग फुटबल ला– लिगाको उपाधि नजिक पुगेको छ । गएराति भएको खेलमा एथ्लेटिकोले ओसासुनालाई २–१ ले पराजित गरेपछि एथ्लेटिको उपाधि नजिक पुगेको हो । एथ्लेटिकोको जितमा रेनान लोडी र लुइस सुवारेजले एक एक गोल ठोके ।

जीतसँगै एथ्लेटिकोले लिग तालिकामा दोस्रो स्थानको रियाल मड्रिडमाथि २ अंकको अग्रता बनाएको छ । रियालले गएराति नैं भएको अर्को खेलमा एथ्लेटिक विल्वाओलाई १–० ले हराउँदै उपाधि जित्ने संभावना जिवित राखेको छ ।

बार्सिलोना भने सेल्टा भिगोसँग पराजित भएपछि उपाधि होडबाट बाहिरिएको छ । गएरातिको जितपछि एथ्लेटिकोको ३७ खेलबाट ८३ अंक भएको छ । दोस्रो स्थानको रियालको समान खेलबाट ८१ अंक छ । लिगमा अब अन्तिम चरणका खेलहरु मात्रै बाँकी छन् ।

अन्तिम चरणमा एथ्लेटिकोले रियाल भालाडोलिडसँग उसैको मैदानमा खेल्नेछ । रियालले भने घरेलु मैदानमा भियारियालसँग खेल्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 194 times, 1 visits today)

epaper

ताजा समाचार

मौलापुरमा ‘नगर मास्टर’ र ‘नगर डाक्टर’ कार्यक्रमलाई निरन्तरता