Friday, June 18, 2021
Home Breaking News पूर्वबाट मनसुन प्रवेश गर्याे, बाढी पहिराे जान सक्ने

पूर्वबाट मनसुन प्रवेश गर्याे, बाढी पहिराे जान सक्ने

राजधानी समाचारदाता,

 

काठमाडाैं । नेपालमा अब केही दिनमा पूर्वबाट मनसुन भित्रिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बङ्गालको खाडीबाट मनसुन विकसित भइसकेको र त्यो नेपाल आउने क्रममा रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए । उनले केही वर्षा बढ्न थालेको र आगामी हप्ताबाट भने ठाउँठाउँमा भारी बर्षासमेत हुने राससलाई जानकारी दिए । “हामी अहिले मनसुनको निगरानी गरिरहेका छौँ, एक/दुई दिनभित्रैमा मनसुन भित्रिएको घोषणा हुनेछ”, पौडेलले भने, “वर्षा विस्तारै बढ्न थालेको छ, आगामी हप्ता ठाउँठाउँँमा भारी वर्षा भएर बाढी पहिरोसमेत आउनसक्छ, सचेत हुन अनुरोध गर्दछु ।”

उनका अनुसार पश्चिमी वायुको प्रभाव रहेकाले मनसुन राम्ररी फैलिसकेको छैन । मौसमविद् गङ्गा नगरकोटी हाल देशमा पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभाव कायम रहेको छ । त्यसले वाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश नं १ का केही भेगमा वर्षा जारी छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा पनि वर्षा भएको छ । आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।

देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । शुक्रबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने र धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको हुनेछ । सामान्यरूपमा विगत १० वर्षयता जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा बाहिरिन्थ्यो ।

यस वर्षदेखि मनसुन भित्रिने दिन जुन १३ अर्थात् आगामी आइतबार हो । अक्टोबर २ मा बाहिरिने छ । सरदर वर्षाको आँकडा विष्लेषण गरेर मनसुनको मिति तय गरिने भए पनि कहिलेकार्हीँ केही दिन ढिला र केही दिन चाँडो पनि मनसुन भित्रिने हुनसक्छ । प्राप्त विवरणअनुसार आज २१४ वटा वर्षा मापन केन्द्र (मानव सञ्चालित ८५ र स्वचालित १२९) मा मापन गरिएको गत २४ घण्टाको वर्षाको विवरणअनुसार १०८ केन्द्रमा वर्षा भएको छ । उक्त केन्द्रमध्ये सबैभन्दा बढी वर्षा डडेलधुरा केन्द्रमा ११२ मिलीमिटर भएको छ । रासस

(Visited 68 times, 1 visits today)
Loading comments...

आजको समाचार

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

साताका लोकप्रिय समाचार

यूरोकपः पोल्यान्ड पराजित, स्पेन र स्वीडेन बराबरी

लन्डन । युरोकप फुटबलअन्तर्गत गएराति सम्पन्न खेलमा स्लोभाकियासँग पोल्यान्ड पराजित भएको छ भने स्पेन र स्वीडेनले गोलरहित बराबरी खेले । समूह इ को खेलमा...

गण्डकीको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङको पनि दाबी

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पनि दाबीपत्र पेश गरेका छन् । राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनको पत्रसहित उनले फेरि मुख्यमन्त्रीमा...

पत्रकारहरुका लागि न्युरोडका यूवा व्यवसायीद्धारा खाद्यान्न सहयोग

  काठमाडौं । काठमाडौंको न्यूरोडमा व्यवसाय गर्दै आएका युवा व्यवसायीहरुले कोरोना महामारीका कारण अप्ठ्यारोमा परेका पत्रकारहरुलाई खाद्यान्न सहयोग गरेका छन् । युवा व्यवसायी रबी अग्रवाल, सागर...

२६०७ जनामा कोरोना संक्रमण पुष्टि, ३९ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा २६०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७११ जनामा भएको पीसीआर परीक्षणमा १७६८...

ट्रेन्डिङ

मलामीको नक्कली पास लिएर यात्रु ओसार्ने पक्राउ

काठमाडौं । चन्द्रागिरि नगरपालिका–२ पानीघाटस्थित सडकबाट मृत्यु संस्कारको लागि जारी सवारी पास दुरुपयोग गरी सवारी चलाउने बा.११ च ६३ नम्बरको स्कारपियो गाडीका चालक पक्राउ...

विश्वकै सुन्दर महिला सूचीमा मनिता

काठमाडौं । मिस नेपाल–२०१८ मनिता देवकोटा विश्वकै सबैभन्दा सुन्दर महिला सूचीमा छनोट भएकी छन् । उनी हाल अमेरिका बस्दै आएकी छन् । भारतीय टेलिभिजन जी...

भारतका गृह मन्त्री अमित शाह अस्पताल भर्ना

नयाँ दिल्ली । भारतका संघीय गृह मन्त्री अमित शाह नयाँ दिल्लीस्थित एम्स अस्पतालमा अस्पताल भर्ना भएका छन् । पूर्ण स्वास्थ्य परीक्षणका लागि उनलाई अस्पताल भर्ना...

धैर्यतापूर्वक कदम चालौं

सरकारले लामो समयदेखि लगाउँदै आएको लकडाउन खुकुलो गर्ने नीति जारी गर्नेबित्तिकै जनजीवन महामारीपूर्वको जस्तो खुला हुन थालेको छ । बजारमा हुने चहलपहल, पसलमा लाग्ने...

रेड पाण्डा तस्करीको जालो : एकजना पासो थापेर मार्ने, अर्काले बजार खोज्ने

सल्लेरी, सोलुखुम्बु । मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्र वफरजोनभित्र गैरकानुनी तरिकाले रेड पाण्डाको सिकार गरी ओसारपसार गर्ने ३ जना बृद्धालाई प्रहरीले पक्राउ गरेको छ...

मनपरी शुल्क लिने अस्पताललाई कारबाही हुन्छः उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही हुने बताएका छन् । आज सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा संचारकर्मीहरुसँग कुराकानी गर्दै...

मध्यरातिदेखि अन्तरराष्ट्रिय उडान बन्द, आन्तरिक यथावत्

काठमाडौँ । कोभिड–१९को विश्वव्यापी सङ्क्रमणलाई ध्यानमा राखी सरकारले आज मध्यरातिदेखि लागू हुनेगरी नौ दिनसम्म नेपाल भित्रिने सबै अन्तरराष्ट्रिय हवाई उडान बन्द गरेको छ ।...

भोजपुरमा कोरोनाबाट पहिलो पटक युवतीको मृत्यु

भोजपुर । कोरोना संक्रमणबाट भोजपुरमा पहिलो पटक एक युवतीको मृत्यु भएको छ । संक्रमणबाट षडानन्द नगरपालिका –८ तुङगेछाकी २४ बर्षीया युवतीको सोमबार मृत्यु भएको...

को होला वर्ष उत्कृष्ट खेलाडी ?

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पाँचौ पोखरा स्पार्टस् अवार्ड–२०७६/७७ को वर्ष उत्कृष्ट खेलाडी (पुरुष) विधामा ३ खेलाडी मनोयनमा परेका छन् । करातेका...

गृहमन्त्री थापाबाट अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापन सेमीनार समापन

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबार, काठमाडौंको आयोजनामा यही माघ २५ र २६ गते संचालित ‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध...

रुकुम पश्चिम कोरोना संक्रमणमुक्त

रुकुम पश्चिम । रुकुम पश्चिममा कोरोना भाइरस संक्रमितको संख्या शुन्यमा झरेको छ । जिल्ला अस्पतालको आइसोलेसनमा रहेका २ जना संक्रमित शुक्रबार डिस्चार्ज भएसँगै सबै...

आर्थिक समस्याले थलिएको वीपी प्रतिष्ठानमा सुधार अभियान जारी

इटहरी । कोरोनाको संक्रमणकालीन अवस्थाले आर्थिक समस्या भोगिरहेको धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमित तथा अन्य विरामीहरुको उपचारलाई थप सहज एवं प्रभावकरी...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)