अक्सिजन प्लान्ट अभियान जेठ १० गतेसम्म

गुल्मी । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा गुल्मीको अक्सिजजन प्लान्ट अभियान जेठ १० गतेसम्म संचालन हुने भएको छ । पत्रकार महासंघ, गुल्मीको मंगलबार बसेको बैठकले जेठ १० गतेसम्म मात्र अभियान संचालन गर्ने र त्यसपछि अक्सिजन प्लान्ट निर्माण नभएसम्मका लागि अक्सिजन आपूर्ति र सहजीकरणलाई निरन्तरता दिने निर्णय गरेको छ ।

बैठकका निर्णयहरुलाई महासंघका अध्यक्ष टोपलाल अर्यालले विज्ञप्तिमार्फत सार्वजनिक गरेका छन् । अक्सिजन प्लान्ट स्थापना गर्नका लागि सहयोग गर्न इच्छुक सबैलाई १० गतेसम्म सहयोग गर्न आग्रह गरेको छ । साथै हालसम्म प्रतिवद्धता जनाएको रकम पनि सोही समयभित्रै प्रदान गर्न महासंघले आग्रह गरेको छ ।

महासंघले आफुले संचालन गरेको अक्सिजन तथा अक्सिजन प्लान्ट अभियानमा सहयोग गर्ने सबै व्यक्ति तथा संघ संस्थाहरुलाई धन्यवाद् दिएको छ । पत्रकार महासंघकै अभियानमा साथ दिई एक करोड बिनियोजन गर्ने नेपाल सरकार, सबैजसो राजनीतिक दललाई पनि धन्यवाद् दिएको छ । हालसम्म करिब ५० लाख बढी संकलन भएको र संकलित रकमको पारदर्शि रुपमा खर्च गरिने र सार्वजनिक गरिने पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 143 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

माघे सक्रान्तिमा रुरु धाममा भक्तजनको भीड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
' ठाउँ र अवस्थाअनुसार तालमेल गर्नू'