Sunday, August 1, 2021
Homeअर्थअब निर्माण क्षेत्र र उद्योग खुला

अब निर्माण क्षेत्र र उद्योग खुला

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण क्षेत्र र उद्योग खुला गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकले यो सातासम्म जारी लकडाउनपछि केही खुकुलो बनाउन लागेको हो । एक सातासम्मको संक्रमणको स्थिति विश्लेषण गरेर निर्माण क्षेत्र र उद्योग खुला गरेर जानेमा सरकार पुगेको छ ।

समितिको बैठकले अधिक संख्यामा नेपाली श्रमिक रहेका टर्की, कतार, साउदी अरेबिया, यूएई, जापान र मलेसियाजस्ता देशमा हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटल क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

बैठकले गैरआवासीय नेपालीहरूबाट पठाइन लागेको अक्सिजन सिलिन्डर ल्याउन हवाई ढुवानी भाडा सरकारले उपलब्ध गराउने समेत निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणका लागि ४० लाख डोज खोप ल्याउन गृहकार्य भइरहेको जानकारी गराएका थिए । प्रधानमन्त्री ओलीले सबै मन्त्रालय र निकायलाई समन्वयात्मक ढंगले काम गर्न पनि निर्देशन दिएका छन् ।
सरकारले यसअघि जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई ७ असारसम्म बढाउने निर्णय गरेको छ ।

यसअघि खाद्यान्न पसलहरूसमेत बन्द गर्ने निर्णय भएकोमा अहिले भने हाल बिहान ११ बजेसम्म पाउनेछन् भने अनलाइन डोम डेलिभरी सेवा पनि सञ्चालन गर्न पाइनेछ । यस्तै, प्रशासनले पुस्तक पसल पनि खोल्न दिने निर्णय गरेको छ । पुस्तक पसलहरू पनि बिहान ११ बजेसम्म मात्रै खोल्न पाइनेछन् । यसका साथै अपराह्न ४ बजेपछि हार्डवेयर पसल पनि खोल्न दिने निर्णय भएको छ ।

यस्तै, राति ९ बजेदेखि बिहान ५ बजेसम्म निर्माण सामग्री ढुवानीसमेत गर्न पाइने भएको छ ।

(Visited 191 times, 1 visits today)
Loading comments...

आजको समाचार

सिन्धुपाल्चोकमा पुनः बाढी, चनौटे बजारबाटै बग्न थाल्यो नदी (फाेटाेफिचर)

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा गएराति पुनः बाढी आएको छ । बेलुका आएको बाढीले चनौटेमा रहेको रातो पुल उच्च जोखिममा परेको छ । त्यस्तै ग्यालथुममा...

अब संसद् सचिवालयको कारोवार राष्ट्रिय वाणिज्य बैंकमार्फत

काठमाडौं । संघीय संसद् सचिवालयको सम्पूर्ण कारोवार पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत प्रारम्भ गरिएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ...

दार्चुला घटना : भारतीय पक्षद्वारा एसएसबीको संलग्नता अस्वीकार

  धनगढी । दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटमा शुक्रबार तुइनबाट खसेर नेपाली युवक जयसिंह धामी बेपत्ता भएको विषयमा एसएसबीको संलग्नता नरहेको भारतीय पक्षले दाबी गरेको छ...

२,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,१८ जनाको मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८४०२ पीसीआर परीक्षणमा १९८१...

एकै परिवारका ३ जनाको मृत्युपछि उदयपुरको खैजनपुर ‘सिल’

  उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– २ खैजनपुरमा कोभिड संक्रमणले एकै परिवारमा ३ जनाको मृत्यु भएपछि सिल गरिएको छ । गएको २२ दिनभित्र कोभिड संक्रमणबाट...

साताका लोकप्रिय समाचार

रगत लिने र दिने दुवैलाई लाभ

  विश्वभर बर्सेनि करिब १ अर्ब १२ करोड युनिट रक्तदानमार्फत् रक्तसंकलन हुन्छ । नेपालमा रक्तसञ्चार सेवाले ७३ जिल्लाका १ सय २० ठाउँबाट २ लाख ३८...

अदालतले न्याय दिन ढिला गर्दा बचतकर्ताले मर्कामा

  महोतरी । जिल्ला अदालत महोत्तरीले समयमै न्याय नदिदा पिपुल्स बचत तथा ऋण सहकारी संस्थाका १ हजार ५ सय बचतकर्ताहरु मर्कामा परेका छन । छिटो छरितो...

११ स्वर्णसहित आयोजक जापान शीर्ष स्थानमा

टोकियो । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक जापान पदक तालिकाको शीर्ष स्थानमा छ । अमेरिका र चीनलाई उछिन्दै जापान शीर्ष...

खाँचो नैतिकता र इमानदारिताको

आधुनिक मलेसियाका विकास सूत्रधार महाथीर मोहम्मद र सिंगापुरका असल पिता लिक्वान यूले आआफ्नो देशलाई समुन्नत बनाउन धेरै मिहिनेत र परिश्रम गरे । उनीहरूले लोभलालच...

आकास खस्ला माधव नेपालले बराबरको अध्यक्ष पाउदैनन् : रघुबीर महासेठ

  काठमाडौं । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले माधव नेपाललाई अध्यक्ष केपी शर्मा ओलीसरहको जिम्मेवारी दिने सम्भावना शून्य रहेको...

ट्रेन्डिङ

वीरगन्ज महानगरपालिकाका नगरप्रमुख कोरोना संक्रमित

वीरगन्ज । कोरोना भाइरस ‘कोभिड–१९’ को ‘हटस्पट’ बनिरहेको पर्सामा वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगी पनि संक्रमित भएका छन् । सरावगीले आफूलाई कोरोना संक्रमण...

१० लाख जनता उतारेर निजगढ विमानस्थल शिलान्यास गर्ने पर्यटनमन्त्रीको उद्घोष

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले १० लाख जनता उतारेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यास गर्ने उद्घोष गरेका छन । बहुप्रतिक्षित...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)