काठमाडौं । संसद सचिवालयले संसद भवन नया वानेश्वरमा सांसदहरुको स्वास्थ्य परिक्षण गर्ने भएको छ । कोरोना भाइरसवाट सचेत गराउन सांसदहरुको स्वास्थ्य परिक्षण सुरु गर्न लागेको संसद सचिवालयले जनाएको छ ।
बुधवारदेखी सांसदहरुको स्वास्थ्य परिक्षण सुरु गरिने संसद सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए । स्वास्थ्य परिक्षणपछि स्वास्थ्यमा कुनै समस्या देखिए सांसदहरुलाई तत्कालै अस्पताल लैजान एम्बुलेन्सको समेत व्यवस्था सचिवालयले गरेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 522 times, 1 visits today)






