Friday, June 18, 2021
Home बिचार विश्वविद्यालय अनुसन्धान केन्द्र कहिले ?

विश्वविद्यालय अनुसन्धान केन्द्र कहिले ?

डा. देवीप्रसाद आचार्य,

नेपालमा अहिले एक दर्जन बढी संख्यामा विश्वविद्यालय सञ्चालनमा छन् । त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्घ विश्वविद्यालय, सूदर पश्चिम विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, राजर्षीजनक विश्वविद्यालयलगायत मदन भण्डारी विज्ञान तथा मनमोहन प्राविधिक विश्वविद्यालय सञ्चालनमा छन् । यसका साथै खुला विश्वविद्यालय पनि स्थापना भएको छ । अहिले उच्च शिक्षा पढ्नेहरूको संख्यामा पनि उल्लेख्य वृद्घि भएको अवस्था छ ।

विश्वविद्यालयहरूमा विभिन्न विषय एवं संकाय सञ्चालनमा छन् । मानविकी, सामाजशास्त्र, शिक्षाशास्त्र, अर्थशास्त्र, दर्शनशास्त्र, वाणिज्यशास्त्र, विज्ञानशास्त्र, चिकित्साशास्त्र, इन्जिनियरिङलगायतका विषय अध्ययन तथा अध्यापन हुने गरेको छ । संख्यात्मक एवं विषयगत रूपमा देशमा सञ्चालित विश्वविद्यालय अप्रर्याप्त छैनन् । अझै प्रान्तीय विश्वविद्यालय पाइप लाइनमा छन् । खुल्दै जालान् । यसरी हेर्दा उच्च शिक्षा हासिल गर्न विद्यार्थीहरूले छानी रोजी रुचिको विश्वविद्यालय र विषयको छनोट गरी अध्ययन गरी रहेको अवस्था छ । परन्तु आजको प्रश्न हाम्रा विश्वविद्यालयको गुणस्तरीय शिक्षाको हो । देशमा विश्वविद्यालयसम्मको अध्ययनले कस्ता नागरिक उत्पादन भएका छन् ? भन्ने हो । हाम्रा विश्वविद्यालयले किन सिर्जनशील, अनुसन्धानमुखी, वैज्ञानिक एवं नवचिन्तक उत्पादन गर्न सक्षम भएनन् ? भन्ने हो । देशमा उच्चशिक्षा हासिल गरेको जनशक्ति आपूmले अध्ययन गरेका प्रमाणपत्र थन्काएर किन विदेश पलायन हुन बाध्य भए ? भन्ने विषयको हो ।

आजका विकसित अमेरिका, युरोपलगायत कतिपय एसियाका देशहरूले विकासको आधार गुणस्तरीय शिक्षालाई बनाएकोले उनीहरू सफल भएका हुन् । सन् २०२० मा विश्वका उत्कृष्ट विश्वविद्यालयमध्ये पाँचवटा विश्वविद्यालय अमेरिकामा मात्र छन् । स्टेनफोर्ड युनिभरसिटी, हार्वर्ड युनिभरसिटी, क्यालिफोर्निया युनिभरसिटी, युनिभरसिटी अफ सिकागो र म्यास्याचुसेट्स प्राविधिक युनिभरसिटी अमेरिकामा छन् भने बेलायतका अक्सफोर्ड युनिभरसिटी, क्यामरिज युनिभरसिटी, युनिभरसिटी अफ लन्डन एवं इम्पेरियल कलेज लन्डन गरी चारवटा बेलायतमा मात्र छन् । यसैगरी, टप टेनभित्र स्विजरल्यान्डको ज्युरिख युनिभरसिटी पर्छ । क्रमशः युरोप, अमेरिका र एसियाका कतिपय देशमा उत्कृष्ट विश्वविद्यालय छन् । आजका विकसित राष्ट्रहरूले हरेक क्षेत्रका विज्ञ, विशेषज्ञ एवं दक्ष जनशक्ति उत्पादन गर्न विश्वविद्यालयलाई माध्यम बनाए । उनीहरूले शिक्षा र विकासको सम्बन्धलाई बुभ्mन सके । त्यसैले विकसित भए ।

यही महिनामा अमेरिकाले मंगल ग्रहमा मानव वस्ती बसाउने यात्रामा अनुसन्धानका लागि पठाएको यानको सफलताको १०० दिन मनाएको छ । पछिल्लो समाचारअनुसार नासाले मंगल ग्रहका लागि इतिहासमै पहिलोपटक हेलिकोप्टर पठाएको छ । चन्द्रमा बस्ती बसाउन आज विकसित देशका मानिस लागिरहेका छन् । विश्वजगत्का कतिपय देशहरू मंगललगायत वृहस्पति तथा शुक्र ग्रहहरूमा मानववस्तीको नवचिन्तनमा व्यस्त छन् । यी देशहरूले विकासका चामत्कारिक उपलब्धिको पूर्वाधार शिक्षा होइन ? त्यहाँका शिक्षालय होइनन् ? अनुसन्धानकर्ता उत्पादन गर्ने त्यहाँका विश्वविद्यालयहरू होइनन् ? अवश्य हुन् । अझै आजको सर्वशक्तिमान राष्ट्र अमेरिकालगायतका देशहरूले आप्mनो देशमा उत्पादन हुन नसकेका उत्कृष्ट ब्रेनहरूलाई अरू देशबाट आप्mनो देशमा सुविधा दिएर भि-याउँछन् ।

विश्वविद्यालयलाई विकास र रोजगारीसँग जोड्नुपर्छ

हाम्रो देशमा यति धेरै विश्वविद्यालय छन् । राज्यले शिक्षामा ठूलो धनराशि खर्च गरेको छ । ठूलो संख्यामा शिक्षार्थीहरूले विभिन्न विषय अध्ययन गरी सकेका छन् । गरिरहेका छन् । तर हाम्रा विश्वविद्यालय अब्बल जनशक्ति उत्पादन गर्न सक्ने क्षमता राख्न सकेको पाइँदैन । बरु यिनीहरू राजनीतिक दलका कार्यकर्ता उत्पादन गर्ने शैक्षिक केन्द्र जस्ता बनेका छन् । बेरोजगार जनशक्ति उत्पादन गर्ने शैक्षिक केन्द्र भएका छन् । शैक्षिक विसङ्गतिका स्रोत बनेका छन् । यसो भएपछि देशका हरेक क्षेत्र कमजोर बन्न अस्वाभाविक होइन ।

त्यसो त सरकारले विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्प्रर्धी, विशिष्टीकृत र अन्वेषणमुखी बनाउने र क्रमशः उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा विकास गर्दै जाने भनेको छ । परन्तु यथार्थमा राजनीतिक तहमा विश्वविद्यालयलाई अनुसन्धान केन्द्र बनाउन सक्ने क्षमता देखिँदैन । राज्यले विज्ञ एवं विशेषज्ञसँग सहकार्य गरेको पाइँदैन । बरु विश्वविद्यालयका विशिष्ट पद भिसी, रजिस्ट्रार, रिडर, डिनलगायतका शैक्षिक प्रशासन र समग्र शैक्षिक व्यवस्थापनमा प्रत्यक्ष प्रभाव पार्ने ठाउँहरूमा क्षमताबिना नै आप्mना राजनीतिक आस्थाका व्यक्ति एवं व्यक्तित्व नियुक्ति गर्दै आएको घामजस्तै छर्लंग छ । राजनीतिक शक्ति र भक्तिका अगाडि वरीयता र मेरिटोक्रसीलाई छायामा पार्ने काम बारम्बार हुने गरेको छ । यस्तो राजनीतिक नेतृत्व भएको देशका विश्वविद्यालय कसरी अब्बल बन्न सक्छन् ? कसरी अनुसन्धान केन्द्र हुन सक्छन् ? दुःख लाग्छ ।

हाम्रो देशमा अथाह प्राकृृतिक स्रोत र साधन छन् । सुन, चाँदी, हिरा, मोति, युरेनियम, पेट्रोलियम पदार्थलगायतका खानी एवं खजाना भूगर्भमा छन् । जल, जंगल, जडीबुटीजस्ता सम्पदाको धनी छ मुलुक । तर, उल्लेखित सम्पदाको उपयोग हुन सकेको छैन । कृषि उत्पादन परम्परागत प्रणालीमा गुज्रिएको छ । पशुपालन क्षेत्र उत्पादनमुखी छैन । जैविक विविधताको उपयोग हुन सकेको छैन । देशमा तराईदेखि हिमालसम्म्म विभिन्न प्रकारका फलपूmल, तरकारी, खाद्यपदार्थलगायतको उत्पादनको सम्भावना छ । उल्लेखित क्षेत्रमा हाम्रा विश्वविद्यालयको पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण सिकाइ र प्रयोगात्मक अभ्यासको सम्बन्ध छैन । विश्वविद्यालयहरू रोजगारीसँग जोडिएनन् । बरू विश्वविद्यालयले बेरोजगार जनशक्ति उत्पादन गरिरहेका छन् । शिक्षितहरू रोजगारी पाउन अन्तर्राष्ट्रिय बजारमा गइरहेका छन् ।

विकसित देशहरूले विज्ञान, प्रविधि, कृषि, पशुपालन, उद्योग, कला, साहित्यलगायतका क्षेत्रमा गरेका चामत्कारिक विकासका उपलब्धिबारे हाम्रा विश्वविद्यालयमा अध्ययन अध्यापन हुन्छ । पुराना सिद्घान्त घोकाइन्छ, रटाइन्छ । चाहे भौतिकशास्त्र होस् । चाहे अर्थशास्त्र वा समाजशास्त्र । न्युटन, आइन्टाइन, मार्सल, रुसो, डार्बिन, सेक्सपियरलगायतका विभिन्न क्षेत्रका व्यक्ति एवं व्यक्तित्वहरूको आविष्कार र योगदानको प्रशंसागान गर्ने पाठ्यपुस्तकहरू अध्यापन गराइन्छ । र परीक्षामा उनीहरूले गरेको योगदान लेखाउने र ग्रेड निर्धारण गर्ने मूल्यांकन प्रणाली छ । यस्तो शिक्षा पद्घतिले विद्यार्थीहरूको मौलिकपन हराउँछ । सिर्जना फस्टाउँदैन । अनुसन्धानको दायरा खुम्चन्छ । नयाँ चिन्तनको विकास हुँदैन । यस्तै भइरहेको छ । त्यसैले हाम्रा विश्वविद्यालयलाई सिद्घान्तको व्याख्याताबाट बदलेर स्वदेशीपनमा आधारित बनाउने कहिले ? अनुसन्धानमुखी बनाउने कहिले ?

विश्वविद्यालयहरू नयाँ संस्कार, नयाँ चिन्तन, नयाँ विश्वास, नयाँ आविष्कार र सिर्जनाको दृष्टिकोणबाट सक्षम नागरिक उत्पादन गर्न सक्ने अनुसन्धान केन्द्र बन्नुपर्छ

आजको २१आंै शताब्दीको तेस्रो दशकसम्म आइपुग्दा विकसित देशहरूले विकासका लागि आवश्यक गर्ने आधुनिक टेक्नोलोजीको आविष्कार गरी सकेको अवस्था छ । आज विश्व बजारमा पाइने वैज्ञानिक उपकरणहरू प्राप्त गर्न उनीहरूले ५०औं वर्ष खर्च गरेका छन् । खर्बाैं खर्च गरेका छन् । आजका तेस्रो विश्वका देशले विकसित देशहरूले आविष्कारका लागि समय र धनराशि खर्चनुपर्दैन । उपलब्ध वैज्ञानिक उपकरणको सहायताले देशमा रहेको हरेक क्षेत्रमा विकास गर्न सकिन्छ । केवल हाम्रा शिक्षालय अब्बल बनाउन आवश्यक छ । प्रविधिमैत्री बनाउन आवश्यक छ ।

अहिले हरेक क्षेत्रको विकास गर्न रेडिमेड उपकरण तयारी अवस्थामा छन् । दृष्टान्तका लागि कृषि, पशुपालनलगायतका क्षेत्रको विकासका लागि कृषि औजार, औषधि, बीउ, विजन, नश्लसुधारलगायतका सुविधा उपलब्ध छन् । सिँचाइका लागि नहरहरू खन्न, डोजर बनेका छन् । बाँध बनाउन पनि आधुनिक मेसिन बनेका छन् । जलस्रोतको विकास गर्न टर्वाइनको आविष्कार भएको छ । विद्युतीकरणका नवीनतम आविष्कार भइरहेका छन् । राजमार्ग बनाउने साधन छन् । सुरुङ बनाउने उपकरण छन् । खनिजहरू पत्ता लगाउने वैज्ञानिक यन्त्रहरू बनिसकेका छन् । उल्लेखित उपकरणबारे अध्ययन गरी सम्बन्धित क्षेत्रको वैज्ञानिक अवधारणको विकासगरी उत्खनन गर्न सक्ने जनशक्ति उत्पादन गर्न सकेमा हाम्रा विश्वविद्यालय अनुसन्धान र विकाससँग जोडिन सक्छन् ।

अन्त्यमा राज्यले देशको २१आंै शताब्दीको समाजको आवश्यकता र विकासको चाहना पूरा गर्नका लागि विश्वविद्यालयलाई क्षमतावान् बनाओस् । यसो गर्दा देश र देश बाहिरका थिंकट्यांकहरूसँग सहकार्य गरोस् । विश्वविद्यालयलाई विकास र रोजगारीसँग जोडोस् । सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक, विज्ञान, प्रविधिलगायतका क्षेत्रको विकासको आधार राजनीतिलाई होइन, शिक्षालाई बनाओस् । देशका विश्वविद्यालयहरू नयाँ संस्कार, नयाँ चिन्तन, नयाँ विश्वास, नयाँ आविष्कार र सिर्जनाको दृष्टिकोणबाट सक्षमनागरिक उत्पादन गर्न सक्ने अनुसन्धान केन्द्र बन्न सकून् । यसो नभएसम्म विकास र समृद्घि आकासको फल आँखातरी मरको अवस्थामा हुनेमा शंका छैन ।

(Visited 82 times, 1 visits today)
Loading comments...

आजको समाचार

बाढीपहिरो जोखिमबाट बच्न भौगर्भिक अध्ययन जरुरी

अहिले पनि सिन्धुपाल्चोकलगायतका भूबनोट कमजोर भएका जिल्ला बाढी तथा पहिरोबाट निकै प्रभावित भएका छन् । यी जिल्लामा २०७२ सालको भूकम्पपछि लगातार धनजनको क्षति हुँदै...

युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा

कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह 'बी' बाट बेल्जियम...

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

अब निर्माण क्षेत्र र उद्योग खुला

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण...

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

साताका लोकप्रिय समाचार

कोभिड महामारी र शैक्षिक क्षेत्रको दायित्व

  शताब्दीकै सबैभन्दा खराब विपद् कोरोना महामारीको ठूलो प्रभाव शिक्षा क्षेत्रमा परेको छ । जनस्वाथ्य अन्तरसम्बन्धित विषय भएकाले यसले जनजीवनका सबै क्षेत्रमा एकसाथ प्रभाव पारेको...

मनसुन मङ्गलबारसम्म देशव्यापी हुने, सतर्क रहन आग्रह

  काठमाडाैं । प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा यस वर्षको मनसुन भित्रिएको छ । देशका पूर्वी भेगबाट शुक्रबार प्रवेश गरेको मनसुन...

हाम्रा वादहरू

कविता हिजो तिमी र म एउटै नारा घन्काउँथ्यौं एउटै उम्मेदवारलाई टोलटोल घुमाउँथ्यौं जिन्दावादको नारा लगाउँथ्यौं जनजनलाई चिनापर्ची गराउँथ्यौं न दिन भनिन्थ्यो न रात भनिन्थ्यो न भोक भनिन्थ्यो न प्यास भनिन्थ्यो आज तिमी एकथरी नेताको पछि...

गण्डकीमा नयाँ सरकार गठन गर्न आह्वान, भोलि ३ बजेसम्म समय

पोखरा । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि भोलि शनिबार ३ बजेसम्मको समय दिइएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले...

युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा

कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह 'बी' बाट बेल्जियम...

ट्रेन्डिङ

सभा, सम्मेलन, भेला गर्नेलाई कार्वाही गर्ने प्रशासनको चेतावनी

पोखरा । कोभिड–१९ संक्रमणको पुनः जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले सूचना जारी गर्दै जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको छ । प्रशासनले बिहीबार सूचना जारी...

दोहोरी गीत प्रतियोगिता सेमीफाइनलमा

लमजुङ । लमजुङको सुन्दरबजारमा आयोजना गरिएको सुन्दरबजार सांस्कृति महोत्सव– २०७६ का अवसरमा आयोजित जिल्ला भित्रका अन्तरवडास्तरीय दोहोरी गीत प्रतियोगिता सेमीफाइनलमा प्रवेश गरेको छ । सेमीफाइनलमा...

नेपालको दोस्रो हार

काठमाडौं । एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । थाइल्यान्डमा आइतबार भएको खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित...

प्राविधिकलाई सहयोगबारे दीपकराजको टिप्पणी

काठमाडौं । हास्य अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जालमा लेख्दै आफूहरूले गरेको सहयोगलाई दान भनिएकोमा त्यसको निन्दा गरेका छन् । यी हास्य अभिनेता एवं निर्माताले...

रुकुमपश्चिमको हत्याकाण्डलाई राजनीतीकरण नगर्न सांसदको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले अन्तरजातीय प्रेम सम्बन्धका क्रममा यही जेठ १० गते रुकुमपश्चिममा भएको हत्याको घटनाका विषयमा आवाज उठाउँदै सर्वदलीय छानबिनको माग...

भक्तपुरका डाक्टर संगठित

काठमाडौं । भक्तपुरमा क्रियाशील चिकित्सक भेलाले डक्टर्स सोसाइटी गठन गरेको छ । डा. पुण्यराम खर्बुजाको अध्यक्षतामा गठित भक्तपुर डाक्टर्स सोसाइटीको सात सदस्यीय समिति उपाध्यक्षमा...

तीन साता शैक्षिक संस्था बन्द गर्न प्रस्ताव

काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले नेपालमा यूके भेरियन्टको कोरोना संक्रमण बढ्न सक्ने भन्दै तीन साताका लागि शैक्षिक संस्था बन्द गर्ने प्रस्ताव गरेको...

वीरगञ्जबाट नक्कली डाक्टर पक्राउ

वीरगञ्ज । वीरगंज महानगरपालिका–२ छप्कैयास्थित यादव अल्ट्रा साउण्ड सेन्टरबाट नक्कली डक्टर पक्राउ परेका छन् । बिरामी जाँच गरेको अभियोगमा विन्दवासिनी गाउँपालिका–३ बस्ने ४० वर्षीय नारद...

मलाई राजेश हमाल ‘महानायक’ लाग्दैन

घटना १२ वर्ष अघिको हो । पुरानो विश्वज्योती सिनेमा हलको बार्दलीमा थियौं हामी (१५ जना जति पत्रकार) । निर्माताको निम्तोमा सित्तैमा फिल्म हेर्न पुगेका...

बलिउड मोडल भन्छिन् : लुगा फेर्न लाग्दा निर्माता कोठामा आए

मुम्बई । ‘बिग बोस’ ९ बाट चर्चामा आएकी मोडल मन्दना करीमीले हिन्दी चलचित्र कोका कोलामा काम गर्दा निर्माता महेन्द्र धारीवालले यौन दुव्र्यबहार गरेको आरोप...

कोरोना कहर : आफ्नी आमालाई टाढैबाट अन्तिम बिदाई

नेपालगन्ज । बाँके बैजनाथ गाउँपालिका–६ सम्झनाकी ४६ वर्षीया कोरोना संक्रमित महिलाको अन्तिम संस्कार तथा शवको व्यवस्थापन कोबिड–१९ को निर्देशिका बमोजिम बुधबार बिहान गरिएको छ...

सरकारको प्रष्टोक्ति : नेपालमा कोरोनाको कुनै सङ्क्रमण छैन, अत्यावश्यक तयारी छ

काठमाडौँ । सरकारले कोरोना भाइरस डिजिज (कोभिड–१९) बाट नेपालमा हालसम्म कुनै सङ्क्रमण नभएको स्पष्ट पारेको छ । चीनबाट फैलिएको कोरोनाको सङ्क्रमण विश्वका १५२ देशमा...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)