अन्योलमै खोप, पर्खाइमै जनता

काठमाडौं । कोरोनाविरुद्धको खोप पर्याप्त नहुँदा थप अन्योल बढेको छ । खोप पर्याप्त नहुँदा पहिलो मात्रा लगाएकासमेत अन्योलमा परेका छन् । हाल, नेपालमा कोभिड सिल्ड र भेरोसेल खोप उपयोगमा छन् ।

२३ फागुन २०७७ मा खोप पहिलो मात्रा लगाएका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई तत्काल दोस्रो मात्रा दिन नसकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । ६५ वर्षमाथिका ९ लाख ज्येष्ठ नागरिकले पहिलो मात्रा लगाएका थिए ।

खोपविज्ञका अनुसार कोभिड सिल्ड पहिलो मात्रा लगाएको ८ देखि १२ साताभित्र दोस्रो मात्रा दिनुपर्नेहुन्छ । यसरी जेठ तेस्रो सातासम्म दोस्रो मात्रा लगाइसक्नुपर्नेहुन्छ । तर, अझै खोप आउने निक्र्योल हुन सकेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले खोप ल्याउन कूटनीतिक प्रयास गर्दै आएको बताए पनि ‘कुनै देशले खोप दिने ?’ भन्ने ठोस प्रतिबद्धता भने जनाएका छैनन् ।

कोभिड सिल्ड उत्पादनकर्ता सेरम इन्स्टिच्युटले खरिद गरेको १० लाख मात्रा खोप तत्काल दिन नसक्ने बताएपछि थप अन्योल भएको हो ।

स्वास्थ्य मन्त्रालयले अनुमानित २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाउने प्रक्षेपण गरेको थियो । भारतीय खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युटले तत्काल खोप निर्यात नगर्ने संकेत गरेपछि नेपालमा समस्या देखिएको हो ।

आफ्नो देशका नागरिकको जीवन जोखिममा राखेर कोभिड–१९ विरुद्धको खोप निर्यात गरिएको भनी ठूलो विरोध भएपछि सेरमले विज्ञप्ति निकालेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले पर्याप्त खोप नहुँदा अभियानमा चुनौती देखिएको उल्लेख गरे । ‘पर्याप्त खोप छैन, जतिसक्दो चा“डो खोप ल्याउन प्रयत्न गर्नुपर्नेहुन्छ,’ उनी भन्छन्, खोपविज्ञ डा. श्यामराज उप्रेती भन्छन्, ‘पहिलो मात्रा लगाएको १२ साताभित्र दोस्रो लगाइसक्नुपर्नेहुन्छ ।’ मन्त्रालयका अनुसार हालसम्म नेपालमा ३१ लाख ४८ हजार डोज खोप प्राप्त भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 206 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

प्रकृतिका बुवा सुनिल भन्छन्– 'मैले छोरी गुमाएँ, अन्य नेपाली विद्यार्थीमाथि दमन नहोस्'

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तीन दलसँग चुनावी तालमेल गर्न एमालेको निर्देशन