कोरोना महामारीमा नागरिकको भूमिका र नियन्त्रणको बाटो

विश्वव्यापी रूपमा फैलिरहेको कोभिड–१९ दोस्रो भेरियन्टसहित भारतमा द्रुत गतिमा बढेसँगै नेपालमा पनि यसको प्रभाव देखा परेकोमा हाल यसको संक्रमणले भयावह स्थिति सिर्जना भएको तथ्य हाम्रासामु छर्लंग छ । कोरोना महामारी संक्रमणको प्रभावकारी रोकथाम नियन्त्रण र व्यवस्थापनका लागि नेपाल सरकारले समय समयमा विभिन्न निर्णय गरी सोको कार्यान्वयनमा जोड दिएको छ । यद्यपि महामारीबाट संक्रमण हुने दर र मृतकको संख्या दिनानुदिन बढ्दै गएकाले हाम्रा व्यवस्थापकीय औजार कमजोर भएका हुन् या प्रभावकारी संयन्त्र निर्माणमा हामी चुकेका हांै यस विषयमा तत्काल समीक्षा हुनु आवश्यक देखिन्छ ।

यसरी पुग्यौं हामी आजको संक्रमणको स्थितिमा
पहिलो चरणको कोरोनाको समयमा विश्वव्यापी रूपमा सोको प्रभावकारी रोकथाम र नियन्त्रणका लागि अवलम्बन गरिएका सामाजिक भौतिक दूरी कायम राख्नुपर्ने विधिको पूर्ण पालना गर्नुपर्ने विषयलाई कार्यान्वयन गराउन लकडाउन गर्ने संक्रमित स्थान सिल गर्नुका साथै जनचेतनाका कार्यक्रम तत्काललाइ अघि बढाउनुपर्नेछ जसले गर्दा सामाजिक स्तरमा संक्रमण फैलिनबाट रोकिने साथै दीर्घकालीन नियन्त्रणका लागि खोप बनाई सबैको पहुँचमा पु¥याउन विश्व स्वास्थ्य संगठनले सुझावसमेत दिएको थियो ।

विकसित मुलुकहरूले महामारी रोक्न सबै प्रकारका स्वास्थ्य सुरक्षा मापदण्ड अवलम्बन गर्दै खोप निर्माण कार्यमा अघि बढ्दै विस्तारै विस्तारै सबै क्षेत्रको नियमिततामा ध्यान लगाउन तल्लीन भए भने दक्षिण एसियाली मुलुक खासगरी भारत र नेपालजस्ता देशमा महामारीको पुनरावृति नजरअन्दाज गरी खुलेआमरूपमा सबै क्षेत्र स्वास्थ्य सुरक्षा मापदण्डको पालनालाई नजरअन्दाज गरी पूर्णरूपमा सञ्चालन गरियो फलस्वरूप महामारीले आजको चरम स्थिति सिर्जना भई लगभग नियन्त्रणभन्दा बाहिर अवस्था पुगेको हो । पहिलो चरणको संक्रमणको समयमा नेपालमा यसको प्रभाव विश्वमै धेरै कम भएको साथै समुदायस्तरमा त यसको संक्रमण नगन्य रूपमा देखिएकोमा सबै मानवीय गतिविधि स्वतः सञ्चालनको बहानामा भएका राजनीतिक व्यावसायिक मनोरञ्जनात्मक साथै सार्वजनिक सेवा प्रवाह गर्ने अत्यन्त भिडभाड हुने स्थानमा स्वास्थ्य सुरक्षा मापदण्डको नगन्य प्रयोग र संक्रमण सकिएको साथै यो केही नभएको जस्ता भ्रामक चिन्तनका साथ भएको मानिसको भिडभाड नै आजको स्थितिको कारक हो भन्न सकिन्छ ।

हालको स्थितिमा कसको भूमिका के
पछिल्लो समय नेपालको स्थिति नाजुक बनेको छ । संक्रमणको दर बढेको परीक्षणको दर तुलनात्मक रूपमा बढाउन नसकिएको संक्रिय संक्रमितको प्रभावकारी उपचार हुन नसकेको आमजनगुनासा देखिँदै सुनिँदै र भोगिँदै आएकामा सबै सचेत नागरिकले हालको महामारीको प्रभावकारी नियन्त्रणका लागि आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने बेला आएको छ ।

लोककल्याणकारी राज्यले जस्तोसुकै विषम परिस्थितिमा जनताको जिउ धनको रक्षाको निमित्त कार्य गर्न सक्नुपर्छ तसर्थ हालको महामारी नियन्त्रको व्यवस्थापनमा राज्यले स्वास्थ्य प्रणालीको प्रभावकारिताका लागि राज्यको सम्पूर्ण शक्ति लगाउनुपर्ने कुरामा दुईमत छैन जसका लागि नेपाल सरकारले हाल अभाव देखिएको भेन्टिलेटरसहितका आईसीयू कक्षाको संख्या बढाउनुपर्ने अवस्था छ । अस्पतालमा देखिएको अक्सिजनको अवस्थालाई तत्काल पूर्ति गर्न छिमेकी देशसँग सहयोग माग गर्ने खरिद गर्ने र पारदर्शिता तरिकाले एकद्वार रूपमा सम्बन्धित चिकित्सकीय विज्ञलाई नै आवश्यकताको सिद्धान्तमा आधारित रही वितरण प्रकिया तत्काल मिलाउने । हाल नेपाल सरकारले विभिन्न जिल्लाहरूमा अक्सिजन प्लान्टका लागि निर्णय गरी बजेटसमेत विनियोजन गरेको विषय यद्यपि सरहानीय भए पनि सोको तत्काल कार्यान्वयनका लागि सम्बन्धित सरकारी निकायहरू आज होइन अहिलेबाट नै खट्नुपर्ने आवश्यकता देखिन्छ ।

सरकारले लागू गरेको निषेधाज्ञा कार्यान्वयन गरी सचेत नागरिकको भूमिका निर्वाह गर्नु अपरिहार्य देखिन्छ

सरकारले संक्रमणको दरलाई न्यूनीकरण गर्न लागू गरेको निषेधाज्ञा कसरी उल्लघंन गर्न सकिन्छ भन्ने मानसिकताबाट माथि उठी कसरी म बाँच्छु र अरूलाई समेत संक्रमणबाट बचाउन सक्छु भन्नेतर्फ प्रत्येक नागरिकले सोची सोही बमोजिम कार्यान्वयन गरी सचेत नागरिकको भूमिका निर्वाह गर्नु अपरिहार्य देखिन्छ ।

अबको केही समयपछि संक्रमणको क्षतिको प्रतिवेदन तयार गरी सार्वजनिक गर्न तँछाडमछाड गर्ने गैरसरकारी क्षेत्रहरू अहिलेको स्थितिमा कहीँकतै देखिँदैन सुनिँदैन गैरसरकारी र निजी क्षेत्रले सरकार बलियो भएको समयमा फाइदा लिने सरकार अप्ठ्यारोमा पर्दा सहयोग होइन आलोचना गर्ने जुन प्रवृत्ति छ । यसबाट माथि उठी हालको विषम परिस्थितिको नियन्त्रणमा सरकारलाई सहयोग गर्ने कि । जसका लागि अत्यावश्यक अक्सिजन साथै औषधिको जोहोमा सरकारलाई सहयोग गरौं न कि प्रतिवेदन प्रकाशनका लागि सहयोगको बहानामा सामाजिक सञ्जालमा फोटो राखी हामीले ग¥र्यौं राज्यले सकेन भन्नेजस्ता कुराहरू लेख्न उद्धृत हुने शृंखलामा बढोत्तरी गर्ने कार्य ।

सामाजिक अभियन्ताको काम सरहानीय छ । यद्यपि राज्य संयन्त्र प्रणालीको प्रभावकारिताका लागि हामीले गरेका दौडधुप कत्तिको उचित छन् एकपटक आफंैलाई प्रश्न गरांै त । राज्यलाई कमजोर साबित गरेर हामी शिक्षित र सक्षम नागरिकहरूले कस्तो आत्मसम्मानको अपेक्षा राखेका छांै । आमनागरिकको एकपटकको आवश्यकता त हामीले पूरा गरौंला तर जबसम्म राज्यका सबै प्रणालीहरूलाई सक्षम सबल र प्रभावकारी बनाउनेतर्फ हामी लाग्दैनांै नि तबसम्म यी र यस्ता महामारीबाट हामीले पटकपटक पीडा भोग्नुको विकल्प रहँदैन ।

हाल संक्रमितको उपचारमा अग्रपंक्तिमा रही अहोरात्र खटी कार्यरत स्वास्थ्यकर्मीहरूको सुरक्षाका लागि सरकारले सोच्नुपर्छ । उपकरणको अभाव अक्सिजनको अभाव साथै बिरामीको चापलाई समेत मध्यनजर गर्दा नेपालका स्वास्थ्यकर्मीहरू विश्वमा नै उत्कृष्ट हुन् भनी गर्वका साथ भन्न सकिने अवस्था छ । अब स्वास्थ्यकर्मीहरू सुरक्षा निकायका प्रतिनिधिहरू प्रत्येक जिम्मेवार निकायका कर्मचारी नागरिक समाजका प्रतिनिधि राजनीतिक जनप्रतिनिधि र सक्षम नागरिकको मानवीय संयन्त्र निर्माण गरी सोको प्रभावकारी परिचालनमार्फत महामारी नियन्त्रणमा जोड दिनुपर्ने आवश्यकता टड्कारो देखिन्छ ।

महामारी नियन्त्रणमा समग्रमा अब यसो गरौं
हालको महामारीको प्रभावकारी नियन्त्रण र व्यवस्थापनका लागि साथै भविष्यमा देखिने यस्तै स्वास्थ्य समस्या समाधान गर्न निम्न उपाय अवलम्बन गर्नुपर्ने देखिन्छ ।
– अब नेपाल सरकारले घोषणा गर्ने बजेटलाई पूर्णरूपमा स्वास्थ्य प्रणालीको प्रभावकारिता अभिवृद्धि गर्ने सबै जिल्लाका अस्पतालमा अक्सिजनको सहजता हुने तरिकाको दीर्घकालीन प्रयोग गर्न सकिने अक्सिजन प्लान्ट निर्माण साथै अक्सिजन वाइरिङको व्यवस्थाको सुनिश्चितता गर्ने ।

राष्ट्रिय गौरवका आयोजनाको निरन्तरताबाहेकका टुक्रे विकासमा बजेट आवश्यक देखिँदैन कर्मचारीहरूको तलबमानमा वृद्धि हालको बजेटमा नितान्त प्राथमिकताको विषय होइन यद्यपि अग्रपंक्तिमा रहेर महामारी नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी सुरक्षाकर्मी र केही जिम्मेवार निकायमा कार्यरत कर्मचारीको मनोबल उच्च राख्न केही सेवासुविधाको सुनिश्चितताको प्याकेज अनिवार्य छ ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत फ्रन्टलाइनमा खटेका व्यक्तिलाई गुणस्तरीय स्वास्थ्य उपकरणको निरन्तर व्यवस्थामा सरकारले ध्यान दिनुपर्छ

– महामारीको नियन्त्रणमा अहोरात्र खटिरहेका स्वास्थ्यकर्मी सुरक्षाकर्मी र केही कर्मचारीलाई संक्रमणबाट बचाउन आवश्यक गुणस्तरीय स्वास्थ्य उपकरणहरूको निरन्तर व्यवस्थामा ध्यान दिनुपर्छ ।
– नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका साथै चिकित्सकहरूले पालना गर्न भनेका स्वास्थ्य मापदण्डको पूर्णपालना गरी जिम्मेवार नागरिकको जिम्मेवारी सबैले पूरा गर्ने ।
– अक्सिजनको अभाव तत्काल पूर्ति गर्न हाल गैरजिम्मेवार रूपमा घरघरमा राखिएका अक्सिजन सिलिन्ड अस्पतालमा बुझाउने साथै पहँुचका आधारमा वितरण प्रकिया रोकी आवश्यकताको सिद्धान्तका आधारमा अक्सिजन वितरणको प्रभावकारी व्यवस्था मिलाउने ।
– धार्मिक सांस्कृतिक क्रियाकलाप साथै जमघट हुने स्थान र कार्यक्रमलाई संक्रमण दर कम हँुदासाथै अनुमति प्रदान नगर्ने ।
– कोभिड लागेका बिरामीहरूको आत्मबल कमजोर हुने साथै मानसिकता कमजोर हुने सामग्रीहरू सामाजिक सञ्जालमा नराख्ने ।
– देशको चौथो अंग पत्रकारिता क्षेत्रले सही सूचनाहरू साथै विज्ञका सुझावलाई अत्यधिक प्रकाशन र प्रसारण गरी जनचेतना अभिवृद्धिमा थप प्रभावकारी रूपमा कार्य गर्ने । साथै नकारात्मक सन्देश दिने खालका सामग्रीहरू सूचनालाई स्वप्रतिबन्धित गर्ने ।
– गैरसरकारी र निजी क्षेत्र संक्रिय रूपमा लागी महामारी नियन्त्रणमा सरकारलाई अनुभूति हुने तरिकाबाट सहयोग गर्ने ।
ड्ड हालको महामारीबाट बच्ने अचुक उपाय छिटोभन्दा छिटो सबै नागरिकलाई खोपको व्यवस्था नै हो भन्ने कुराको पुष्टि भइसकेकाले सरकार र निजी व्यावसायिक घरानाको संयुक्त पहलमा खोप खरिद नै गरेर भए पनि उपलब्ध गराउनुपर्ने देखिन्छ ।
– सबै स्थानीय तहले प्रतिस्पर्धाको आधारमा आइसोलेसन सेन्टर र अस्थायी अस्पताल निर्माण गरे पनि खासमा सो स्थानमा संक्रमितको उपचार प्रभावकारी नदेखिएको साथै विकराल समयमा अक्सिजनको खपत मात्र भएको पाइएकाले जनशक्ति क्षमता साथै स्रोतको उपलब्धता आधारमा जिल्लागत समन्वयको आधारमा मात्र आईसीयू र भेन्टिलेटरसहितको व्यवस्थामा समन्वयात्मक भूमिका खेल्नु आवश्यक छ ।
– स्वास्थ्य संकटकाल नै घोषणा नगरे पनि हाल सञ्चालनमा रहेका निजी अस्पताललाई कोभिड अस्पतालका रूपमा प्रयोग गर्न सरकारले तुरुन्त कार्य प्रारम्भ गर्नुपर्ने देखिन्छ ।
– विशेषगरी भारतीय नाकाहरूसँग जोडिएका जिल्लामा नाका अनुगमन र स्वास्थ्य सामग्रीमा हुने कालोबजारी नियन्त्रणमा सबै जिम्मेवार निकायले ध्यान दिनुपर्ने देखिन्छ । अक्सिजन र अत्यावश्यकीय सामग्रीको कालोबजारी र जम्माखोरी गर्नेलाई हदैभन्दा हदै कारबाही गर्नुपर्ने देखिन्छ ।
– विद्यार्थीको शैक्षिक गतिविधि भर्चुअल्ली सञ्चालनलाई निरन्तरता दिने जसले गर्दा घरमा बसिरहँदा समेत बालबालिकाहरूको मानसिक स्थिति बिग्रन पाउँदैन भने शैक्षिक क्षेत्रमा शून्यताको अवस्था सिर्जना पनि हँुदैन ।
– अत्यावश्यक सेवा प्रदायक निकायबाहेकका निकाय पूर्ण रूपमा बन्द गर्ने साथै संक्रमण दर घट्दा बित्तिकै खोल्न आतुर नगर्ने ।

– सबै स्थानीय तहहरूमा भएको खर्च नहुने बजेटलाई तुरुन्त एकीकृत गरी हालको महामारी नियन्त्रणका लागि जिल्लागत रूपमा स्वास्य सुरक्षाका दीर्घकालीन संरचना साथै उपकरण खरिदमा लगाउने जसको समन्वयात्मक कार्य संघीय सरकारले गरी प्रदेश सरकारले कार्यान्वयन पक्ष प्रभावकारी बनाउने ।

महामारी अवश्यम्भावी प्राकृतिक विपत्ति हो । यसबाट जनधन क्षतिको न्यूनीकरण गर्न पूर्वतयारी नै पहिलो सर्त हो । हाम्रोजस्तो कम विकसित मुलकमा यस्ता प्रकोपबाट बच्न पूर्वतयारीको अभाव भएको सधंै भोगिँदै आएको छ । राजनीतिक विचलन प्रशासनिक प्रभाकारिताको अभाव र निजी क्षेत्रको तुलनात्मक विकास नहुनु साथै सरकारको साझेदारका रूपमा काम गर्ने तत्परता नदेखाउनुले विपद् न्यूनीकरणमा भगवान् भरोसाको स्थिति बेहोर्नुपरेको हाम्रो हालको तीतो यथार्थताबाट पार पाउन सबै जिम्मेवार निकायले अत्यावश्यक महत्वका विषयमा एकीकृत रूपमा सरकारी संयन्त्र र वितरण प्रणाली मजबुत बनाउनेतर्फ ध्यान दिनुपर्ने जरुरी देखिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 420 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यी हुन् राप्रपाले जितेका स्थान, कुन-कुन पालिकामा अग्रता ? (सूचीसहित)