काठमाडौं । गायक, गीतकार तथा संगीतकार बालकृष्ण न्यौपानेले आफ्नै स्वरमा नयाँ गीत ‘चञ्चले मन’ को भिडियो सार्वजनिक गरेका छन् । यो गीतमा भ्वाइस अफ नेपालबाट चिनिएकी गायिका गीता शर्मा र गायक बालकृष्णको स्वर रहेको छ । अमेरिकामा बस्दै आएका न्यौपानेले उतैबाट यो गीतको भिडियो सार्वजनिक गरेका हुन् ।
गीतको भिडियोलाई काठमाडौं उपत्यका आसपासका रमणीय स्थानमा छायांकन गरिएको छ । गीतको भिडियोको निर्देशन सिर्जन बरालले गरेका हुन् । भिडियोमा मोडल पुजन घिमिरे र पुष्कर दाहालको माया प्रेम प्रस्तुत गरिएको छ । प्रेम र रोमान्सले भरिएको सार्वजनिक गीतको भिडियो हेर्दा दर्शकहरूले आफ्नै प्रेम कहानी महसुस गर्ने गीतकार न्यौपानेको दाबी छ ।
यो गीतको शब्द संगीत न्यौपानेकै हो । जसमा विष्णु अधिकारीको संगीत संयोजन रहेको छ । गीतको छायांकन दीपक गिरीले गरेका हुन् । जसमा सम्पादन अमृत चापागार्इंको रहेको छ । बिके क्रियसनबाट बजारमा आएको गीतको भिडियोको निर्माण दुर्गा धिमाल न्यौपानेले गरेकी हुन् ।






