Friday, June 18, 2021
Home Editor-Picks बंगाल खाडीबाट मनसुन छि-यो

बंगाल खाडीबाट मनसुन छि-यो

सविन शर्मा,

काठमाडौं । ‘मनसुनजन्य’ विपद् (मुख्यगरी बाढी पहिरो)बाट यसपटक १८ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । गत वर्ष औसतबराबर पानी पर्ने प्रक्षेपण हुँदा ठूलो मानवीय क्षति बेहोरेको नेपालसामु सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको मनसुन चुनौतीपूर्ण रहने मौसमविद्ले औंल्याएका छन् ।

‘बंगाल खाडीआसपास विकसित हुनेक्रममा रहेको न्यून चापीय क्षेत्रका कारण नेपालको पूर्वी भू–भागबाट एक–दुई दिनमा मनसुन आगमन हुने सम्भावना छ,’ मौसम महाशाखाले बिहीबार ‘विशेष बुलेटिन’ निकाल्दै भनेको छ ।

जल तथा मौसम विज्ञान विभागले यसअघि नै मुलुकमा सरदरभन्दा बढी पानी पर्ने आँकलन सार्वजनिक गरिसकेको छ । यो चेतावनीसँगै थप सावधानी र सचेत हुनुपर्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल बताउँछन् ।

‘मुख्यतः एक त बढी नै वर्षा हुने आँकलन छ, कोभिड महामारीले विगतभन्दा जोखिम छ, डढेलोले पहाड नांगो पारिसकेकाले जोखिम क्षेत्रबाहेकमा पनि थप पहिरो खस्ने सम्भावना छ,’ उनले भने, ‘गरिबी पनि बढेकाले मुलुक थप चुनौतीपूर्ण अवस्थामा गुज्रिएको छ, यसलाई केन्द्रित गरेर नै पूर्वतयारी र प्रतिकार्य योजना अघि बढाएका छौं ।’

विगतको तथ्यांक विश्लेषण आधारमा प्राधिकरणले यसपालि मनसुनमा १८ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरेको छ । प्राधिकरणका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट राजेन्द्र शर्माले बाढीबाट १७ लाख र पहिरोबाट १ लाख २० हजार प्रभावित हुने अनुमान गरिएको जानकारी दिए । गत वर्ष १५ लाख प्रभावित हुने अनुमान गरिएको थियो ।

सरदर मात्रै पानी पर्ने अनुमान गरिएको गत वर्ष मनसुनजन्य विपद्बाट झन्डै ४ सय मानिसको मृत्यु भएको थियो । १ हजार १ सयभन्दा बढी परिवार प्रत्यक्ष प्रभावित भएका थिए । यसपालि बढी पानी पर्ने पूर्वानुमानसँगै मनसुन पूर्वतयारी तथा प्रतिकार्ययोजना २०७८ तयार गरी स्थानीय तह, प्रदेश सरकार तथा सम्बद्ध संघसंस्थासँगको समन्वयमा विगतको अनुभवबाट सिकेर आवश्यक पूर्वतयारी थालिसकिएको छ ।

‘विगतका वर्षको अनुभव हेर्दा साउन–असोजमा बढी प्रभाव पारेको देखिएको छ,’ प्राधिकरण उपसचिव वेदनिधि खनाल भन्छन्, ‘बाढीपहिरोका दृष्टिले नेपालको सबै ठाउँ जोखिममा छन् । यसपटक विगतभन्दा झन्डै १२ गुणा बढी आगलागी भएकाले थप क्षति हुन सक्ने सम्भावना छ ।’

प्राधिकरणले पूर्वसूचना प्रणाली थप व्यवस्थित र भरपर्दो बनाउने, अस्थायी आश्रयस्थल तथा तत्काल राहतका लागि अहिलेदेखि नै व्यवस्थापन, ठाउँठाउँ पु¥याउने, घर भत्कियो भने तत्कालै बनाएर आवास व्यवस्थापन गर्नेगरी योजना बनाएको प्राधिकरण प्रमुख पोखरेलले जानकारी दिए ।

– मनसुनी वर्षाले १८ लाख प्रभावित हुन सक्ने
– आजदेखि नेपालमा प्रभाव पार्ने पूर्वानुमान

यसपटक प्रदेशको पनि कार्ययोजना बनाएर अघि बढाइएको छ भने केही ‘हटस्पट’ गाउँपालिकाको कार्ययोजना तयार पार्नेक्रममा रहेको प्राधिकरणले जनाएको छ । गत वर्षको विपद् क्षेत्रमा गएको हेलिकोप्टरले मौसम खराब हुँदा उद्धार र राहतका काम गर्न सकेको थिएन । सडकमार्ग हुँदै गएका उद्धार टोली पनि पहिरो र बाढीका कारण समयमै घटनास्थल पुग्न सकेको थिएन । त्यसलाई सिकाइकै रूपमा लिँदै विपद् जोखिम पूर्वतयारी तथा प्रतिकार्य योजना तयार पारिएको छ ।

प्राधिकरणका अनुसार जोखिम क्षेत्रको जानकारी मौसम सूचना प्रणालीमा समावेश गरिनेछ । आवश्यक तयारीका लागि सरकारबाट कानुनी संरचना निर्माण र ‘कसरी छिटो उद्धार गर्ने ?’ भन्नेर समितिसमेत बनाइसकिएको छ ।

पूर्वतयारीका लागि प्राधिकरणले समन्वयात्मक रूपमा भर्चुअल बैठकसमेत गरेको छ । बैठकमा भाग लिँदै विपद् पूर्वतयारी सञ्जाल नेपालका अध्यक्ष सूर्यबहादुर थापाले क्षति न्यूनीकरण नै पहिलो लक्ष्य हुनुपर्नेमा जोड दिएका छन् । सरदरभन्दा बढी पानी पर्ने आँकलन गरिएकाले यसपटकको मनसुनमा बढी नै तयारीमा लाग्नुपर्ने देखिँदा साझा प्रयास खाँचो उनले औंल्याए ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसमविद् विभूति पोखरेलले मनसुन सक्रिय नै हुने देखिएको जानकारी दिइन् । ‘प्रि–मनसुनमा जसरी वर्षा हुनुपर्ने थियो भएन, अहिले बंगाल खाडीमा न्यून चापीय क्षेत्र विकसित हुँदै छ,’ उनले भनिन्, ‘जसका कारण देशभर मनसुन सक्रिय हुने देखिएको छ ।’

विभागको बाढी पूर्वानुमान महाशाखा प्रमुख विक्रम श्रेष्ठले हरेक वर्ष बाढी ‘फोकस’ गरेर २४ घण्टै पूर्वसूचना दिने गरिएको बताए । केही साताअघि मनसुन आपतकालीन कार्ययोजना २०७८ जारी गरेर काम हुँदै आएको र दिनमा तीनपटक बाढी सूचना दिने गरिएको उनले जानकारी दिए ।

जलस्रोत तथा सिँचाइ विभागको नदी व्यवस्थापन शाखा प्रमुख विष्णुदेव यादवका अनुसार मुलुकका विभिन्न तटबन्ध र जोखिम क्षेत्रमा प्रभावकारी उपाय अपनाएर बाढी तथा डुबान जोखिम न्यूनीकरण गरिरहेको तथा आवश्यक तार जाली बोरा, भण्डारण तयारी थालिएको छ ।

सीमावर्ती क्षेत्र तटबन्ध र अरू संरचनाले पु¥याएको अवरोध सन्दर्भमा पनि भारतसँगको समन्वयमा निकास निकाल्ने काम सुरु भएको छ । वर्षा लागेपछि बाढीपहिरो तथा डुबानसँगै सर्पदर्शको डर तथा पानीजन्य रोग झाडापखाला, हैजा सम्भावना उत्तिकै प्रबल हुन्छ ।

त्यस्तै, विभागले विपद्बारे जानकारी दिन नौ जिल्लाका ३६ स्थानीय तहलाई कृत्रिम विपद् सिर्जना गरी व्यवस्थापन तालिम दिएको प्राधिकरण प्रवक्ता लीलाधर अधिकारीले जानकारी दिए । बाढीपहिरो मात्रै नभई भूकम्प पनि आउन सक्ने हुँदा स्थानीय तहमार्फत खुला स्थान पहिचान गरिसकेको उनले बताए । प्राधिकरणले निर्देशन दिए पनि धेरै स्थानीय तहसँग विपद् व्यवस्थापन नीति छैन । कुनै पनि प्रकारको प्राकृतिक विपद् आउँदा पहिला त्यसलाई प्रतिक्रिया जनाउने स्थानीय तह र त्यहाँका जनप्रतिनिधि नै हुन् ।

भूगर्भविद् डा. सुबोध ढकालका अनुसार बाढीपहिरो आउनुअगावै तत्काल गर्न सकिने काम थुप्रै छन् । ‘हामीकहाँ समस्या परेपछि मात्र ध्यान दिने चलन छ, मनसुन आएपछि मात्र सुरक्षा उपाय खोज्छौं,’ उनले भने, ‘यसले समस्या समाधान हुन सक्दैन ।’ उनका अनुसार गत वर्ष पहिरो गएका ठाउँ यसपालिका लागि पनि खतरा हुन सक्छ । ती ठाउँबाट बस्ती सार्नु उपयुक्त हुन्छ ।

त्यस्तै, समुदायमा ‘टास्क फोर्स’ बनाउने, जसले खोला, नदीनालामा परेको पानीको तथ्यांक राख्ने र त्यसलाई प्राधिकरणले एकखाले संरचना बनाई सहजीकरण गरिदियो भने बाढीपहिरो मापन गर्न सकिन्छ । नदी घुमेको ठाउँमा कटान बढी हुने भएकाले नदीमाथिको बस्ती जोखिममा पार्छ ।

(Visited 149 times, 1 visits today)
Loading comments...

आजको समाचार

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चमा दाबी आ–आफ्नै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले...

साताका लोकप्रिय समाचार

थप ३३८४ जनामा संक्रमण पुष्टि, ६१ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३८४ जनामा संक्रमण पुष्टि भएको छ । ८५०६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ३८२...

गोरखामा टेली चलचित्र कलाकारको राहत

काठमाडौं । आफूहरूले टेली चलचित्रबाट जम्मा गरेको केही रकमबाट कलाकारले न्यून आय भएका परिवारलाई खाद्यान्न सहयोग गरेका छन् । हास्यप्रधान दुई टेलिसिरियल ‘हल्का रमाइलो’...

चलेन मेसीको जाँदु

रियो दि जेनेरियो । ब्राजिलमा जारी कोपा अमेरिका फूटबलमा अर्जेन्टिना र चिलीले बराबरी खेलेका छन् । समूह ए को आफ्नो पहिलो खेलमा अर्जेन्टिना चिली...

नारायणी नदी इतिहासकै उच्च विन्दुमा

भरतपुर । नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ । नदीको सतह गए राति १०ः५० बजे १० दशमलव ४६ मिटर पुगेको हो ।...

महिला भलिबल टोलीको प्रशिक्षण सुरु

काठमाडौं । आगामी भदौमा फिलिपिन्समा आयोजना हुने एसियन भलिबल च्याम्पियनसिपका लागि नेपाली महिला राष्ट्रिय टोलीको मंगलबारदेखि प्रशिक्षण सुरु गरेको छ । टोलीले त्रिपुरेश्वरस्थित राष्ट्रिय...

ट्रेन्डिङ

हाेटलमा युवककाे शब भेटियाे, संगै बसेका दुइजना पक्राउ

काठमाडाैं ।  काठमाडौंको नयाँ बसपार्क क्षेत्र मित्रनगर एकजना युवकको शव फेला परेको छ । शनिबार राति १० बजे स्याङ्जाका नारायणबहादुर घर्ती क्षेत्रीको हाेटलमा शव फेला...

कोरोना परीक्षण निःशुल्कबारे सरकारले दियो पुनरावलोकन निवेदन

काठमाडौं । सरकारले कोरोना संक्रमण परीक्षण निःशुल्क गर्न भनी दिएको आदेश पुनरावलोकनको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

उद्यमी व्यवसायीको सुझाव : मेसिनरी र स्थिर पुँजीलाई धितो मानी सहुलियत कर्जा दिन माग

काठमाडौं । उद्यमी व्यवसायीले आगामी आर्थिक वर्षको बजेटमा मेसिनरीलगायत स्थिर पुँजीलाई पनि धितो मानी सहुलियत परियोजना कर्जा दिने व्यवस्थाको माग गरेका छन् । उद्यमी...

बेलझुण्डीमा कोरोना संक्रमितको संख्या १७

तुलसीपुर । कोरोना विशेष अस्पताल बेलझुण्डीबाट कोरोना संक्रमित १६ जनाको स्वाब परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाइएको छ । कोरोना हस्पिटलमा आएको...

अभिनेता नवाजुद्दिनसँग पत्नीले डिभोर्स मागिन्

मुम्बई ।बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकीको परिवारमा समस्या आएको छ । भारतमा लकडाउन चलिरहेका बेला यी अभिनेता अहिले आफ्नो गृहनगर मुजफ्फरनगरमा क्यारेन्टाइनमा छन् । उनी...

कोरोना भाइरसले विश्वभर १ सय १७ नेपालीको मृत्यु, १२ हजार ८ सय ११ मा संक्रमण

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणले हिजो शनिवार साँझसम्म मृत्यु हुने नेपालीहरुको संख्या १ सय १७ पुगेको छ । गैरआवासीय...

यी हुन् २०९२ सालसम्मका प्रधानन्यायधिस

निराजन पौडेल, काठमाडौं । सर्वोच्च अदालतमा आगामी १५ वर्षपछिसम्म बन्ने प्रधानन्यायाधीशको नाम सिफारिस गरिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाको अध्यक्षतामा बसेको न्याय परिषद् बैठकले...

नवनियुक्त ३ मन्त्रीले लिए सपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीन मन्त्रीले नेपालको संविधानको धारा ८० बमोजिम पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन, शीतल निवासमा बिहीबार...

कोरोना संक्रमण नियन्त्रबारे जनस्वास्थ्य विज्ञसंग प्रधानमन्त्रीको छलफल

काठमाडौं । कोरोना संक्रमितको संख्या दिन दिनै बढ्दै गएपछि सरकारले नियन्त्रणका लागि नयाँ उपाय खोजी सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार...

अस्पतालमा ठाउँ नभएपछि खुल्ला आकाशमुनि काेराेना संक्रमितकाे उपचार

धनगढी । धनगढीस्थित सेती प्रादेशि अस्पतालमा कोरोनाबाट संक्रमित भएकाको संख्या दिन प्रतिदिन बढ्न थालेपछि अस्पतालमा उपचार गर्न ठाउँको अभाव भएको छ । यो अस्पतालको आकस्मिक...

सर्वोच्चको फैसला पर्खाइ

ताजा जनादेशका लागि प्रम ओलीद्वारा संसद् विघटन भएसँगै संसद् पुनस्र्थापना गर्न सर्वोच्चमा दिइएको रिट निवेदनउपरको सुनुवाइ सकिएको छ । शुक्रबार एमिकस क्युरीका तर्फबाट बहस...

प्रदेश १ का ९ जिल्लामा १६० जनामा कोरोना संक्रमण

धनकुटा । शनिवार संखुवासभामा कोरोना संक्रमित भेटिएसँगै प्रदेश नं.१ मा कोरोना संक्रमण फैलिएका जिल्लाको संख्या ९ पुगेको छ । बिराटनगर स्थित कोशी अस्पतालको प्रयोगशालामा...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)