बंगालको खाडीबाट मनसुनी हावा प्रवेश गरेपछि लगातार वर्षा हुँदा बाढी तथा पहिरोले क्षति पु¥याउँदै गइरहेको छ । यसअघिको अबर सागर र बंगालको खाडीबाट आएको चक्रवाती वर्षाले अहिलेको मनसुनी वर्षा निकै बढी हुन सक्ने संकेत दिइसकेको थियो । तर, पनि प्राकृति विपद् रोक्न सकिनेगरी व्यवस्थापन गर्न कठिन हुन्छ । तर, पनि सकिने जति र सम्भव भए जति प्रयास र अग्रिम व्यवस्थापन भने गर्न सकिने हुन्छ । लगातार चार दिने अविरल वर्षाले देशका विभिन ठाउँमा क्षति पु¥याइसकेको छ । पूर्वनेपालको सिन्धुपाल्चोकमा सात जना मानिस बाढीबाट हराइसकेका छन् भने पश्चिम लमजुङमा ११ घर बाढीपहिरोले बगाएर ठूलो जनधनको क्षति पु-याएको छ । त्यसैगरी, हिमाल पारिका जिल्ला मनान र मुस्ताङ पनि प्रभावित भएका छन् । यो वर्षा सात दिनसम्म लगातार भइरहने अनुमान गरिएकाले यसले अझ बढी कति क्षति पु¥याउने हो अनुमान गर्न गाह्रो छ ।
अघिल्ला वर्षहरूमा सिन्धुपाल्चोक निकै प्रभावित हुने जिल्लामा पर्दै आएको छ । यस वर्ष पनि सिन्धुपाल्चोक र यसका ’roundका जिल्ला प्रभावित हुने देखिएको छ । २०७२ सालको भूकम्पपछि सिन्धुपाल्चोकलगायत ’roundका जिल्लाको भू–बनोट निकै जोखिममा छन् । यस वर्षको हिउँदमा वर्षा नभएका कारण पनि मनसुनी वर्षाले ठूलो क्षति पु¥याउने आशंका गरिएको छ । देशैभर जोखिमका क्षेत्र धेरै छन् । हाल जनधनको क्षति भइरहेका जिल्लामा तुरुन्त राहत पु¥याउने, जोखिम वस्तीको अस्थायी बसोबास मिलाउने तथा सम्भावित जोखिमयुक्त क्षेत्रको अध्ययन, भ्रमण गरी जोखिम न्यूनीकरणका लागि प्रयास गर्नु जरुरी हुन गएको छ । जोखिम निम्तिसकेपछि त्यसको व्यवस्थापन गर्न लागिपर्नुभन्दा जोखिमपूर्व नै बस्ती अस्थायी रूपमा स्तानान्तरण गर्नु नै बढी फलदायी हुनेछ । नेपालको भू–बनोट उत्तर दक्षिण वहाव भएको, उत्तरमा पहाड र दक्षिणमा समथर भएका कारण बाढी र पहिरोले एकैपटक दुईवटा जोखिम निम्त्याउने गरेकोे छ । वर्षातको समय पहाडी क्षेत्रमा बाढी तथा पहिरोले क्षति पु-याउँदै गर्दा तराईमा डुबानको समस्या निम्तन पुग्छ । बाढी पहिरोसँगै जोडिएर तराईमा आउने डुबानको समस्या हल गर्न पनि अहिलेलाई पहल लिनु जरुरी हुन्छ । यसका लागि सतर्कताका साथै आवश्यक सामग्री र जनशक्तिको जोहो समयमै गर्नु जरुरी हुन्छ ।
तत्कालका लागि बाढीपहिरोबाट हराएकाको खोजी र पीडित परिवारलाई राहातको व्यवस्था गर्नुपर्छ । जोखिम बस्तीहरू सुरक्षित स्थानमा अस्थायी रूपमा सार्नुपर्छ र पीडितलाई सेवा सुविधा प्रदान गर्न तत्काल आवश्यक सामग्रीको व्यवस्थापन गरिनुपर्छ । मनसुन लम्बिने संकेत देखाएको छ । त्यसलाई ख्याल गरी देशभरका बाढी, पहिरो र डुबानबाट सम्भावित बढी जोखिमयुक्त क्षेत्रका लागि बजेट तथा जनशक्तिहरूको समयकै व्यवस्थापन गरिनुपर्छ ।





