कांग्रेसमा सात युवा नेताको प्रस्तावः वैकल्पिक विधिबाट ७७ जिल्लामै मतदान

काठमाडौं । नेपाली कांग्रेस सात युवा नेताले पार्टीको १४औं महाधिवेशन ‘वैकल्पिक विधि र प्रक्रियाबाट गर्न’ नेतृत्वसमक्ष प्रस्ताव गरेका छन् ।

कांग्रेस युवा नेताहरू चन्द्र भण्डारी, धनराज गुरुङ, गुरु घिमिरे, गगन थापा, प्रदीप पौडेल, जीवन परियार र बद्री पाण्डेले मंगलबार सभापति शेरबहादुर देउवालाई भेटेरै ‘१४औं महाधिवेशन वैकल्पिक विधि र प्रक्रियाबाट गर्न’ प्रस्ताव गरेका हुन् ।

कोरोना बाहनामा ‘अब महाधिवेशन सार्ने गरी कुनै योजना नबनाउन’ ध्यानाकर्षण गराउँदै उनीहरूले ‘जतिसक्दो छिटो पार्टीमा सल्लाह गरेर महाधिवेशन’bout निर्णय लिन’समेत आग्रह गरेका छन् ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका युवा नेता प्रदीप पौडेलले ‘महाधिवेशन गर्नुको विकल्प नभएको’ भन्दै ‘प्रक्रियामा विकल्प खोजेर भए पनि निर्धारित समयभित्रै महाधिवेशन सम्पन्न गरिनुपर्ने’तर्फ पार्टी नेतृत्वको ध्यानाकर्षण गराएको जानकारी दिए ।

‘महाधिवेशन विषय अन्योल भयो, महामारीकैबीच प्रक्रियामा विकल्प खोजेर भए पनि गरौं भनेर सभापतिलाई भनेका छौं,’ नेता पौडेलले राजधानीसँग भने, ‘सभापतिज्यूले पदाधिकारी बैठक बोलाएर छलफल गर्छु भन्नु भएको छ ।’

अर्का केन्द्रीय सदस्यसमेत रहेका युवा नेता धनराज गुरुङ ‘संविधानले दिएको व्यवस्थासमेत पार्टीले उपयोग गरिसकेकाले पार्टी वैधानिकता जोगाउनकै लागि भए पनि वैकल्पिक प्रक्रियाबाट महाधिवेशन गर्न’ सभापतिलाई सुझाएको बताउ“छन् ।

‘अब फेरि महाधिवेशन सार्ने अवस्था छैन, वैधानिकताको पनि कुरा छ, बरु प्रक्रियामा विकल्प खोजौं, वडामा एक बुथका ठाउँमा १० बुथ राखौं,’ पार्टी सभापतिलाई राखिएको प्रस्ताव’bout नेता गुरुङले जानकारी दि“दै थपे, ‘७७ वटै जिल्लामा केन्द्र तहका उम्मेदवारलाई मत हाल्ने गरेर व्यवस्था मिलाऔं भनेर सुझाव दिएका छौं ।’

केन्द्रीय तहका नेता छान्न जिल्लाजिल्लामै मतदान गर्नेगरी व्यवस्था गर्न सकिने र प्रतिनिधि संख्याका आधारमा बुथ तय गरी निर्वाचन प्रक्रियामा जान सकिने उनीहरूले सुझाएका छन् । अधिवेशनमा जाँदा कोरोनाका लागि जारी सुरक्षा मापदण्डा पालना गर्न सकिने उनीहरूको धारणा छ ।

सात युवा नेताको संयुक्त प्रस्तावमा सभापति देउवा सकारात्मक देखिएका छन् । पदाधिकारी बैठक बोलाएर महाधिवेशन विधि र प्रक्रिया’bout आवश्यक निर्णय लिइने उनले आश्वासन दिएका छन् ।

युवा नेताले क्रियाशील सदस्यता विषय जतिसक्दो छिटो टुंग्याउन, पूर्वनिर्धारित कार्यतालिकाबीचको समय दूरी घटाएर अन्तिमपटक संशोधन गर्न र संशोधन गर्दा वडादेखि केन्द्रसम्मको निर्वाचन प्रक्रिया टुंग्याउन आग्रह गरेका छन् ।

कांग्रेसले ६ फागुन २०७७ मा बनाएको महाधिवेशन क्यालेन्डरअनुसार ५ असारमा वडा, ७ असारमा गाउँ–नगर, १ साउनमा प्रदेश सभा क्षेत्रीय, ३ साउनमा प्रतिनिधिसभा क्षेत्रीय र एक मात्र प्रतिनिधिसभा क्षेत्र भएका जिल्ला र ६ साउनमा एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएका जिल्ला अधिवेशन निर्धारित छ ।

यसैगरी, १० र ११ साउनमा प्रदेश अधिवेशन र ७, ८, ९ र १० भदौमा केन्द्रीय महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 245 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गौतमबुद्ध विमानस्थलमा पहिलाे अन्तर्राष्ट्रिय उडान