Friday, June 18, 2021
Home प्रदेश प्रदेश ३ एमाले महाधिवेशन आयोजक समितिलाई मान्यता दिन अस्वीकार

एमाले महाधिवेशन आयोजक समितिलाई मान्यता दिन अस्वीकार

राजधानी समाचारदाता,

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई केन्द्रीय कमिटीलाई मान्यता दिन अस्वीकार गरेको छ । कर्णाली प्रदेशको एमालेका चार सांसदलाई कर्णाली प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने निर्णयविरुद्धको रिटमा सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले सो आदेश गरेको हो ।

कर्णाली प्रदेशमा माओवादीबाट मुख्यमन्त्री भएका महेन्द्रबहादुर शाहीलाई पार्टीको ह्वीप विपरीत फ्लोर क्रस गर्दै एमाले सांसद प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले विश्वासको मत दिएका थिए । पार्टीले स्पष्टीकरण सोध्दै आफूहरूलाई गैरकानुनी रूपमा पदमुक्त गरेको भन्दै पुनर्बहालीका लागि दिएको रिटमा अदालतले महाधिवेशन आयोजक समितिले कारबाही गर्न नसक्ने आदेश दिएको हो ।

न्यायाधीश राउतको एकल इजलासले एमालेको १०औं राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई केन्द्रीय कमिटीको रूपमा वैधानिकता दिन अस्वीकार गरेसँगै एमालेको १०औं महाधिवेशन आयोजक कमिटीले गरेका कुनै पनि कारबाहीले मान्यता नपाउने भएका छन् ।

उनीहरूलाई केद्रीय कमिटीबाट नभई १०औं महाधिवेशन आयोजक कमिटीबाट निष्कासन गरिएको उल्लेख गर्दै सर्वोच्चको आदेशमा भनिएको छ, ’निवेदकहरूलाई कर्णाली प्रदेश सभा सदस्य र कर्णाली संसदीय दलको सदस्यबाट हटाउने तथा निष्कासन गर्ने कार्य नेकपा एमालेबाट नभई नेकपा एमाले १०औं राष्ट्रिय महाधिवशेन आयोजक कमिटीबाट भएको भन्ने देखिन्छ । निवेदकहरू आबद्ध राजनीतिक दल नेकपा एमाले रहेको देखिन्छ ।’

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (२) मा केन्द्रीय समितिले दलबाट निष्कासन गर्ने व्यवस्था रहेको सर्वोच्चको आदेशमा उल्लेख छ । सर्वोच्चको २३ फागुनको फैसलाअनुसार पुनःस्थापित एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत २८ फागुनमा माओवादीबाट आएका रामबहादुर थापासहितका नेतालाई राखेर महाधिवेशन आयोजक समिति बनाएका थिए । यसअघिको नवौँ महाधिवेशन समितिबाट निर्वाचित कमिटीलाई भंग गर्ने निर्णय भएको थियो ।

(Visited 139 times, 1 visits today)
Loading comments...

आजको समाचार

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रारम्भ

काठमाडौं । विगतको वर्ष कोरोनाको महामारीका कारण गत वर्ष आयोजना नसकेको नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२१ बिहीबारबाट सुरु भएको छ । यो महोत्सव आइतबारसम्म...

राष्ट्रिय संगीतकर्मी संघद्वारा निशालाई आर्थिक सहयोग

काठमाडौं । कलाकार तथा मोडल निशा घिमिरेलाई सहयोग मिल्ने क्रम जारी छ । उनी सदस्य रहेको राष्ट्रिय संगीतकर्मी संघ नेपालले निशालाई सहयोग कार्य सुरु...

साताका लोकप्रिय समाचार

बाजुराको एक सय भन्दा बढि गाउँ बाढी पहिरोको उच्च जोखिममा

बाजुरा । लगातारको बर्षाले बाजुरा जिल्लामा १ सय भन्दा बढी गाउँ बाढि पहिरोको उच्च जोखिममा रहेको छ । जिल्ला प्रशासन कार्यलय बाजुराका अनुसार ९...

अन्तिम खेलमा अष्ट्रेलियासँग नेपाल पराजित

काठमाडौं । विश्वकप फुटबल एवं एसियन कप फुटबलको छनौट चरणको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग ३–० ले पराजित भएको छ । कुवेतको कुवेत सिटीमा गएराति...

प्रधानमन्त्री कार्यालयको लगातार समन्वय

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सकारका विभिन्न निकायको सक्रियतासँगै कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि विभिन्न देशहरूबाट सहयोग आउने क्रम जारी...

वर्षायामसँगै कैलालीका नदीमा डल्फिन देखिन थाले

  धनगढी । वर्षायाम सुरू भएसँगै कैलालीका नदीमा डल्फिन देखिन थालेका छन् । विश्वमै दुर्लभ गङ्गेटिक प्रजातिको डल्फिन कैलालीका नदीमा देखिन्छन् । नदीमा पानीको सतह...

ट्रेन्डिङ

आमिरले लद्दाखमा छायांकन गर्न मानेनन्

मुम्बई । अभिनेता आमिर खानले अहिलेको अवस्था लद्दाखमा आफूले छायांकन गर्न नसक्ने बताएका छन् । निर्माण पक्षले लद्दाकमा राखेको आफ्नो फिल्म ‘लाल सिंह चड्डा’को...

गृहमन्त्री थापाको कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापासहित उनका सुरक्षा र राजनीतिक सल्लाहकारको कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कोभिड–१९ सङक्रमित प्रदेश २ का आन्तरिक मामिलामन्त्री...

सल्यानमा जिप पल्टिदा तीनजनाको मृत्यु

दाङ ।  सल्यानमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिप चालक रोल्पा गंगादेव गाउँपालिका–७ निवासी ३५ वर्षीय भिम बहादुर वली,...

कोरोना जोखिम नियन्त्रण समितिद्वारा काम शुरु

हेटौँडा । वाग्मती प्रदेश सरकारले गठन गरेको प्रदेशस्तरीय कोभिड—१९ को जोखिम नियन्त्रण समितिले सचिवालय स्थापना गरेर काम शुरु गरेको...

४४ दिनपछि बीरगञ्ज खुल्यो, जोरविजोर प्रणाली लागु

वीरगन्ज । लकडाउनपछि बन्द पर्साका सबै प्रकारका व्यापारिक फर्महरु ४४ दिन पनि जोर विजोर प्रणालीमा खुलेका छन् । संकट व्यवस्थापन केन्द्र पर्साको पछिल्लो निर्णय...

चीनबाट ल्याइएका १७५ नेपाली कोरोनामुक्त, आज घर पठाउने तयारी

काठमाडौं । चीनको वुहानबाट उद्दार गरेर खरिपाटीको क्वारेन्टाइनमा राखिएका १७५ जना नेपालीमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । सोमबार आएको कोरोना परीक्षणको नतिजामा कसैमा...

भीरकोट नगरपालिकामा पर्यटन र कृषिलाई प्रथामिकता

स्याङ्जा । भीरकोट नगरपालिकाले छैटौ नगरसभाले कृषि र पर्यटनको सम्भावनामा जोड दिएको छ । आर्थिक बर्ष २०७७-०७८ का लागि सार्वजनिक गरिएको बजेटमा समग्र भीरकोट...

तोडिनैपर्छ माफिया र बिचौलियाको जालो

संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास हुनेक्रममा अहिले एकाएक राजनीतिले नयाँ मोड लिन पुगेको छ । सत्तारूढ दल नेकपामा देखिएको आन्तरिक झगडा र किचलोका कारण...

नबिल बैंकले विना धितो १ लाख ऋण मोबाइलबाटै दिने

बागलुङ । नबिल बैकले नेपालमै पहिलो पटक फोनबाट लोन लिने सुविधा सुरु गरेको छ । डिजिटल बैंकिङ प्रणालीमा प्राथमिकता दिएकोे नबिलले तलबी खाता बाहेक...

बिल क्लिन्टन र माेनिका लेविन्स्किकाे गाेप्य संवाद रेकर्ड गर्ने लिन्डाकाे निधन

वासिङ्टन । अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन र ह्वाइट हाउसकी इन्टर्न मोनिका लेविन्स्कीबीचको संवाद गोप्य रुपमा रेकर्ड गरेर चर्चामा आएकी लिन्डा ट्रिपको ७०...

तरकारी बोकेको गाडीमा लुकेर घर जान खोज्नेहरु क्वारेन्टाइनमा

सप्तरी, राजविराज । तरकारी बोक्ने गाडीमा यात्रुलाई ओसारेपछि सप्तरी प्रहरीले उक्त गाडी नियन्त्रणमा लिदै त्यसमा सवार १४ भारतिय सहित २५ जनालाई क्वारेन्टाईनमा पठाएको छ...

राजधानीकर्मी अधिकारी सम्मानित

बर्दिया । बर्दियाका राजधानी सहकर्मी सुदीप अधिकारी सम्मानित भएका छन् । ठाकुरबाबा नगरपालिका १ भुरिगाउँको हाम्रो मध्यवर्ती राधाकृष्ण बचत तथा ऋण सहकारी संस्थाले आफनो...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)