किन गिजोलियो सविता भण्डारी ‘हत्या’ प्रकरण

 

काठमाडौं । दुई साताअघि मृत भेटिएकी सविता भण्डारीको हत्या भएको भन्दै माइती पक्षले प्रहरीमा किटानी जाहेरी दिए । २८ वर्षिया सविताको मृत्यु सम्बन्धी मुद्दा अदालतमा बिचाराधीन छ । तर, यो घटनासँग सम्वन्धित थरिथरि बयान यूट्यूवमा भाइरल भएपछि घटना थप रहस्यमय बन्दै गएको छ । सवितासंग जोडिएका कतिपय संवेदनशील अडियो–भिडियो समेत युट्युब मार्फत सार्वजनिक हुन थालेपछि प्रहरी थप अन्यौलमा परेको छ । यता सविताका माइती पक्षले भने प्रहरीले एकपक्षिय निर्णय गर्दै घटनामा संलग्न अभियुक्तलाई जोगाउन खोजेको आरोप लगाएका छन् ।

दाइजो नल्याएको भन्दै थर्काउथे

सात वर्षअघि वैशाख ३ गते चितवनका योगेन्द्रकुमार धिताल सविताको मागी विवाह भएको थियो । घरमा श्रीमान, ससुरा, सासु र एक पाँच वर्षीय छोरा छन् । गत वैशाख ४ गते सविता आफ्नै कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । परिवार र छरछिमेकीले उनलाई चितवन मेडिकल कलेजमा पु¥याएका थिए । अस्पताल लैजाँदासम्म उनी जीवित रहेको बताइएको छ । अस्पतालले उनलाई मृत घोषणा ग-यो ।

माइती पक्षका अनुसार लामो समयदेखि सविता पारिवारिक तनावमा थिइन् । विवाहमा दाइजो नल्याएको भन्दै सासु र नन्दले उनलाई यातना दिने गरेको बहिनी सजनीको आरोप छ । निरन्तर यातना दिएपछि सवितालाई परिवारका सदस्यले जबर्जस्ती मानसिक औषधि खुवाउने गरेको समेत सजनाको भनाई छ ।

श्रीमान योगेन्द्रले भने आफ्नी श्रीमतीमा मानसिक समस्या देखिएको र चिकित्सकको परामर्शमा औषधि सेवन गराएको दावी गर्छन् ।

सविताकाे त्याे अडियाे

सजनीले सार्वजनिक गरेको एउटा अडियो सुन्दा सविता अत्यन्तै विक्षिप्त अवस्थामा पुगेको अभाष हुन्छ । उनले रुँदै बहिनीसँग भनेकी छन्, ‘म एकदमै कमजोर भइसकेँ । अब म सक्दिनँ कान्छी । मसँग बोल्ने आँट पनि छैन । म एकदम निराश भइसकेँ । धेरै बलियो हुन खोजेँ तर, भित्रबाट नै कमजार भइसकेँ । म दिनदिनै यो पीडा सहन सक्दिनँ ।’
प्रहरीको प्रारम्भिक अनुसन्धानले आत्मह त्या ठह-याएको थियो । तर, माइती पक्ष प्रहरीको भनाई मान्न सहमत छैनन् । मृतकको पोस्टमार्टम रिपोर्टमा मृत्यूको कारण झुण्डिएको) भनिएको छ । जिल्ला प्रहरी कार्यालयक चितवनका प्रहरी नायव उपरिक्षक (डीएसपी) सुर्य बहादुर थापाले घटनाको वस्तुस्थितिले हत्या नदेखिएको बताए ।

माइती पक्षका भनाई अनुसार सविताका श्रीमान दिनहु मदिरा सेवन गर्थे र सवितालाई आक्रमण गर्थे । ७५ वर्षका ससुराले समेत सवितालाई यौन दुव्र्यवहार गर्ने गरेको आरोप लागेको छ । माइती पक्षको किटानी जाहेरीका आधारमा प्रहरीले सविताका श्रीमान योगेन्द्रकुमार धिताल, ससुरा रमेशकुमार धिताल र आमाजु भावना ढकाललाई पक्राउ गरेको थियो । उनीहरु सबै धरौटीमा छुटेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 495 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजाबादी आन्दोलनमा २ को मृत्यु २ घाइतेको अवस्था चिन्ताजनक

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
४४ संस्थाका १० हजार पर्यवेक्षकलाई अनुगमन अनुमति