Friday, June 18, 2021
Home अर्थ भेडासँग जीवन बिताएका मनबहादुर एकपटक अमेरिका जान चाहन्छन्

भेडासँग जीवन बिताएका मनबहादुर एकपटक अमेरिका जान चाहन्छन्

रमेश केसी,

 

बझाङ । हुम्ला जिल्लाको सिमकोट सेमन्या घर भई करिब ४० वर्षदेखि बझाङको साईपाल गाउँपालिकामा बस्दै आएका मनबहादुर महत अहिले उमेरले ७६ वर्ष पुगे । हातमा चुरोट सल्काउँदै ४० वर्ष अगाडि बझाङ सदरमुकाम चैनपुर सम्झदै उनले भने, “चैनपुरमा औँलामा गन्ने घरहरु थिए । चैनपुरमा पाठा लिएर आउँदा, पाठा देउ जग्गा लेउ भन्थे, के गर्ने त्यो बेला भेडा, बाख्रालाई हामीले ठूला मान्यौ, त्यो बेला वुद्धि भएन, नत्र जग्गासँग पाठा साटेको भए, आधा चैनपुर हुन्थ्यो होला ।”

उनका अनुसार त्यतिबेला चैनपुरका धनी भनेकै हरिसाहु थिए । उनका दुई वटा घर थिए । उनलाई एक भेडा रु ५० देखि एक सयसम्ममा बिक्री गथ्र्यौ । लाग्छ त्यतिबेलाको रु एक सय ठूलो थियो । अहिले १ सय ५० भेडा बिक्री गरेपछि १९ देखि २० लाख रुपैयाँ आउँछ, त्यसले पनि केही हुँदैन् ।

त्यतिबेला गाउँमा स्कुल थिएन । पढ्नु पर्छ भन्ने थाहा पनि भएन । १२ वर्षको उमेरमै भेडासँग हिड्न लागेका हामी दुई दाजुभाई भेडासँगै जिवन विताउन थालेको मनबहादुरले भने, “म हुम्लाबाट बझाङ आउँदा शुरुमा १८ पाठा थिए । हुदाँहुँदै कुनै बेला ११ सय बाख्रा, खसी, भेडाका छुट्टाछुट्टै गोल र आठ÷नौ जना ग्वाला (हेर्ने मान्छे), साथमा तीन/चार वटा कुकुर पनि थिए । धनगढी र महेन्द्रनगर, डडेलधुरालगायतका ठाउँबाट सामान ल्याउँथे । त्यतिखेर यातायातका साधन भनेका नै भेडा, बाख्राहरु थिए ।”

खच्चर धेरै समयपछि आएको महतको भनाइ छ । उनले भने, “त्यतिबेलाको जमना थियो । भेडामा सामान हुन्थ्यो । गाउँ नजिकै बाटोमा डेरा बसाल्थ्यौं । गाउँले दाजुभाइहरुले माया गर्थे । अहिले भेडावाला भन्ने वित्तिकै गाली गर्छन । अब त बुढो भयौं, तागत छैन । हिड्दा हिड्दै खुट्टा लट्पटिन्छन । अब सकिदैन, विस्तारै घटाउनु पर्यो ।” हुनत् भेडाकै खर्चबाट छोरा अफितलाई डिग्री पढाएको बताउने उनले छोरा अमेरिका जाँदा रु ९ लाख पठायौं, अहिले छोरा अमेरिकामा नै छ उनको भनाइ छ ।

“छोराले उतै विवाह गर्यो”। उनले भने, “उ पनि फोन गरेर कहिले काँही भेडा बेचेर घर आउँ भन्छ । घरपरिवार सबैलाई भेडाकै खर्चबाट पालन पोषण गरे । अहिले पनि घरमा ११ जनाको परिवार छ । श्रीमति वितेको भने केही वर्ष भयो । आफ्नो जिन्दगी भने दुःख गर्दै खायो । उहिलेका दुःख सम्झदा छोराछोरीलाई सुख छ, तागत छैन, सम्पति देख्दा माया लाग्छ, मलाई एक भेडा बेच्दा पुगिहाल्यो, आफूलाई नपुग्या छोराछोरीलाई देउ भन्नु, अब एकचोटी मर्नुभन्दा अगाडी अमेरिका घुम्ने मन छ । छोराले पनि अमेरिका लिन्छु भन्या छ । तर क्या अर्नु (के गर्नु ) देशभरी यस्तै छ । मान्छे माहामारीका कारण घान हुन लाग्याका छन (धेरैको संख्यामा मर्न लागेका) । बाँच्या पछि अमेरिका हेर्न जान्या रहर थियो । न तत्र सकियो ।” रासस

(Visited 196 times, 1 visits today)
Loading comments...

आजको समाचार

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा

कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह 'बी' बाट बेल्जियम...

साताका लोकप्रिय समाचार

कृषि केन्द्रले दियो तीन जिल्लाका २८५ किसानलाई अनुदान

  काठमाडौँ । बागमती प्रदेशको भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको कृषि ज्ञान केन्द्रले कृषिक्षेत्रको प्रबद्र्धन गर्न २ सय ८५ कृषकलाई अनुदान दिएको छ...

आशा जगाउँदै शैक्षिक बजेट !

यसपटक कोरोनाले शैक्षिक क्षेत्र अस्तव्यस्त नै बनायो । गत वर्षबाटै लकडाउन, सटडाउन बेहोरेको यो क्षेत्रले कहिले लय लिने हो ? यकिन छैन । सरकारले...

प्रशिक्षक ह्वाटमोर नेपाल आइपुगे

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक देभ ह्वाटमोर सोमबार नेपाल आइपुगेका छन् । कोरोना महामारीको कारण नेपालको घरेलु क्रिकेट ठप्प भएपछि अघिल्लो...

युवा संघ पनि २ जेठकै अवस्थाबाट अगाडी बढछ : नरेश शाही

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालका अध्यक्ष नरेश शाहीले ‘फुटेर होईन जुटेर, व्यक्तिको लागि होईन राष्ट्रको लागि’ भन्दै एकताबद्ध भएर...

हिँडेर अस्पताल पुगेकी नेहा शबबाहनमा फर्किइन्

  काठमाडौं । शरीरमा सामान्य बिबिरा आएपछि अस्पताल भर्ना भएकी नेहा तुलाधरको मृत्यु भएको छ । स्वयम्भु स्थित मनमोहन अस्पतालमा डाक्टरको लापरबाहीले नेहाको मृत्यु भएको...

ट्रेन्डिङ

रेमिट्यान्स आयातमा वृद्धिः चालू खाता र शोधनान्तर स्थिति बचतमा

काठमाडौं । चालूआर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्समा १२.६ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार तीन महिनामा २ खर्ब ५८ अर्ब ८६...

देशमै सबैभन्दा बढी वडामा बजेट बिनियोजन गर्ने चन्द्रपुर नगरपालिका : नगर प्रमुख चौधरी

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले नेपालमै सबैभन्दा बढी वडामा बजेट पठाउने चन्द्रपुर नगरपालिका मात्रै रहेको बताएका छन् । आइतबार रौतहटको...

राष्ट्रिय अखण्डतामा सबै दल एक

काठमाडौं । नेपालको नयाँ नक्साअनुसारको निशान छापको विषयमा संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक सर्वसम्मतले स्वीकृत भएको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक...

२२५३ जनामा कोरोना संक्रमण पुष्टि, १३२९ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार २५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा १२ हजार ७८४ जनामा...

हटाइए नायक कार्तिक

मुम्बई । बलिउड अभिनेता कार्तिक आर्यन एकपछि अर्को फिल्मबाट हटाइएका छन् । यसअघि फिल्म निर्माता निर्देशक करण जौहरसँगको विवादले उनी नयाँ फिल्म दोस्ताना–२ बाट...

बुटवल कोरोना अस्पतालबाट स्वास्थ्यकर्मीसहित ४ जना निको भएर फिर्ता

रुपन्देही । प्रदेश नं ५ मा कोरोना भाइरस सङ्क्रमणसँगै निको हुनेको संख्या बढ्दै गएको छ । बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालबाट आज एक...

प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दै, सम्भावित कार्यसूची तय

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधि सभा बैठक बस्ने भएको हो ।...

बाजुरामा करेन्ट लागेर १ जनाको मृत्यु

बाजुरा । जिल्लाको बुढिनन्दा नगरपालिका वडा न ५ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढिनन्दा नगरपालिका वडा न ५...

कोरोनाबाट मृत्यु हुनेको संख्या ३० लाख बढी

पेरिस । विश्वभर कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ३० लाख २३ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन हप्किन्स विश्वविद्यालयको विवरण अनुसार...

कर्मचारी सरुवाले रौतहटका स्थानीय तह अस्तव्यस्त

रौतहट । अहिले देश कोरोना महामारीसंग जुध्दैछ, देशमा आंशिक रुपमा भएपनि रौतहटमा पूर्ण लकडाउन छ, आर्थिक वर्षको अन्तिम मसान्त भएकोले कामको अत्यधिक चटारो छ...

मार्सेलो रियलमै खुसी

मड्रिड । ब्राजिली स्टार लेफ्ट ब्याक मार्सेलोले स्पेनिस क्लब रियल म्याड्रिड छाड्ने कुनै योजना नरहेको बताएका छन् । भेट्रान मार्सेलो पछिल्लो समय आफ्नो पूर्वसहकर्मी...

महामारीमा उपभोक्ता ठग्ने पर्साका ९ व्यापारिक फर्मलाई कार्वाही

वीरगन्ज । कोरोना महामारीको बिषम परिस्थितिमा उपभोक्ता ठग्ने पर्साका ९ वटा व्यापारिक फर्म कार्वाहीमा परेका छन् । ती व्यापारिक फर्मलाई ५ हजारदेखि ५० हजारसम्म...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)