विकासमा ग्रामीण पर्यटनको भूमिका

हाम्रो देश प्राकृतिक दृष्टिकोणले विश्वमा नै उत्कृष्ट र मनोरम भएकाले हरेक गाउँ पर्यटकीय बनेको छ । त्यसैले विगत एक दशकदेखि गाउँ पर्यटनको अवधारणाले मूर्तरूप लिँदै आएको देखिन्छ । पर्यटन व्यवसाय नेपालको आर्थिक विकासमा ज्यादै महत्वपूर्ण योगदान दिने क्षेत्र बनेको यथार्थ सबैसामु छँदै छ । ग्रामीण विकासका लागि गाउँ पर्यटन देशको समग्र विकासको आधारसमेत बनेको छ । आन्तरिक तथा बाह्य पर्यटनको विकासमा आज गाउँ पर्यटन विस्तार हँुदै गएको छ । मानवीय स्वभाव नै केही नयाँ स्थान अवलोकन गरौं र नयाँ विषय’bout जानकारी लिऔं भन्नेमा केन्द्रित हन्छन् । मानवका इच्छा र जिज्ञासाले गर्दा पर्यटकका रूपमा घुम्न आउने हुन् ।

पर्यटकले विभिन्न स्थानमा भ्रमण गरेर भरपुर मनोरञ्जन लिने गर्छन् । नेपालमा छरिएर रहेका कला संस्कृति भेषभूषा भाषालगायतका विविध विषयमा सकिने जति जानकारी लिन पर्यटक आतुर रहन्छन् । नेपालको चौधौं योजनाको मुख्य लक्ष्यमध्ये एक ग्रामीण पर्यटनमार्फत रोजगारीका अवसर सिर्जना गर्ने रहेको छ । यसमा सहयोग गर्न स्थानीय निकाय विविध सरोकारवाला संघसंस्था पर्यटन बोर्ड विभाग हँुदै मन्त्रालयले ध्यान दिनुपर्नेहुन्छ । गाउँ पर्यटनले गाउँ विकासका चौतर्फी र महत्वपूर्ण योगदान पुग्छ । पर्यटकीय क्षेत्र बनाउन सडक विद्युुत् सञ्चार खानेपानी सुविधायुक्त होटल लजलगायतका अनेकांै सुविधाको उपलब्ध गराउनुपर्ने भएकाले गाउँ पर्यटन भनेकै विकासको अर्को नाम हो पर्यटकलाई सुविधा उपलब्ध गराउन सञ्चालित व्यवस्थित व्यवसायलाई पर्यटन व्यवसायको नामले चिनिन्छ ।

हरेक सरकारको मुख्य लक्ष्य भनेको नेपालको गाउँ पर्यटनको विकासलाइ जोड दिने रहेको देखिन्छ । त्यसैले आजभोलि राम्ररी फस्टाउँदै गएको व्यवसाय बनेको छ । कोरोनाको कहरमा सर्वत्र नकारात्मक असर परेको हँुदा यो क्षेत्र पनि निकै प्रभावितमध्ये मुख्य क्षेत्रमा पर्छ । विस्तारै पर्यटनसम्बन्धी गतिविधि बढ्दै गएको छ जसले अर्थतन्त्र चलायमान बनाउन सहयोग गर्छ । कोरोनाको कारणले आठ महिनासम्म ठप्प रहेकाले पुरानै अवस्थामा पुग्न थप समय त लाग्ने नै भयो । गाउँ पर्यटनको विस्तार धमाधम हँुदै छन् । पर्यटन व्यवसाय सरकारीस्तरमा मात्र फस्टाउने व्यवसाय नभएकाले यस क्षेत्रको विकासमा महत्वपूर्ण योगदान रहनैपर्ने निजी क्षेत्र हो ।

गाउँ पर्यटनका लागि अहम महत्वको विषय भनेको सांस्कृतिक विविधता नै हो

नेपालको आर्थिक विकासमा सरकारले अवलम्बन गरेको तीनखम्बे नीतिमा निजी क्षेत्र वैदेशिक सहयोगर राज्य रहेका छन् । विगत १५ वर्षदेखि हामीले यसै नीतिलाई अवलम्बन गरिरहेका छांै । गाउँ पर्यटनबाट हुने प्रत्यक्ष लाभ हुने भएकाले यसको विकासमा भरमग्धुर प्रयास गर्नुपर्छ । यसबाट पहिलो त विदेशी मुद्रा आर्जनको स्रोत हो भने दोस्रो रोजगारीको अवसर प्रदानमा महत्वपूर्ण भूमिका रहेको हन्छ । अर्को घरेलु तथा साना उद्योगको विकासमा टेवा पुग्छ । यति मात्र नभई देशको राजस्वमा बृद्धि हुन्छ । अब रह्यो व्यापार तथा कला संस्कृतिको प्रवद्र्धनमा सहयोग हँुदै नेपालको विश्वमा प्रचारप्रसार भई थप पर्यटकको आगमनमा महत्वपूर्ण योगदान पुग्छ ।

गाउँ पर्यटनका लागि अहं महत्वको विषय भनेको सांस्कृतिक विविधता नै हो । नेपालमा भिन्न सस्कृति र परम्परा भएका १ सय २५ जातजातिका मानव बसोबास गर्ने देश भएकाले यहाँ आउने पर्यटकलाई लोक गीत संगीत र नृत्यले ज्यादै मोहित बनाउने गर्छ । यिनै कारणले गर्दा थप आकर्षित हुन्छन् । प्रत्येक जातिका फरकफरक मौलिक परम्परा रहनसहन रीतिरीवाज तथा मूल्यमान्यता रहेको हुँदा यसकै विविधता अवलोकन र अध्ययन गर्न आउने पर्यटकको संख्या ठूलो मात्रामा रहेको छ । नेपालको अर्को महत्वको क्षेत्र भनेको साहसिक पर्यटन हो जसका लागि मात्र नेपालको भ्रमण गर्ने हजारौं पर्यटक छन् । उत्तरी क्षेत्रबाट तीव्र वेगले बग्ने नदीमा ¥याफ्टिङको मज्जा लिने गरिन्छ भने हिमाल आरोहण प्याराग्लाइडिङ बन्जी जम्पिङजस्ता गतिविधिले गर्दा गाउँ पर्यटनको विकासको सम्भावना र महत्वको ज्यादा रहेको छ ।

नेपाल विश्वमा हिमालैहिमालको देशका रूपमा चिनिने भएकाले पूर्वको कञ्चनजङ्गादेखि पश्चिमको सैपालसम्मको क्षेत्र ग्रेट हिमालय टेरलका नामले पनि चिनिन्छ । यसभित्र कञ्चनजङ्गा संरक्षण क्षेत्र मकालु बरुण राष्टिय निकुन्ज तथा सगरमाथा राष्टिय निकुन्ज पर्छन् । यसैअन्तर्गत मध्य भागमा पर्ने लामटाङ गोसाँइकुण्ड गौरीशंकर हिमाली क्षेत्र पनि यसैमा समावेश गरिएको छ । पश्चिममा मनाङ मुस्ताङ मुगु डोल्पाका पर्यटकीय गन्तव्य स्थल समेटिएका छन् । ५ हजार मिटरमाथिका क्षेत्रमा हिमाली जनावर र वनस्पतिको अवलोकन र अध्ययनसमेतका लागि पर्यटक नेपाल आउने गर्छन् । हाम्रो पर्यटन बोर्डले यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा सिफारिस यिनै बहुमहत्वका स्थल भएका कारणले गरेको हो । पर्याप्त प्रचारप्रसारको कमीले गर्दा विदशी पर्यटकको आगमन आशा गरेअनुरूप हुन भने सकेको छैन ।

नेपालको प्राकिृतिक सुन्दरताको वर्णन जति गर्दा पनि कम नै हुन्छ । प्राकृतिक सुन्दरताका दृष्टिकोणले विश्वमा नै एक मात्र देशभन्दा अतिशयुक्ति नहुने देशका नागरिक हुन पाउनु नेपालीको सौभाग्य हो । मनोरम पहाडी स्थल, विभिन्न प्रकारका भू–सतह, गुफा, झरना, ताल, नदीजस्तै सयांै प्राकृतिक सम्पदास्थलले गाउँ पर्यटनको प्रचुर सम्भावना रहेको देखिन्छ । अब प्रश्न आउँछ कि पर्यटकलाई आवश्यक पर्ने सबै पूर्वाधारको विकासमा हामीले जोड दिई सुविधाको विस्तार कसरी गर्ने ? यसमा भने निकै गम्भीर हुनु जरुरी छ । सुविधा दिने वातावरण भएमा पर्यटकले खर्च गर्छन् भन्ने पनि यस क्षेत्रका सबैले मनन गर्नुपर्छ ।

हामी धार्मिक एतिहासिक दृष्टिले पनि धनी र चर्चित रहेका हुनाले गाउँ पर्यटनमा थप विकासका मार्ग खोल्नेमा दुईमत रहँदैन । धार्मिक सम्पदा जुन विश्व सम्पदा सूचीमा सूचीकृत भएका पनि छन् भने अन्य दर्जनभन्दा धेरै सूचीकृत हुन लायकका छन् । विश्व सम्पदा सूचीमा सूचीकृत भइसकेका चर्चित र प्रसिद्ध पर्यटकीय स्थलहरूमा लुम्बिनी, पशुपति क्षेत्र, सगरमाथा राष्टिय निकुन्ज, बौद्धनाथ महाचैत्य, चितवन राष्टिय निकुन्ज, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, स्वयम्भूनाथ स्तुप, चाँगुनारायण मन्दिर र हनुमाढोका दरबार क्षेत्र यी १० वटा धार्मिक तथा पर्यटकीय स्थल हुन् । गाउँ पर्यटनमा समेत यस्ता स्थलले बढी महत्व स्वाभाविक रूपमा हुने नै भयो ।

नेपालको दक्षिणी भागमा उष्ण, मध्यभागमा समशितोष्ण र उत्तरी भागमा ठन्डा प्रकारको हावापानी पाइन्छ

हावापानीको विविधता पनि उत्तिकै महत्वको रहेको छ । नेपालको दक्षिणी भागमा उष्ण, मध्यभागमा समशितोष्ण र उत्तरी भागमा ठन्डा प्रकारको हावापानी पाइन्छ । यसले पनि गाउँ पर्यटनका लागि सहयोग पुगिरहेको देखिन्छ । एउटा मात्र दृष्टान्त हेर्ने हो भने पनि स्पष्ट हुन सकिन्छ त्यो हो गण्डकी प्रदेशमा अवस्थित लमजुङ जिल्लाको घले गाउँ पर्याप्त हुन्छ । पछिल्लो समयमा राम्ररी विकास हँुदै आएको गाउँ पर्यटनको सम्भावना मध्यनजर गर्दै यसका लागि आवश्यक पर्ने सबै पूर्वाधारको विकासमा जोड दिनुपर्छ । विदेशी मात्र नभई स्वदेशी पर्यटकका लागि अझ आकर्षण बढ्दै गएको गाउँ पर्यटन हाम्रा लागि आर्थिक विकासमा फढ्को मार्न आधार बनेको देखिन्छ । नेपालका सयांै स्थान अहिले प्रख्यात यही गाउँ पर्यटनका कारण भएका छन् । उपत्यका नगिचका चित्लाड शिवपुरी ककनी टोखा बजारको उत्तर पश्चिम हँुदै जान सकिने नुवाकोट जिल्लामा पर्ने सूर्य चउर साँखु हँुदै जाने भोटे चउर नगरकोटलगायतका स्थानले गाउँ पर्यटनको महत्वलाई पुष्टि गरिसकेको छ ।

हामीले अबका दिनमा यस्ता स्थानको खोजी गर्दै नयाँ गन्तव्य निर्माणमा ध्यान दिँदै अगाडि जानुपर्ने देखिन्छ । हामीले सरकारको मात्र मुख ताक्ने र सबै उसबाटै हुन्छ भनेर बस्नुहँुदैन । निजी क्षेत्रलाई राज्यले गाउँ पर्यटनको विकासमा लगानी गर्ने वातावरण निर्माणमा नीति बनाउने स्थानीय निकायले सहजीकरण गरिदिने प्रक्रियामुखी र बढी समय मात्र लगाउने परिपाटीको अन्त्य हुनुपर्छ तब मात्र फस्टाउँदै गएको गाउँ पर्यटनले थप विकास र विस्तार हुने अवसर पाउने देखिन्छ । यसबाट अन्ततः देशको आर्थिक, सामाजिक, सांस्कृतिक विकास हुन्छ जुन ज्यादै हाम्रो लागि महत्वपूर्ण पनि रहेको छ ।
(लेखक विश्व शान्ति कलेजका समाजशास्त्रका अध्यापक हुन्)

तपाइको प्रतिक्रिया
(Visited 1,828 times, 1 visits today)

epaper

ताजा समाचार

कार्य सम्पादन मूल्यांकनमा स्वास्थ्य कार्यालय कैलाली सुदूरपश्चिममै पहिलो, बझाङ दोस्रो