Sunday, August 1, 2021
Homeप्रदेशप्रदेश ३महाधिवेशन कार्यतालिका फेरि संशोधन

महाधिवेशन कार्यतालिका फेरि संशोधन

महेश्वर गौतम,
sharethis

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले निर्धारण गरेको केन्द्रीय महाधिवेशनको मितिलाई यथावत् राख्दै तल्ला तहका अधिवेशनको मिति हेरफेर गरेको हो ।

संसोधित कार्यतालिकाअनुसार १२ साउनमा वडा अधिवेशन तोकिएको छ । यस्तै १६ साउनमा गाउँ र नगर समितिको अधिवेशन, २० साउनमा प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन, २३ साउनमा संघीय निर्वाचन क्षेत्रको अधिवेशन, २६ साउनमा एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन तोकिएको छ ।

यसैगरी प्रदेश समितिको अधिवेशन १ र २ भदौका लागि तोकिएको छ । कांग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महतले कार्यतालिकाबारे अझै छलफल जारी रहेको र शुक्रबार बस्ने बैठकले अन्तिम रूप दिने जानकारी दिए । ‘बैठक शुक्रबार पनि बस्छ, त्यसपछि कार्यतालिकाको अन्तिम टुंगो लाग्छ,’ कांग्रेस सहमहामन्त्री महतले राजधानीसँग भने ।

कांग्रेस केन्द्रीय सदस्य प्रदिप पौडेलले केन्द्रीय समिति बैठकले वडा तहदेखि नै कार्यतालिका संशोधन गरेको जानकारी दिए । ‘पहिले वडा तहको अधिवेश ६ साउनका लागि तय थियो, अब १२ साउनबाट तल्ला तहका अधिवेशन सुरु हुन्छ, केन्द्रीय महाधिवेशन पदाधिकारी बैठकले तय गरेकै मितिमा हुने गरी कार्यतालिका अनुमोदन गरिएको छ,’ नेता पौडेलले भने ।

नयाँ कार्यतालिकाअनुसार कांग्रेसको केन्द्रीय महाधिवेशन १६ देखि १९ भदौसम्म हुनेछ । यसअघि पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले भने ६ साउनमा वडा तहको अधिवेशन तय गरेको थियो । सो मितिलाई केन्द्रीय समिति बैठकले ६ दिन पर सारेको हो ।

यस्तै नयाँ कार्यतालिकाअनुसार सदस्यता छानबिन समितिले २० असारभित्र सदस्यताको सूची केन्द्रीय समितिमा बुझाइसक्नुपर्ने छ । यसरी आएको सदस्यताको विवरणलाई सभापतिले हस्ताक्षर गरेर २४ असारमा निर्वाचन समितिलाई दिनुपर्ने छ । कांग्रेसले अझैसम्म पनि महाधिवेशनका लागि महत्वपूर्ण मानिने क्रियाशील सदस्यताको टुंगो लगाइसकेको छैन । आगामी महाधिवेशनसम्म क्रियाशील सदस्य १० लाख पु¥याउने कांग्रेसको लक्ष्य छ ।

हालसम्म कांग्रेसले ८ लाख ३ हजार ३ सय १७ क्रियाशील सदस्यता वितरण गरेको जनाएको छ । यसैगरी विदेशस्थित जनसम्पर्क समितिबाट २० हजार क्रियाशील सदस्यता वितरण भएको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यसैगरी केही जिल्लाले अझै पनि सदस्यताको विवरण पठाएका छैनन् । सिन्धुपाल्चोक, बारा र सिराहाबाट सदस्यतासम्बन्धी विवरण पार्टीले बनाएको अनलाइन प्रणालीमा आउन बाँकी छ ।

यस्तै अन्य केही जिल्लाले पनि पूर्ण विवरण गर्न पठाइसकेका छैनन् । कांग्रेस पार्टी कार्यालयका सचिव केसीले ७ असारसम्म विवरण प्रणालीमा पठाइसक्न निर्देशन भइसकेको जानकारी दिए ।

(Visited 102 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्रभुराम शर्मा कामु प्रधानसेनापति नियुक्त

  काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गरेकी छन् । सैनिक ऐन, २०६३को दफा ८ को उपदफा (३) अनुसार...

खाेप लगाउन हिँडेकाहरू चढेकाे डुङ्गा पल्टिँयाे, एकको मृत्यु, तीन बेपत्ता

कर्णाली ।  कर्णाली नदीमा डुङ्गा पल्टिँदा तीन जना बेपत्ता भएका छन् भने एकको मृत्यु भएको छ । कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित...

संक्रमित बढेसंगै सतर्कता जरुरी

बढ्दो संक्रमण, घट्दो सतर्कताका कारण कोरोनाका सक्रिय संक्रमितको संख्या अहिले एक महिनाकै उच्च हुँदा जनतामा एकखाले आतंक छाएको छ । जनतामा अब कोरोना महामारी...

दार्चुला घटनामा भारत सरकारलाई ध्यानाकर्षण खोइ ?

काठमाडौं । भारतीय सीमा सुरक्षा बलले तुइन काट्दा शुक्रबार दार्चुलाका युवा जहसिंह धामी महाकाली नदीमा बेपत्ता भए । सो घटनाको विषयमा सरकारले अझै आफ्नो...

सिन्धुपाल्चोकमा पुनः बाढी, चनौटे बजारबाटै बग्न थाल्यो नदी (फाेटाेफिचर)

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा गएराति पुनः बाढी आएको छ । बेलुका आएको बाढीले चनौटेमा रहेको रातो पुल उच्च जोखिममा परेको छ । त्यस्तै ग्यालथुममा...

साताका लोकप्रिय समाचार

सांसदका एकै स्वरः नागरिकता विधेयक छिट्टै पारित होस्

काठमाडौं । प्रतिनिधिसभा सांसदले नागरिकता विधेयक छिटोभन्दा छिटो पारित गर्न माग गरेका छन् । प्रतिनिधिसभा शून्य र विशेष समयमा उनीहरूले नागरिकता ऐन २०६३ संशोधन...

चुस्त र प्रभावकारी मन्त्रिमण्डलको खाँचो

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेसँगै मन्त्री माग्नेहरूको थेगिनसक्नु भीड लागिरहेको छ । आफैंमा उदार स्वभावका प्रम देउवा र विभिन्न पार्टीहरूको जोडबलमा बनेको...

पूर्वसभामुख महराले पाए सफाई

  काठमाडाैं । पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य कृष्णबहादुर महराले जबर्जस्ती करणी मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएका छन् । न्यायाधीश माधवप्रसाद पोखरेल...

नेपाल पक्ष सरकारमा सहभागी नहुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा सहभागी नहुने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण...

जसपा आधिकारिकता विवादको टुंगो आज

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) आधिकारिताबारे निर्वाचन आयोगले आज (सोमबार) निर्णय गर्दै छ । आयोगको निर्णय आउन निश्चित भएसँगै जसपा अध्यक्षद्वय उपेन्द्र यादव...

ट्रेन्डिङ

पाँच लाख क्षतिपुर्ति पाउने भएपछि बालकको शब उठ्यो

बैतडी । खाल्डोमा डुबेर मृत्यु भएका २ बालकका परिवारलाई क्षतिपुर्ति दिने सहमति भएपछि आफन्तले शब बुझेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका २ देहीमाण्डौंका १४...

‘जवान’ मिर्गाैलासँग गति मिलाउँदै प्रधानमन्त्री

काठमाडौं । ‘जवान’ मिर्गाैलासँग गति मिलाउँदै प्रधानमन्त्री “साधारणतया म सुत्न त चार घण्टा मात्रै सुत्छु तर शरीरमा जवान मिर्गाैला भएकाले उसको गति छिटो छ,...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)