बागमती प्रदेशकाे रिक्त राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटा विजयी,यस्ताे छ मतभार

तस्विर : प्रकाश दाहाल

चुरे मकवानपुर । बागमती प्रदेशकाे रिक्त राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटा विजयी ५ हजार ८८ मतभार प्राप्त गरेर विजयी भएका छन् । एमालेका उम्मेद्वार रामबहादुर थापा  बादलले ४०१४ मत पाए ।

देवकोटाले प्रदेश सभा सदस्यतर्फ ५८ मत पाएका थिए जसको मतभार २ हजार ७ सय ८४ हुन्छ भने स्थानीय तह तर्फको मतगणनामा देवकोटाले २३३ मध्ये १२८ मत पाएका छन् । जसकाे मतभार २ हजार ३ सय ४ हुन्छ । प्रदेश सभा सदस्यकाे १ मत बरावर ४८ मतभार र स्थानीय तहकाे मतदाताकाे १ मत बराबर १८ मतभार गणना हुन्छ ।

देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको नेपाल पक्षको समर्थन रहेको थियो । आज विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म भएको मतदानमा ३ सय ४८ मतदाता मध्ये ३ सय ३८ मत मात्र खसेको थियो ।

प्रदेश सांसद संख्या १ सय १० रहेकाेमा १ जनाकाे मृत्यु भएकाेले रिक्त रहेकाे छ भने ४ जना सांसदले मतदान गरेका थिएनन । प्रदेशकाे जम्मा १ सय ५ मत खसेकाे थियाे । स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष र प्रमुख/उपप्रमुख २ सय ३८ जना मतदाता रहेकाेमा ५ जनाले मतदानमा भाग लिएका थिएनन् । स्थानीय तहबाट २ सय ३३ जनाले मतदान गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 349 times, 1 visits today)

epaper

ताजा समाचार

शेखर गोल्छालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति