पाेखरा । गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकूदमन्त्री राजीव गुरुङ ‘दिपक मनाङे’ ले आज मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका उपस्थितिमा उनलाई शपथ गरेकी हुन् । प्रदेश प्रमुखको सरकारी निवासमा आयोजित शपथ ग्रहण समारोहमा उपसभामुख सिर्जना शर्मा, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य तथा सरकारी उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।
गुरुङ यही जेठ ५ गते गराइएको शपथ ग्रहण समारोहमा काठमाडाैंमा भएका कारण उपस्थित हुन सकेका थिएनन् । नेकपा (एमाले)का समर्थनमा मनाङको प्रदेश (ख) बाट स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित गुरुङ यसअघि प्रदेश सरकारमा केही दिन युवा तथा खेलकूदमन्त्री भएका थिए।
तपाइको प्रतिक्रिया
(Visited 370 times, 1 visits today)






