Wednesday, September 22, 2021
Your Ads Here
Homeप्रदेशप्रदेश ६कोरोना त्रास : ‘स्वास्थ्य सेवाका कर्मचारीलाई तालिम र बिदामा नपठाउनुहोला’

कोरोना त्रास : ‘स्वास्थ्य सेवाका कर्मचारीलाई तालिम र बिदामा नपठाउनुहोला’

,
sharethis

दैलेख । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवा कार्यालयका कर्मचारीलाई बिदा र तालिममा नपठाउन निर्देशन दिएको छ । विश्व स्वास्थ्य संगठनले नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको सार्वजनिक गरेपछि कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले स्वास्थ्यकर्मीलाई यस्तो निर्देशन दिएको हो ।

प्रदेशका सबै जिल्ला तथा प्रदेश अस्पतालमा पत्राचार गर्दै तत्कालिन अवस्थामा स्वास्थ्य कर्मचारीलाई काज तथा बिदामा नपठाउन निर्देशन दिइएको कर्णाली प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रीता भण्डारीले बताइन् । नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेकोले कर्णाली प्रदेशमा उच्च सर्तकता अपनाउन र पूर्वतयारीको लागि पत्राचार गरिएको हो ।

स्वास्थ्य सेवा कार्यरत चिकित्सक तथा अन्य कर्मचारीलाई अत्यावश्यक काम बाहेक विदा नदिनुहोला बमोजिमको पत्राचार गरिएको छ । यसअघि बिदा वा काजमा बसेको कमर्चारीलाई पनि छिटो कार्यालयमा उपस्थित हुन भनिएको छ निर्देश भण्डारीले थपिन् ।

यसैगरी प्रदेशभित्र रहेका स्थानीय तहसँग सहकार्य गरी औषधि तथा उपकरणहरुको पूर्वतयारीका लागि सहजीकरण गर्न पनि निर्देशन दिइएको छ भने प्रदेशसभाको बैठकमा समेत सांसदहरुले कोरोनाको पूर्वतयारीबारे प्रदेश सरकारसँग जवाफ माग गरेका थिए । सामाजिक विकास मन्त्रालयले चीनसँग जोडिएका नाकामा कडाइ गरिने बताएको छ ।

प्रदेशको मन्त्री स्तरीय समिति बनाई तयारी थालिने सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शाखाका प्रमुख बृर्षबहादुर शाहीले बताए । प्रदेश अस्पतालमा समिति बनाई काम अघि बढाइने छ उनले भने ।

कर्णालीका चार स्थानमा हेल्थ डेस्क स्थापना हुँदै
कोरना भाईरसबाट उच्च सर्तकता रहनका लागि कर्णाली प्रदेश सरकारले कर्णालीका चारवटा नाकामा स्वास्थ्यकर्मी सहितको हेल्थडेस्क राख्ने भएको छ । कोरोनाबाट अति प्रभावित छिमेकी देश चीनसँग सीमा जोडिएको हुम्लाको हिल्सा, प्रदेश नम्बर ५ को सिमाना बबई, दाङबाट भित्रिने सल्यानको कपुरकोट र काठमाडौंबाट मानिसहरू भित्रिने सुर्खेत विमानस्थलमा गरी चार स्थानमा चेकजाँच गर्न हेल्थडेस्क राख्ने तयारी गरेको हो ।

चारवटा नाकामा औषधिसहित खटिने स्वास्थ्यकर्मीको टोलीले आवतजावत गर्ने हरेक नागरिकलाई सचेतनामूलक सन्देश प्रवाह गर्नुका साथै,शंकास्पद व्यक्तिको स्वास्थ्य चेकजाँच गर्ने प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रिता भण्डारीले जानकारी दिइन् । हेल्थ डेस्कमा आवश्यक सामग्री तथा औषधिसहित स्वास्थ्यकर्मीको टोली संवेदनशील मानिएको नेपाल र चीनको सीमा हिल्सा नाकामा तत्काल पठाउने, अपुग हुनसक्ने थप सामग्री खरिद गर्ने, कुनै चिजको अभाव नहुने गरि हेल्थ डेस्कको व्यवस्थापन गछौं भण्डारी भनिन् । कोरोना भाइरसबाट संक्रमितलाई उपचार गर्न कर्णाली प्रदेश अस्पतालमा दुई बेडसहितको विशेष कक्ष स्थापना गरिएको निर्देशनालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया

(Visited 181 times, 1 visits today)

आजको समाचार

प्राधिकरणको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री

काठमाडाैं ।  मुलुकको हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को निमित्त महानिर्देशकको जिम्मेवारी राजकुमार क्षेत्रीले पाएका छन् । क्यानका महानिर्देशक राजन पोखरेलले...

दिदीभाइलाई ओछ्यानमै सर्पले डस्यो, अस्पताल लैजादा बाटैमा मृत्यु

काठमाडाैं ।  सप्तरीमा विषालु सर्पले डस्दा एकै परिवारका दिदीभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा खडक नगरपालिका–२ बेल्हीका १४ वर्षीया सुनिता मण्डल र नौ...

राजस्थानको रोमान्चक जित

दुबई । ईन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वेन्टी क्रिकेटमा राजस्थान रोयल्सले पन्जाब किङ्सलाई दुई रनले हराएको छ । दुबईमा गएराति भएको रोमान्चक खेलमा राजस्थानले दिएको...

परराष्ट्रमन्त्री खड्काद्वारा शपथ, लगत्तै न्यूयोर्क जाने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त परराष्ट्रमन्त्री डा नारायण खड्कालाई आज पद तथा गोपनीयताको शपथ दिलाएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा...

राजनीतिमा व्यक्तिको होइन, कार्यशैलीको महत्व हुन्छ

राजनीतिमा व्यक्तिको होइन कार्यशैलीको महत्व हुन्छ भने कुरा अहिले होइन प्राग, ऐतिहासिक कालबाटै मान्य हुँदै आएको हो । पूर्ववैदिक युगकै समयमा ठूलाले सानालाई बलियोले...

साताका लोकप्रिय समाचार

गुण एयरलाइन्सले आजबाट उडान सुरु

काठमाडौं । निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्सले आजबाट नियमित उडान सुरु गरेको छ । प्ररम्भमा यस वायुसेवाले काठमाडौंबाट भरतपुर र पोखरामा नियमित...

संसदको गतिरोध हट्ने मन्त्री कार्कीको विश्वास

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीसँग संवादमा रहेका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदको अबरोध पनि हट्ने र बजेट...

मेयरलाई मुक्का हान्ने कार्यकर्तामाथि एमालेले मुद्दा नचलाउने

  बुटवल । एमालेले बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने अनेरास्ववियु रुपन्देहीका सदस्य गणेश पंगेनीविरूद्ध मुद्दा नचलाउने भएको छ । नेकपा एमाले बुटवलले मंगलबार पत्रकार...

हत्या आरोपीलाई नियन्त्रणमा लिन खोज्दा झडप

चितवन । पूर्वी चितवनको राप्तीमा शुक्रबार राति एक पुरुषको हत्या भएको छ । राप्ती नगरपालिका–९ शितलपानीका ५९ वर्षीय कान्छा लामाको हत्या भएको हो । लामाको...

नागरिक बडापत्रबाट बेखबर सेवाग्राही

स्याङ्जा । वालिङ नगरपालिका कार्यालयको मुल गेट नपुग्नु भन्दा अगाडी नागरिक बडापत्र राखिएको छ । सानो अक्षरमा लेखिएको बडापत्रमा २४ ओटा सेवा प्रवाह हुने...

ट्रेन्डिङ

मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । स्थानीय वायुको प्रभावले आज देशको पूर्वी तथा मध्यपहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना...

कोभिड विरुद्धको खोप अर्काे वर्षको मध्यपछि मात्र बजारमा आउँछ : विश्व स्वास्थ्य संगठन

जेनेभा । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ विरुद्धको खोप निस्केपछि पनि आगामी वर्ष सन् २०२१ को मध्यसम्ममा मात्र उपलब्ध हुन सक्ने बताएको छ । विश्व...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)