एरिस्टोटलले व्यक्ति, समाज र राष्ट्रको आर्थिक समृद्घिको आधार शिक्षा हो भन्ने धारणा राखेको पाइन्छ । त्यसो त शिक्षाको काम आर्थिक समृद्धि मात्र होइन । व्यापक छ । आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, धार्मिक, सांस्कारिक, विज्ञान एवं प्रविधिलगायत क्षेत्रहरूको विकासको आधार पनि शिक्षा नै हो । अब्बल शिक्षाको उल्लेखित क्षेत्रको विकास हुन सक्दैन । देशको वर्तमान अस्तव्यस्त हुन्छ । भविष्य उज्वल हुँदैन । भविष्य अन्योलग्रस्त हुन्छ । हाम्रो देशको सन्दर्भमा शिक्षाको जग अब्बल नभएकाले देशका हरेक क्षेत्र कमजोर भएको अवस्था छ । समाजमा गरिबी, अभाव र अविकास व्याप्त छ । आपूmले प्राप्त गरेको शिक्षाले देशमा भविष्य उज्वल नदेखेपछि शिक्षित युवाहरू भविष्यको रोजाइमा विदेश पलायन भएका छन् ।
नेपालमा प्रजातन्त्रको उदय २००७ पछाडि शिक्षा क्षेत्रमा उल्लेख्य मात्रामा विकास भएको छ । २००७ सालतिर नेपालको साक्षरता २ प्रतिशत मात्र थियो । सहरी क्षेत्रमा केही संख्यामा विद्यालयहरू खोलिएका भएता पनि आमजनताका लागि विद्यालय थिएनन् । प्रजातन्त्रको उदय भएको सात दशकको अवधिमा देशमा धेरै संख्यामा शिक्षालयहरूको स्थापना भएका छन् । संख्याको हिसाबले सरकारी माध्यमिक विद्यालयको संख्या २९ हजार २ सय ७ छ भने निजी विद्यालय ६ हजार १५ वटा रहेको तथ्यांक छ । यसैगरी, ४ सय ३३ सरकारी महाविद्यालयको संख्या छ भने ८ सय ३८ निजी महाविद्यालय सञ्चालनमा छन् । दर्जनौंको संख्यामा विश्वविद्यालयहरू स्थापना भइसकेका छन् । साक्षरता प्रतिशत पनि ६४ पुगेको छ । अहिले प्रायः हरेक स्थानीय तहमा शिक्षालयको पहुँच छ । यसरी हेर्दा राज्यले शिक्षाको विकासमा पहल नगरेको होइन । गरेको देखिन्छ ।
राज्यले शिक्षामा ठूलो लगानी गरेको छ । शिक्षा क्षेत्रमा नीतिनिर्माण, विद्यालय भवन निर्माण, आवश्यक भौतिक सुविधा, विषयगत शिक्षकहरूको व्यवस्थापन, पाठ्यक्रम निर्माण, पाठ्यपुस्तक लेखन, शैक्षिक सत्रको सञ्चालन, विद्यार्थी भर्ना, परीक्षाहरू सञ्चालन, तहगत अपग्रेडलगायतका नियमित कार्यक्रम चली नै रहेका छन् । परन्तु शिक्षाको आउटपुट अब्बल छैन । गुणस्तरीय छैन । समग्रमा देशको शिक्षासमय सापेक्ष छैन । शिक्षालय युग सुहाउँदो पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण सिकाइ र मूल्यांकन प्रणालीको अभावले थला परेका छन् । शिक्षा अनुसन्धानमुखी छैनन् । जीवनउपयोगी छैन । शिक्षार रोजगारीबीच सम्बन्ध छैन । शिक्षित जनशक्ति शिक्षालयबाट आपूmले आर्जन गरेका शैक्षिक प्रमाण पत्रहरू घरमा थन्काएर रोजगारीका लागि अन्तर्राष्ट्रिय बजारमा जान बाध्य छन् । बौद्घिक पलायन व्यापक छ । यस दृष्टिकोणबाट विचार गर्दा हाम्रो शिक्षा प्रणाली बेरोजगार जनशक्ति उत्पादन गर्ने शैक्षिक कारखानाका रूपमा सञ्चालन भएको प्रस्ट हुन्छ ।
राज्यले तय गरेको शिक्षाको व्यक्तिगत, सामाजिक एवं राष्ट्रिय उद्देश्यहरूमा भौगोलिक बनोट, हावापानी, स्थानीय प्राकृतिक स्रोत र साधनको पहिचान, खोज अनुसन्धान, उत्खनन एवं उपयोग गर्न सक्ने शिक्षित जनशक्ति उत्पादन गर्ने लक्ष्यमा आधारित हुनुपर्छ । शिक्षा देशको माटो र नागरिकको सर्वांगीण विकाससँग जोडिनुपर्छ । हाम्रोजस्तो कृषिप्रधान देशको शिक्षा कृषिमैत्री हुनुपर्छ । नेपालका निश्चित भौगोलिक क्षेत्रभित्र बसोबास गर्ने नागरिकले स्थानीय तहमा भएको प्राकृतिक स्रोत र साधनको पहिचान, उत्खनन, उपयोग एवं व्यवसायीकरण गर्न सक्ने वैज्ञानिक शिक्षा प्राप्त गर्न पाएको अवस्था छैन । शिक्षाले देशमा रहेको प्राकृतिक स्रोत र साधनको सदुपयोग गर्न सक्ने क्षमता प्रदान गर्न असफल छ ।
असल आचरण निर्माण गर्नुका साथै सभ्य, शालीन, सुसंस्कृत र अनुशासित समाज निर्माणको स्रोत नै शिक्षा हो
शिक्षाको बहुआयामिक कार्यमध्ये एउटा सुन्दर पक्ष मानवीय व्यवहारको निर्माण गर्नु हो । नैतिक एवं चरित्रवान् नागरिक उत्पादन गर्नु हो । दार्शनिक रुसोले व्यक्तिको आचरण निर्माणको माध्यम शिक्षालाई मानेका छन् । हरेक शिक्षित व्यक्तिमा नैतिकआचरण, सकारात्मक सोच, परोपकारी चिन्तन, सहनशीलता, कर्तव्य निर्वाह गर्ने आत्मानुभूतिको विकास हुन आवश्यक हुन्छ । हाम्रो शिक्षा प्रणालीमा नैतिक शिक्षाको विषयवस्तु समावेश गरिएको छैन । नैतिकआचरणको अभावमा व्यक्ति, समाज, शिक्षालयलगायत देशका कुनै पनि निकाय अनुशासित, मर्यादित, जवाफदेही एवं कर्तव्यनिष्ठ बन्न सक्दैनन् । सरल, सभ्य, शालीन एवं लोकतान्त्रिक समाज निर्माण हुन सक्दैन । व्यक्तिव्यक्ति मिलेर समाज बन्छ र सम्पूर्ण समाजको योग नै देश हो । यसको अर्थ हरेक व्यक्ति असल भएमा समाज र सिंगो देश असल हुन सक्छ भन्ने कुरा बुभ्mनु पर्छ ।
अहिले नेपाली समाजमा नैतिक आचरण’bout गम्भीर समस्या देखिएका छन् । समाजमा भ्रष्टाचार, झै–झगडा, असझदारी, सम्बन्ध विच्छेद, आत्महत्या, मादकपदार्थ सेवन, दुव्र्यसनी, बलात्कार, पारिवारिक विचलनलगायतका समस्या बढिरहेका छन् । समाजमा सज्जन, कल्याणकारी र अरूको हित चाहने नागरिकको अभाव हुँदै गएको अग्रजपुस्ताको कथन छ । यसरी हेर्दा असलचरित्र भएका शिक्षित जनशक्ति उत्पादन गर्न हाम्रो शिक्षा प्रणाली सफल भएको देखिँदैन ।
शिक्षाले शिक्षित जनशक्तिलाई कामप्रति अभिरुचि, उद्यमी, कर्मशील, मिहेनती एवं आत्मनिर्भर बनाउन नसकेमा शिक्षा र आर्थिक आर्जनबीच सम्बन्ध हुन सक्दैन । शिक्षा सैद्घान्तिक, प्राविधिक तथा व्यावसायिक दक्षताको संवाहक हो । देशलाई हरेक क्षेत्रमा आवश्यक पर्ने दक्षजनशक्ति उत्पादन गर्ने कार्य शिक्षाको हो । हरेक क्षेत्रमा अब्बल दर्जाका पेसाकर्मीहरू शिक्षक, प्राध्यापक, डाक्टर, इन्जिनियर, वैज्ञानिक, प्राविधिक, पत्रकार, कलाकार, शासक, प्रशासक, राजनीतिज्ञ, कृषक, उद्योगी, व्यापारी, बौद्धिकवर्ग लगायतको क्षेत्रमा संलग्न व्यक्ति एवं व्यक्तित्व उत्पादन गर्न अब्बल शिक्षा चाहिन्छ । यसो हुन सकेन भने व्यक्ति र देशको भविष्य उज्जवल हुन सक्दैन । उत्पादनशील नागरिक तयार नगरेसम्म गरिबी हट्न सक्दैन । मुलुकमा भिजन भएका राजनीतिज्ञ, इमानदार प्रशासक एवं कर्मशील नागरिक नभएसम्म शुसासन र विकास सम्भव हुँदैन । देशले विकासको मार्गमा हिँड्न सक्दैन । जुन नियति मुलुकले लामो समयदेखि भोगिरहेको छ ।
शिक्षा सैद्घान्तिक, प्राविधिक तथा व्यावसायिक दक्षताको संवाहक हो
हर्बट स्पेन्सरले मनुष्यलाई पूर्ण जीवन व्यतीत गर्न तयार गर्ने साधन शिक्षा भएको धारणा राखे भने शिक्षाविद् जोन डिबेले शिक्षा जीवनको तयारी मात्र होइन, जीवन नै हो, भनेका छन् । यसरी हेर्दा जीवन र शिक्षाको सम्बन्ध गहिरो देखिन्छ । शिक्षाले व्यक्ति एवं समाजलाई समयको प्रवाहसँगै हिड्नयोग्य बनाउँछ । समय र परिस्थितिसँग अन्तरघुलन हुन सिकाउँछ । आलोचना र समालोचनाबीच उचित मार्ग पहिलाउन गुणस्तरीय शिक्षाको खाँचो हुन्छ । समय परिवर्तनशील छ । परिवर्तनले समाजमा नयाँ मूल्य र मान्यताहरूको माग गर्छ । समाजमा रहेका अमिल्दा अभ्यासको संशोधन, परिमार्जन एवं परिवर्तन गर्न तत्अनुरूपको शिक्षा आवश्यक ठानिन्छ । मानिस चेतनशील प्राणी भएता पनि ऊभित्र रहेको क्षमता बाहिर ल्याउने, बढाउने, हुर्काउने तथा विकसित गर्ने काम शिक्षाको हो । समाजमा रहेका अव्यावहारिक, अवैज्ञानिक, असान्दर्भिक तथा रुढिवादी संस्कृति र संस्कारलाई समयसापेक्ष बनाई सहजजीवनयापनको मार्गनिर्देशन गर्ने कार्यमा शिक्षाको ठूलो महत्व हुन्छ । तसर्थ परम्परादेखि चल्दै आएका सांस्कृतिक चलनलाई व्यवहारिक एवं सरलीकरण गर्दै वैज्ञानिक समाज निर्माण गर्न तत्अनुरूपको शिक्षाको प्रशिक्षण आवश्यक हुन्छ ।
भिक्टर ह्युगोले एउटा विद्यालय खोल्ने व्यक्तिले संसारको एउटा भ्mयालखाना बन्द गरेको हुन्छ भनर त्यसै भनेका होइनन् । यसको तात्पर्य व्यक्तिको असल आचरण निर्माण गर्नुका साथै सभ्य, शालीन, सुसंस्कृत, अनुशासित समाज निर्माणको स्रोत शिक्षा हो भन्ने कुरा बुभ्mनुपर्छ । विश्व प्रसिद्घ वैज्ञानिक हेलेन केलरले शिक्षाको उच्चतम सिकाइ सहनशीलता हो भनेकी छन् । सहनशीलता मानिसको ठूलो गुण हो । सामाजिक सम्पत्ति हो । एक आपसमा मिल्न, सामाजिक सद्भाव र सहिष्णु व्यवहारको अभ्यासको लागि सबै मानिस सहनशील हुन सकेमा समाजमा अपराधजन्य घटना घट्दैनन् । सामाजिक द्वन्द्वको अन्त्य हुन्छ ।
अन्त्यमा समाजमा आदर्श र कर्मशील नागरिकको खाँचो छ । हरेक मानिसको आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक एवं तार्किक रूपले उच्चस्तरीय जीवनका लागि उसले प्राप्त गर्ने शिक्षा अब्बल हुन जरुरी हुन्छ । अब्बल शिक्षाको जगमा मात्र असल, सक्षम, इलमी, अन्वेषक, देशप्रेमी, आध्यात्मिक, सहिष्णु, परिश्रमिक, सांस्कारिक, नैतिक, परोपकारी, प्रतिष्पर्धीे नागरिक उत्पादन गर्न सकिन्छ भन्ने कटु यथार्थलाई राज्यले बुभ्mनुपर्छ । देशका शैक्षिक संस्था अब्बल नबनाइन सक्षम नागरिक उत्पादन हुन सम्भव हुँदैन । त्यसैले नागरिक र देशको भविष्यका लागि देशका शिक्षालयलाई अब्बल बनाउन राज्यले ढिला नगरोस् ।






