दोलखा । चीनको स्वशासित क्षेत्र तिव्वतमा भारी बर्षापछि आएको पहिरोका कारण थुनिएको नदीको पानी कटान सुरु भएको छ । चिनियाँ नागरिकले चारैतिरबाट पानी कटाउन थालेका छन् । ताल बनेको नदी पुटेपछि नेपालमा क्षति हुने भएकाले चीनीयाहरु चारै तिर पानी तर्काउन लागेका छन् । दोलखाको बिगु गाउँपालिका १ लप्चीको सिमनामा पर्ने स्थानमा चीनीयाहरुले पानी तर्काउन लागेको भिडियो समाजिक संजालमा सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय सिंगटीले उक्त जानकारी गराएको हो ।
पहिरोले नदीको प्रवाह रोकिदा चीनीया नदी थुनिएको छ भने थुनिएको ढिस्को एकै पटक फुटेमा तामाकोशी नदीमा बाढी आउने खतरा छ ।
स्थानीय प्रशासनले दोलखा र आसपासका जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सर्तकता अपनाउन आग्रह गरेको थियो । जिल्ला प्रशासन कार्यालय दोलखाले शुक्रबार राति पौने १० बजे सार्वजनिक सूचना जारी गर्दै चिनको सिमा क्षेत्रमा रहेको टिंग्री कन्ट्रिको रोङछिया सहर र सो सहरको आसपासको क्षेत्रमा भारी बर्षासँगै पहिरो आउँदा नदीको प्रवाह रोकिन गएको भन्ने सूचना प्राप्त भएकाले सोका कारण तामाकोशीमा नदीमा कुनै पनि बेला पानीको बहाव बढेर बाढी आउन सक्ने जनाएको छ ।
बाढी आउने खतराका कारण नेपाल चीन वीचको सिमानामा रहेका बस्ति तथा तामाकोशी नदी तटीय क्षेत्रमा जोखिमको सम्भावना रहेको भन्दै सो क्षेत्रका बासिन्दालाई सर्तक र सजक रहन भनेको छ । दोलखाको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले वर्षा याममा निम्तन सक्ने सम्भावित खतराका ’boutमा चिनको टिडग्री काउन्टिसँग शुक्रबार बेलुकी कुरा भएको र भारी वर्षा र पहिरोका कारण नेपाल–चीन सिमानामा नदीको प्रवाह रोकिएको जानकारी प्राप्त भएको बताए ।
तामाकोशी नदी नेपाल–चिन सिमानावाट बग्ने गर्दछ । तसर्थ चीनतर्फ भारी वर्षा र बाढीपहिरो आउँदा तामाकोशी नदीमा पनि पानीको बहाव बढ़ने गरेको छ । तामाकोशी नदीमा बाढी आए नेपाल र चिन बीचको सिमानामा रहेका बस्ति सहित दोलखाको लामावगर, गोंगर, सिंगटी, तामाकोशी, सितली, किर्नेटार, सितली तथा रामेछापको मन्थली र सिन्धुलीको खुर्कोट बजारसम्म क्षति हुने सम्भावना छ ।
बाढीको खतरापछि माथिल्लो तामाकोशीको सुरुङमा पानी पठाउने काम पनि गए रातिवाटै बन्द गरिएको छ । बालुवा थिग्रयाउने पोखरीको पानीलाई फालेर पुरै खाली गरिएको छ । असार १ गते तामाकोशी नदीमा एक्कासी आएको बाढीका कारण माथिल्ले तामाकोशीको जलाशय काठको मुढा र लेदोले भरिएको थियो । सो मुढा र लेदोलाई पनि झिकिएको आयोजनाले जनाएको छ । आयोजनामा बाढी आउने सूचनापछि माथिल्लो तामाकोशीको जलाशयको सतह ९ मिटर घटाईएको छ भने बालुवा थिग्रार्ने पोखरी पुरै खाली गरिएको छ । जलाशयको पानी घटाएर न्यूनतम बिन्दुमा झारिएका कारण तामाकोशी नदीमा बाढी आईहाले पनि कम्तिमा एकदेखि डेढ घण्टा बाँधले थेग्न सक्ने बताए ।






