वादललाई मत नदिएकोमा एमालेको भर्तसना

काठमाडौं । नेकपा एमालेले पार्टीले उठाएको उम्मेदवारको विपक्षमा मत दिनुलाई गम्भीरतापूर्वक लिएको बताएको छ । एमाले स्थायी कमिटीको बिहीबार बसेको बैठकले पार्टीको आधिकारिक उम्मेदवारको विपक्षमा मतदान गरेको सन्दर्भमा भर्त्सना गरेको छ ।

एमालेमा एकता प्रयास सुरु हुनु अगाडि माधव नेपाल समूहका डा. खिमलाल देवकोटालाई विपक्षी दलहरुले साझा उम्मेदवार बनाएका थिए भने एमालेले गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादललाई उम्मेद्वार बनाएको थियो । नेपाल समुहले चुनाव हुनु दुई दिन अघि थापाको पक्षमा लाग्न नसकिने बताएको थियो भने । बुधबार प्रधानमन्त्री ओलीले विज्ञप्ती जारी गरेर थापालाई भोट दिन अपिल गरेका थिए ।

पार्टी निर्देशन अवज्ञा गर्दै कतिपय नेता र जनप्रतिनिधिहरुले गरेको क्रियाकलापलाई बैठकले गम्भीरतापूर्वक लिएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

जेठ २ मा पार्टी विवाद समाधान गर्न कार्यदल बनेपछि पार्टीको निर्णय सबैले मान्नुपर्ने उनले उनको भनाई थियो । बालुवाटारमा बसेको बैठकमा अध्यक्ष ओलीले पार्टीको उम्मेदवारलाई मतदान नगर्नु संसदीय प्रणाली र पार्टीको अनुशासन विपरीत भएको बताएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 414 times, 1 visits today)

epaper

ताजा समाचार

केएमसीमा यसै वर्षदेखि स्नातकोत्तर तहमा पत्रकारिता पढाइ हुने