भारतबाट घर फर्किनेलाई सिमामा सेनेटरी प्याडदेखी खाजासम्म

 

वीरगन्ज । भारतसँग खुल्ला सीमा जोडिएको प्रदेश नंं.२ का मुख्य तीन नाका सहित सीमा क्षेत्रमा कोरोना संक्रमण फैलिन नदिन सिमा क्षेत्र व्यवस्थित गर्न थालिएको छ । सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरीले अन्य सुरक्षासँग सम्बद्ध निकायहरुसँगैको सहकार्यमा सीमा नाकामा थप कडाई गर्दै संक्रमण ह्वात्तै आउन नसक्ने गरी थप व्यवस्थित गरेको हो ।

पहिलो चरणको महामारीका समयमा भारतमा काम गर्न गई नेपाल फर्कदै गरेका प्रवासी नेपालीलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउन सीमा नाकाका सुरक्षाकर्मीलाई हम्मे हम्मे परेको थियो । घर फर्कन लागेका नेपालीले नाकामा सहज प्रवेस नपाउदा सास्ती पाएका थिए । तर, अहिले अवस्था बदलिएको छ । सीमा पारीबाट आउने नेपालीहरुको लागि मुख्य सीमा नाकामै माक्स, हातधुने हेण्डवास सहित पानीको व्यवस्था गरिएको छ भने एन्टिजेन परीक्षण, र आइसोलेशन सेन्टरको पनि व्यवस्था गरिएको छ । विभिन्न संघ संस्थाको सहकार्यमा प्रदेश नम्बर २ को वीरगन्जमा पर्ने मुलुकको नै प्रमुख नाकामा सशस्त्र प्रहरी बल नेपाल गण नम्बर १३ को अगुवाईमा कोरोना नियन्त्रण तथा सीमा व्यवस्थापन चुस्त पारिएको छ ।

प्रदेश २ अन्तर्गत पर्साको वीरगन्ज, रौतहटको गौर र महोत्तरीको भिट्टामोड नाका मात्र खुल्ला रहेको सशस्त्र प्रहरी बल प्रदेश नम्बर २ का प्रमुख बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरिक्षक ( डिआइजी ) चन्द्र प्रसाद गौतमकले बताए । नेपाल सरकारले स्थलमार्ग भएर नेपाल भित्रिने नेपालीहरुको लागि यो प्रदेशमा मुख्य ३ वटा नाका मात्र खुल्ला राखेको उनको भनाइ छ । यी नाकाहरुमा पिउने पानी, माक्स वितरण, सीमा पारीबाट आउनेहरुको ज्वरो नाप्ने, शंकास्पद मानिसको एन्टिजेन परीक्षण गरी रिपोर्ट समेत तत्काल उपलब्ध गराउने व्यवस्था छ । संक्रमित पाइए अस्थायी कोभिड अस्पताल वा अन्य जिल्लाको भए सम्बन्धित ठाउँको स्वीकृति लिएर मात्र अलग्गै सवारी साधनमा त्यहाँ पठाउने व्यवस्था गरिएको डिआजी गौतमले बताए । ‘महिला प्रहरीबाट छुट्टै सहायता कक्षमा महिलाहरुको लागि सेवा दिइरहेका छौं ।’ उनले भने । पहिलाको अनुभव र व्यवस्थापनलाई सुधार गरी यो पटक धेरै कुराहरु व्यवस्थित गरिएको उनको तर्क छ ।

बाबु नानीहरुको लागि विष्कुट, चाउचाउ र पानी जस्ता नाकामै खाजाको पनि व्यवस्था गर्नुका साथै महिलाहरुको लागि सेनिटरी प्याडको समेत वीरगन्ज नाकामा व्यवस्था गरिएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्काले बताए । ‘गत बर्ष नाकामा केही समस्याहरु थिए । यो पटक ती समस्या दोहोरिन नदिन पहिलेदेखि नै व्यवस्थापनमा सजगता अपनाइएका छौं ।’ उनले भने ।

सीमाको जिम्मेवारी सशस्त्र प्रहरीको भएकोले अन्य सुरक्षा निकाय, स्थानीय प्रशासनसँगकै समन्वयमा प्रदेश २ का आठवटै जिल्लामा सशस्त्र प्रहरी चनाखो बसेको सशस्त्रका डिआइजी गौतमकले बताए । यसको लागि सशस्त्र प्रहरीले कोही पनि लुकिछिपी नेपाल छिरेर संक्रमण नफैलाउन् भनी सीमामा ७२ वटा बोर्डर आउट पोष्ट ( बीओपी ) र ४९ वटा फर्वाड अपरेटिङ्ग बेश ( एफओबी ) नै खडा गरी सीमामा निगरानी बढाएको डिआइजी गौतमले बताए । सीमाको अरु जुनसुकै ठाउँबाट अहिले मानिस नेपाल छिर्न पाउँदैनन् । लुकिछिपी छिर्नेहरु भेटिए सशस्त्र प्रहरीले उतै फर्काइ दिने गरेको सशस्त्र प्रहरीले बताएको छ ।

तोकिएका नाकामा ‘महिलाहरुले महिला प्रहरीसँगै आफ्ना समस्या बताउन सक्ने भएकोले महिला मैत्री हेल्प डेक्स पनि राखिएको’ डीआईजी गौतमले बताए । सशस्त्रले सीमा क्षेत्रमा कोरोना महामारीबाट बच्ने उपाय’bout नेपाली र भोजपुरी भाषामा चेतनामूलक पर्चा पनि बनाएर वितरण पनि गर्दै आएको शसस्त्र प्रहरीले जनाएको छ । नाका सशस्त्र प्रहरीले नेपाल प्रहरी, युनिसेफ र रेडक्रश लगायतका संघसंस्थाहरुसँग पनि सहयोग लिइदै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 197 times, 1 visits today)

epaper

ताजा समाचार

भेनेजुएली पूर्वराष्ट्रपति मादुरोका २ तस्बिर सार्वजनिक