चिनियाँ डाक्टर चेनचेन गरिब तथा विपन्नलाई खाद्यान्न वितरण गर्दै

 

काठमाडौं । कोरोना भाइरसको महामारीका बेला नेपालमा रहेका चिनियाँ नागरिक डा. सिया चेनचेनले गरिब तथा विपन्न नागरिकहरुलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गर्दै आएकी छन् ।

काठमाडौं उपत्यकाका कुपण्डोल, कालीमाटी, टेकु, बालाजु, डल्लु क्षेत्रमा रहेका गरिब तथा विपन्न नागरिकहरुलाई चेनचेनले खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गर्दै आएकी हुन् ।

डा. चेनचेनको नेतृत्वमा नेपाली नागरिकसहित सहयोगी समुहले गत बुधवार २५ सय प्याकेट बिस्कुट, चिउरा, चाउचाउ दुई सय बोत्तल पानी, र मास्क वितरण गरेको हो ।

यसैगरी बिहिबार ५५ सय प्याकेट बिस्कुट र हजार थान मास्क वितरण गरिएको थियो भने आइतबारसमेत हजारौं प्याकेट बिस्कुट, चाउचाउ र मास्क तथा सेनिटाइजर वितरण गरिएको छ ।

चेनचेनसहितको समूहले गरिब विपन्नहरुको वस्तीमा नै पुगेर मास्क नलगाएकाहरुलाई मास्कसमेत लगाइदिने गर्दै आइरहेका छन् । नर्भिक अस्पतालमा आवद्ध डा. चेनचेन नेपालमै आफ्नो परिवारसँग बस्दै आएकी छन । उनले महामारीको समयमा हुनेले नहुनेलाई तथा समस्यामा परेका नागरिकहरुलाई सहयोग गर्दै संकटबाट उम्किन सकिने बताइन ।

तपाइको प्रतिक्रिया
(Visited 389 times, 1 visits today)

epaper

ताजा समाचार

काँग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार खड्का पक्राउ