नेपाली फुटबल टोली इराकमा

काठमाडौं । नेपालको राष्ट्रिय फुटबल टोली बुधबार इराकको बस्रा पुगेको बताइएको छ । नेपालले १५ जेठमा इराकको राष्ट्रिय टोलीसँग बस्रा रंगशालामा मैत्रीपूर्ण खेल्नेछ । सो टोलीमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालसमेत रहेका छन् ।

टोली मंगलबार राति काठमाडौंबाट इराक उडेको थियो । २३ सदस्यीय राष्ट्रिय टोलीसहित ३५ सदस्यीय टोली बस्रा पुगेको हो । कुवेतमा हुने कतार विश्वकप २०२२ तथा एसियन कप २०२३ छनोटमा भाग लिनुअघि मैत्रीपूर्ण खेलका लागि नेपाली टोली इराक पुगेको हो ।

१६ जेठमा नेपाली टोली स्थलमार्ग हुँदै कुवेत जाने बताइएको छ । त्यहाँ टोलीले तीनवटा विश्व कप र एसिया कप छनोट खेल खेल्ने तालिका रहेको छ । नेपाली टोलीले २० जेठमा चाइनिज ताइपेई, २५ जेठमा जोर्डन र २८ जेठमा अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ । नेपाल अहिले अंक तालिकामा ३ अंकका साथ चौथो स्थानमा छ ।

नेपालको ५ खेलमा १ जित र ४ खेलमा हार बेहोरेको थियो । अंक तालिको पुछारमा रहेको ताइपेईले अंक जोड्न सकेको छैन । अस्ट्रेलिया १२ अंकका साथ शीर्षस्थानमा छ भने कुवेत र जोर्डनको समान १० अंक छ ।

तपाइको प्रतिक्रिया
(Visited 304 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

एनपिएलः काठमाडौँ गुर्खाज छ विकेटले विजयी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रौतहटको मौलापुरको कार्यपालिका सदस्यमा आठै जना निर्विराेध