Saturday, July 24, 2021
Homeखेलविराटनगरका प्रशिक्षक यानलाई १ सिजन प्रतिबन्ध

विराटनगरका प्रशिक्षक यानलाई १ सिजन प्रतिबन्ध

राजधानी समाचारदाता,

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) का दौरान खेल भावनाविपरीत व्यवहार गरेको र अनुशासन तोडेको भन्दै विराटनगर सिटी एफसीका भारतीय प्रशिक्षक यान कारबाहीमा परेका छन् । उनीसहित अन्य चार जना पनि कारबाहीमा परेका हुन् । एनएसएलको आयोजक नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्टले ललितपुर सिटी एफसीविरुद्धको खेलमा रेफ्रीको निर्णयमा असहमति जनाएको भन्दै सो कारबाही गरेको हो । विराटनगरलाई १ लाख रुपैयाँ जरिमाना गरेको छ ।
टोलीका प्रशिक्षकलाई एनएसएलको अर्को सिजनमा प्रतिबन्ध लगाउने र ५० हजार रुपैयाँ जरिमाना गरेको छ । विराटनगरलाई खेल भावनाविरुद्ध व्यवहार गर्दै खेलाडीलाई मैदान छाड्ने प्रोत्साहन गरेको ठहर गरेको छ ।

विराटनगरका टेक्निकल डाइरेक्टर सोनम घले, सहायक प्रशिक्षक निशान श्रेष्ठ र सहायक व्यवस्थापक मिलन गुरुङलाई आगामी सिजन एनएसएलको ३ खेलमा प्रतिबन्ध लगाएको छ । त्यसबाहेक आवश्यक देखिएमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले थप कारबाही गर्न सक्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । २५ वैशाखमा भएको पहिलो खेलमा ललितपुरले विराटनगरलाई ४–० ले पराजित गरेको थियो । त्यही खेलका दौरान विराटनगरले रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै ७ मिनेट मैदान छाडेको थियो । दुवै टोलीका लागि प्लेअफमा पुग्नका लागि त्यो खेल जित्नैपर्ने अवस्था थियो । खेलको ६२औं मिनेटमा ललितपुरका विमल रानाले टोलीका लागि दोस्रो गोल गरेपछि विराटनगरले खेलाडीलाई मैदान छाड्न लगाएको हाम्रो खेलकुदले लेखेको छ ।

त्यसबेला स्पेनिस फरवार्ड पेड्रो मान्जीबाहेक सबै खेलाडीले मैदान छाडेका थिए । प्रशिक्षकसहित अफिसियलहरूले खेलाडीलाई मैदान छाड्न लगाएका थिए । एन्फा र आयोजक अधिकारीको आग्रहपछि मात्रै खेलाडी मैदान प्रवेश गरेका थिए । त्यसपछि ललितपुरले २ गोल थपेको थियो । विजय धिमालले दोहोरो पहेंलो कार्ड पाउँदै मैदान छाडेपछि विराटनगरले अन्तिम ५ मिनेट १० खेलाडीमा खेलेको थियो ।

Loading comments...

आजको समाचार

‘ठूलोबाको छोरासंगको प्रेम सुजिताको मृत्युको कारण’

  चितवन । पूर्वीचितवनको राप्ती नगरपालिका–३ का २३ वर्षीया सुजिता भण्डारी मृत्युको अनुसन्धान गरिरहेको प्रहरीले नयाँ क्लु भेट्टाएको छ । नातामा दाजु पर्ने सुकदेव भण्डारीसंगको प्रेम...

बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु

  बझाङ । घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ११ की ३० बर्षिया महेश्वरी देवि...

सुभाष नेम्वाङलाई प्रकाशमान सिंहको प्रश्न : आफुले विधि मिच्ने अनि मुल्य मान्यताको कुरा गर्ने ?

  काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एमाले संसदिय दलका उप नेता सुवास नेम्वाङलाई विधि मिचेर मुल्य मान्यता नसिकाउन आग्रह गरेका छन् । शुक्रवार प्रतिनिधी...

भोलीदेखी लामो दुरीका सार्वजनिक यातायात सञ्चालन हुने

  काठमाडौं । भोलिदेखि मध्यम र लामो दूरीको सार्वजनिक यातायात संचालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी निषेधाज्ञालाई थप खुकुलो पार्दै लामो...

सामाजिक विभेदले खुल्दैनन् लैंगिक अल्पसंख्यक

  धनगढी । सुदूरपश्चिम क्षेत्रमा ७ हजार बढी लैंगिक अल्पसंख्यक समुदायका मानिस रहेको तथ्यांक सार्वजनिक भएको छ । मितिनी नेपाल सुदूरपश्चिम प्रदेशका फोकल पर्सन राज...

साताका लोकप्रिय समाचार

ओली लाल गदार हुन् : युवा संघ उपाध्यक्ष पौडेल

  महोत्तरी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालका उपाध्यक्ष एवं संगठन बिभाग प्रमुख नितेश पौडेलले केपी शर्मा ओलीलाई ‘लाल गदार’ को संज्ञा...

पैसाको लोभमा आफ्नै साथीको हत्या

  चितवन । चितवनमा पैसाको लोभका कारण आफ्नै साथीको गोली हानी हत्या भएको छ । सेनाको एउटै गणमा संगै काम गर्ने आफ्नै साथीको हत्या गरी...

ओलम्पिक भिलेजमा थप ३ जनामा कोरोना

टोकियो ओलम्पिकमा सहभागी हुन पुगेका थप ३ खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । ओलम्पिक भिलेजभित्र रहेका तीन खेलाडीमा कोरोना पुष्टि भएको टोकियो ओलम्पिकले...

काठमाडौं –दिल्ली अब सातामा उडान

काठमाडौं । भारतको नयाँ दिल्लीमा अब काठमाडौंबाट सातामा कुल ६ उडान हुने भएको छ । अहिले भारतको नयाँ दिल्लीमा साताको दुईवटा मात्र उडान भइरहेको...

शिल्पा सेठ्ठीका श्रीमान राज कुन्द्रासँग ७० पोर्न फिल्म

मुम्बई । बलिउड फिल्म निर्माता तथा अभिनेत्री शिल्पा सेठ्ठीका श्रीमान राज कुन्द्राको समूहले ठूलो मात्रामा पोर्न फिल्म बनाएर पोर्न फिल्मको व्यवसाय सञ्चालन गरेको प्रहरीले...

ट्रेन्डिङ

भक्तपुरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–४ सानोठिमी एसओएस चोकमा सोमबार मध्यराति स्कुटर दुर्घटना हुँदा मध्यपुरथिमि राधेराधे चोक बस्ने चालक २९ वर्षीय राजु तामाङको मृत्यु भएको छ...

पुर्खाकाे नासाे संरक्षणमा युवा पुस्ता

बुटवल । ग्रामीण पहिचानका रूपमा प्रयोगमा आएका घरेलु प्रयोजनका कैयन सामग्री हराउँदै गएकोमा बुढापाका चिन्तित हुन थालेका बेला कतिपय युवाहरु आफ्ना पुर्खाले बनाएका र...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?