सुर्खेतमा जीप दुर्घटना, ३ जनाको मृत्यु, ४ घाइते

दैलेख । दैलेखबाट सुर्खेततिर जाँदै गरेकाे जीप सुर्खेतको राउटे गल्छीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । रातानाङला –धरमपोखरा सडकखण्डको विरेन्द्रनगरनगरपालिका १५ राउटे गल्छीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दुई जनाको घटनास्थलमा एकजनाको उपचारको लागि सुर्खेत जाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले दैलेखले जनाएको छ । घाइतेको उपचारको लागि सुर्खेत पु-याई उपचार भइरहेको छ । मृत्यु हुनेमा दुईजना पुरुष र एक जना महिला हुन् ।

मृत्यु हुनेमा चिङ्गाड गाउँपालिका –६ बस्ने अन्दाजी ५५ वर्षीय देवबहादुर खड्का, वीरेन्द्र नगरनगरपालिका–१५ का अन्दाजी ४५ वर्षीय खड्ग बहादुर बुढाथोकी र उनकी श्रीमती अन्दाजी ४० वर्षीया गोमा बुढाथोकी रहेका छन् । दुर्घटनामा परी चार जना घाइते भएका छन् । कर्णाली प्रदेश ०२–००१ ज ००७ नम्बरको जीप अनियन्त्रित भई सडकबाट चारसय मिटर तल खसेको केसीले बताए । जीपमा सात जना सवार थिए ।

तपाइको प्रतिक्रिया
(Visited 205 times, 1 visits today)

epaper

ताजा समाचार

सरकारले आज ३ ठाउँको सुकुम्बासी हटाउँदै