मुलुकको कृषि विकास आर्थिक मेरुदण्डका रूपमा रहेको छ । झन्डै ६६ प्रतिशत जनताको मुख्य पेसाका रूपमा रहेको कृषि व्यवसायमा मुलुकको अर्थतन्त्र निर्भर गर्छ । मूलतः कृषिप्रधान भनिएको मुलुकमा कृषि उत्पादनको आयात बर्सेनि ह्वात्तै बढिरहेको छ । तसर्थ पछिल्लो समयमा कोरोना कहर र विश्वव्यापी रूपमा देखिएको जलवायु परिवर्तनको नकारात्मक प्रभावलाई न्यूनीकरण गरी हाल कायम रहेको कृषि क्षेत्रको उत्पादन र उत्पादकत्वलाई जोगाएर राख्ने चुनौती पनि कृषि क्षेत्रमा थपिएको छ । यसरी अर्कोतर्फ हेर्ने हो भने आगामी आर्थिक वर्षमा कृषि क्षेत्रको विकासका लागि बजेटको आकारमा वृद्धि भएको छ । यसरी आगामी आर्थिक वर्षका लागि सरकारले कृषिक्षेत्रमा ४५ अर्ब ९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
यो बजेट चालू आर्थिक वर्षको भन्दा ३ अर्ब ६९ करोड रुपैयाँ अर्थात् २० प्रतिशले वृद्धि हो । जबकि चालू आर्थिक वर्षमा सरकारले कृषिमा ४१ अर्ब ४० करोड रुपैयाँको बजेट रहेको थियो । सरकारले घोषणा गरेको यो बजेट रासायनिक मल खरिद गर्न दिइएको अनुदानसहित भएको पनि बजेटमा उल्लेख छ । त्यसको साथसाथै प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट विनियोजन गरिएको छ । यो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रममा ७ अर्ब ९२ करोड ३४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । चालू आर्थिक वर्षको बजेटमा सरकारले ७ लाख ३४ हजारलाई रोजगारी सिर्जना गर्ने नीति अघि सारेको थियो । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट २ लाख जनाले आउँदो वर्ष रोजगारी पाउने दाबी बजेटले गरेको थियो । तर, त्यस्ता कार्यले मूर्तरूप लिन नसकेको अवस्थामा पुनः प्रधानमन्त्री रोजगार कार्यक्रममा बजेट वृद्धि गरिएको छ । फलतः प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको प्रभावकारिता वृद्धि गरिनुका साथै कृषिबाली, मत्स्ये, पशुपन्छी उत्पादन, रबर खेती प्रवद्र्धन गर्न रबर जोनलगायत थप ७१ जोन सञ्चालनमा ल्याइने घोषणा उनले गरेका छन् । आगामी आवका लागि मन्त्रालयले रासायनिक मलका लागि १२ अर्ब विनियोजन गरेको छ । गत आवमा रासायनिक मलका लागि ११ अर्ब विनियोजन भएको थियो ।
कृषि क्षेत्रको न्यून विस्तारले ग्रामीण क्षेत्रका जनताको आम्दानी पनि कम भएको छ
कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरणमार्फत आगामी पाँच वर्षभित्र नेपाललाई कृषिमा पूर्ण आत्मनिर्भर बनाइने भएको छ । अतः कृषि उत्पादन र उत्पादकत्व वृद्धि तथा खाद्यान्नमा सुनिश्चितता प्रदान गर्न कृषि सहुलियत कर्जाका लागि ७ अर्ब ६० करोड, कृषि बिमामा ५० प्रतिशत तथा उखु किसानका लागि ८४ करोड अनुदान छुट्याइएको छ । यसरी नै सार्वजनिक र गुठी जग्गा कब्जा गर्नेलाई कानुनको दायरामा ल्याइने, भूमिहीन, सुकुमबासी, दलित, पूर्वकमलरी, हरुवाचरुवा र मुक्त कमैयाका लागि एकपटक गरिखाने जग्गा खरिद गर्न ६८ करोड विनियोजन भएको छ । आगामी आवदेखि जमिन बाँझो राख्न पाइनेछैन । झन्डै १० लाख हेक्टर जमिन बाँझो छ । बाँझो जमिनलाई भूमि बैंकमार्फत जम्मा गरिने भएको छ । सात प्रदेशमा नै भूमि बैंक स्थापना गरिनेछ । बाँझो जमिन उपयोग गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिनेछ ।
जमिनको विविधीकरण, विशिष्टीकरण गरी सामूहिक, करार र चक्लाबन्दी खेती विस्तार गरेर कृषिको परनिर्भरता हटाइने बजेटमा उल्लेख छ । त्यसैगरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ७१ जिल्लामा विस्तार गरिने, कृषि यान्त्रिकीकरणलाई प्रभावकारी बनाइने, आगामी तीन वर्षभित्र रासायनिक मल र एक वर्षभित्र जैविक विषादी कारखाना स्थापनाका लागि बजेट विनियोजन भएको छ । जैविक विषादी कारखाना स्थापनाका लागि ५० प्रतिशत, दूध र माछामासुको ढुवानीमा २५ प्रतिशत र साना किसानलाई धानको बिउ खरिदमा ५० प्रतिशत नगद अनुदान उपलब्ध गराइने बजेटमा व्यवस्था छ । यसको साथसाथै माटो प्रयोगशालाको स्थापना, कृषि अनुदान प्रणाली पुनरावलोकन, कृषि यान्त्रिकीकरण र औजार आयातका लागि कर तथा महसुलमा छुटको दायरा बढाइएको बजेटमा उल्लेख छ । बहुउद्देशीय फलपूmल नर्सरी स्थापना गर्न ५० लाख फलपूmलका बिरुवा उत्पादन गरिने भएको छ । कृषि उपजको भण्डारण गरी कृषि सहकारी संस्थामार्फत खरिद गर्ने व्यवस्था, स्थानीय तहमा २ सय खाद्य भण्डार केन्द्र, ८९ बीउ उत्पादन कक्ष निर्माण र कृषि बिमामा ५० प्रतिशत अनुदान दिने बजेटमा व्यवस्था गरिएको छ ।
मुलुकमा प्रत्येक वर्षका बजेटमा कृषि क्षेत्रलाई उकास्न विभिन्न आकर्षक कार्यक्रम घोषणा गरिने गरिन्छ । तर, कार्यान्वयन पक्ष भने सधैं कमजोर रहने रोग हाम्रा लागि पुरानै बनिसकेको छ । बजेटमा प्रस्ताव गरिएका कार्यक्रमले लक्षित वर्गका रूपमा रहेका आमकृषकलाई स्पर्श गर्न नसकेसम्म यो केवल सुन्दर कागजी दस्तावेजका रूपमा मात्र रहन पुग्दछ । यसर्थ भन्ने हो भने सरकारले बजेट प्रस्तुत गर्नुअघि कृषि क्षेत्रका सरोकारवालाले यो क्षेत्रलाई उकास्न सहायकसिद्ध हुन सक्ने विभिन्न अपेक्षा सरकारसमक्ष राखेका थिए । कृषकले खेतीबाली लगाउनुअगावै रासायनिक मलको पर्याप्त आपूर्ति सुनिश्चित गर्न र आगामी तीन वर्षभित्र रासायनिक मल कारखाना स्थापना गर्नेगरी प्रारम्भिक कार्य अघि बढाउन बजेट विनियोजन गरिएको बताइएको छ । सरकारले यसअघि किसानलाई रासायनिक मलमा प्रदान गर्दै आएको अनुदान १ अर्ब रुपैयाँले बढाएर १२ अर्ब पु¥याएको छ ।
त्यसैगरी हाल उपयोगमा नआएका सरकारी कृषि फार्म र बाँझो जमिनमा व्यावसायिक खेती गर्न सरकारले निजी क्षेत्रलाई भाडामा दिने नीति अवलम्बन गर्ने योजना बनाएको छ । माटो जाँच प्रयोगशालाको क्षमता अभिवृद्धि गरी डिजिटल माटो परीक्षण नक्सा प्रणाली कार्यान्वयमा ल्याइने पनि बजेटमा उल्लेख छ । तसर्थ, मध्यम तथा उच्च प्रविधियुक्त बहुउद्देश्यीय नर्सरी स्थापना गरी फलफूलका ५० लाख बिरुवा उत्पादन गरिने भएको छ । त्यस्तै, विभिन्न पकेट क्षेत्रमा कृषि उपकरण खरिद गरी स्थानीय तहलाई अनुदान उपलब्ध गराइने भएको छ । सो आयोजना क्षेत्रका कृषकलाई प्राविधिक सहयोग उपलब्ध गराउन कृषि विषय अध्ययनरत ३ सय विद्यार्थीलाई इन्टर्नका रूपमा खटाउने र कृषि प्राविधिकलाई करारमा परिचालन गर्ने कार्यक्रमका लागि कुल ७ अर्ब ९८ करोड विनियोजन गरिएको छ ।
देशको अर्थतन्त्रलाई सबल र सक्षम बनाउन उद्योगधन्दाको विकास, रोजगारीका अवसर र पूर्वाधार निर्माणजस्ता विषयमा जोड दिनुपर्छ
त्यसैगरी कृषि विकासका लागि भूमिसम्बन्धी समस्या सामधान आयोगमार्फत भूमिहीन दलित, भूमिहीन सुकुमबासी, पूर्वकम्लरी, पूर्वकमैया, हरुवाचरुवा तथा अव्यवस्थित बसोबास पहिचान गरी आगामी आर्थिक वर्षभित्र जग्गाधनी दर्ता प्रमाणपत्रपुर्जा वितरण एकातिर गरिएको छ भने अर्कोतिर भने यसका लागि ६८ करोड रुपैयाँ विनियोजन गरिएको छ । तर, हाम्रो देशमा भने कृषि बजेटको आकार खुम्च्याएकाले यसको कार्यक्रमले प्रमुख रूपमा खाद्य सुरक्षालाई उच्च प्राथमिकता नपाउने सम्बन्धित विज्ञको दाबी रहेको छ । स्थानीय तहमा कृषि तथा पशुपक्षी विकासको संरचनाको टुंगो नलागे पनि बजेट निर्माण भने रोकिएको छैन । कृषिको वृद्धिदरमा प्रमुख भूमिका खेल्ने खाद्यान्न बालीको उत्पादनमा गत अधिल्लो आर्थिक वर्षमा बाढी पहिरो, कोरोनालगायत विभिन्न प्राकृतिक प्रकोप कारण उल्लेख्य रूपमा वृद्धि हुन सकेको छैन ।
जीविकाको लागि कृषिबाट दिगो विकासका लागि कृषि अभियान सञ्चालन गर्ने लक्ष्य राखेका छन् । यसरी खाली सस्ता नारा दिएर राखिएको मुलुकमा प्रतिएकाइ उत्पादन नबढ्ने कुरा सम्बन्धित विश्लेषकले बताएका छन् । दीर्घकालीन कृषि योजनाका कम बजेटका कारण खासै प्रगति हुन सकेको छैन । भारतले कृषकलाई लक्षित गरी कार्यक्रम ल्याउँदा त्यसले नेपालका कृषकलाई प्रत्यक्ष असर गर्छ । भारतले कृषि क्षेत्रमा लिएका नीतिहरूलाई अध्ययन गरेर नेपालले त्यही किसिमको नीति बनाउनुपर्ने जानकारको भनाइ छ । कृषकको आम्दानी पाँच वर्षमा दोव्बर बनाउने एकातिर रहेको छ भने अर्कोतिर बजेटले देशभरका कृषकको आम्दानी आगामी पाँच वर्षमा दोब्बर बनाउने लक्ष्य लिएको छ ।
वास्तवमा देशको अर्थतन्त्रलाई सबल र सक्षम बनाउने आधार भनेको उद्योगधन्दाको विकास गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने, पूर्वाधार निर्माणजस्ता विषयमा जोड दिने हो ।
समष्टिगत रूपमा भन्नुपर्दा देशमा बढ्दै गएको गरिबीको खाडललाई कम गर्न पनि आर्थिक वृद्धिदर उच्च हुनुपर्छ । यसका लागि कृषिको आधुनिकीकरण तथा व्यवसायीकरण र यसको उचित बजारीकरणको प्रबन्ध गरी कृषिमा आधारित व्यापार व्यवसायलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालनमा आउनुपर्छ । यही बजेटका सन्दर्भमा पनि विभिन्न किसिमका टीकाटिप्पणी भएका छन् । कसैले परम्परागत र सनातिना बजेटका रूपमा विश्लेषण गरेका छन् भने कसैले यसलाई देश विकासका दिगो आधारका रूपमा लिएका छन् । कुनै पनि देशको एउटा बजेटले समग्र देशको मुहार परिवर्तन गर्न सक्छ भत्रे होइन । सबैभन्दा ठूलो कुरो सरकारले लिएका नीति र उद्देश्य स्पष्ट छन् कि छैनन् र ती कुराले देशको आवश्यकतालाई सम्बोधन गर्न सक्छ कि सक्दैन भन्ने हो ।
फेरि उद्देश्य र नारा मात्र आकर्षित भएर हुँदैन, त्यसलाई परिणाममा पु¥याउने किसिमको पनि हुनुपर्छ । निश्चय नै धेरै किसिमका समस्या खेपेका जनताका इच्छा र अपेक्षा पनि स्वभाविक रूपमा बढी नै हुन्छन् तर ती लोकप्रिय नारा महत्वाकांक्षी नीति र कार्यव्रmम ल्याएर मात्र पूरा हुन सक्दैनन् । अर्कोतिर हेर्ने हो भने दिनहुँ विश्वमा बढ्दै गइरहेको तापक्रम र मौसमी परिवर्तन तथा त्यसले कृषि क्षेत्रमा पारेको असर, न्यून खाद्य उत्पादनका कारण आउन सक्ने संकटलाई बजेटले समेट्न नसकेको विज्ञले प्रतिक्रिया दिएका छन् । त्यसरी नै विभिन्न दातृ निकाय र सम्बन्धित मन्त्रालयसमेतले राष्ट्रिय बजेटको १० प्रतिशतभन्दा बढी रकम कृषि क्षेत्रलाई छुटयाउनुपर्ने सुझाव दिए पनि सरकारले भने अपुग बजेट कृषि क्षेत्रलाई छुट्याइ कम महत्व दिएको पुष्टि हुन्छ । कृषिको क्षेत्रमा काम गर्ने सरकारी निकाय र गैरसरकारी संस्थाका बीचमा समन्वय नहुँदा जिल्लामा जाने स्रोत साधनको सदुपयोग हुन नसकेको तथ्यलाई सबैले स्वीकार गरेका छन् । यद्यपि, जनसंख्याको दुई तिहाइ यसै क्षेत्रमा निर्भर रहेकाले यस क्षेत्रको न्यून विस्तारले ग्रामीण क्षेत्रका जनताको आम्दानी पनि कम भएको छ ।






