बढ्यो गाँजा तस्करीको बिगबिगी

 

चुरे मकवानपुर । गाँजा खेतिलाई बैधानिकता दिने नदिने सवालमा संघीय तथा प्रदेश सभामा बेला बेलामा बहस चल्ने गरेको छ । यता गाँजाको “ट्रान्जिट प्वाइन्ट” भनिदै आएको मकवानपुरमा प्रहरीले दैनिक डेढ क्विन्टलसम्मको परिमाणमा गाँजा बरामद गर्ने गरेको छ ।

३ दिन अघि मनहरी गाउँपालिका ६ सुनाचुरी घर भएका चालकले चलाएको कन्टेनरमा लगिएको झण्डै १ क्विन्टल गाँजा हेटौँडामा प्रहरीले बरामद ग¥यो । गोप्य सूचनाको आधारमा प्रहरीले हेटौंडा बजार क्षेत्र प्रवेश गर्नु अगावै हेटौँडा ११ थानाभ-याङमै नियन्त्रणमा लिने प्रयास गरेको थियो । चालकले आफ्नो चलाख्याइ प्रयोग गर्दै कन्टेनरलाई भूटनदेवी मोडमा पु-याए । र सोही मोडमा प्रहरीले नियन्त्रणमा लियो । कन्टेनरमा रहेको १२ पोका अर्थात ९६ किलो ४ सय ग्राम गाँजा र तस्कारमा संलग्न ५ जना युवाहरुलाई प्रहरीले नियन्त्रणमा लियो ।

यसपटक बरामद गरेको गाँजा र तस्करमा संलग्नहरुको ’boutमा अनुसन्धान गर्दा गर्दा प्रहरीले भोलिपल्ट उसैगरी लोडगरी ल्याइएको गाँजा अझै ठुलो परिमाणमा फेला पा-यो ।

बुधबार ९६ किलो गाँजा बरामद गरेको प्रहरीले भोलीपल्ट विहीबार १ सय ४३ किलो अर्थात झण्डै डेढ क्विन्टल गाँजा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिहिबार १ सय ४३ किलो ३०० ग्राम लागुऔषध सहित ३ जनालाई प्रकाउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिशेष सूचनाको आधारमा मनहरीबाट हेटांैडा तर्फ आईरहेको ना १ ख ९९१० नम्बरको कन्टेनर गाडीलाई हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभ¥याङ स्थित पुर्व पश्चिम राजमार्ग सडक खण्डमा गाडिलाई रोकि चेकजाँच गर्दा गाडीको केविन भित्र चालक बस्ने सिट पछाडि फल्स बटम बनाई लुकाई छिपाई ल्याएको १२ वटा पोकामा लागुऔषध बरामद गरेको थियो प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले बताए ।

प्रहरीले गाडी चालक जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नम्बर ५ सिगार्से बस्ने २८ बर्षिय सनक बहादुर तामाङ, सह–चालक वडा नं. ८ मानेश्वरा बस्ने बस्ने बर्ष २४ का सोमे तामाङ र सोही गाडिमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर १ गल्छराङ बस्ने १८ बर्षिय सविन तामाङलाई प्रहरीले बिहिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

के छ कानुनी प्रावधान 

लागू–औषध–नियन्त्रण–ऐन–२०३३ अनुसार गाँजा उत्पादन, तयार, खरिद, बिक्री वितरण, निकासी वा पैठारी, ओसार पसार तथा सञ्चय गर्ने व्यक्तिलाई परिमाण हेरेर ३ महिना देखि १० वर्षसम्म कैद वा ३ हजार देखि १ लाख रुपियाँसम्मको जरीवान हुने प्रावधान छ ।

ऐन अनुसार पचास ग्रामसम्मको गाँजा भएमा भए तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना सजायँ हुन सक्नेछ । पचास ग्रामदेखि पाँचसय ग्रामसम्मको भए एक महिनादेखि एक बर्षसम्म कैद र एक हजार रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना हुनेछ । यसैगरी पाँचसय ग्रामदेखि दुई किलोग्रामसम्मको भए छ महिनादेखि दुईवर्षसम्म कैद र दुई हजार रुपैयाँदेखि दश हजार रुपैयाँसम्म जरिवाना हुनेछ । दुई किलोग्रामदेखि दश किलो–ग्रामसम्मको भए एकवर्षदेखि तीन वर्षसम्म कैद र पाँच हजार रुपैयाँदेखि पच्चीस हजार रुपैयाँसम्म र दश किलोग्रामदेखि माथि जति सुकै भएपनि दुई वर्षदेखि दश वर्षसम्म कैद र पन्ध्र हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ ।

प्रहरीको ड्युटीमा शंका

जिल्ला प्रहरी कार्यालयका अनुसार ना २ ख ५५७९ नं को कन्टेनर ट्रकमा गाँजा लोड गरेर मकवानपुरको मनहरी गाउँपालिका हुंदै हेटौँडा आइपुगेपछि नियन्त्रणमा लिइएको थियो । जबकी यो बिचमा आधा दर्जन प्रहरी चेक प्वाइन्ट छन् ।
मनहरी गाउँपालिका–६ सुनाचुरीमा रहेको प्रहरी चौकी, इलाका प्रहरी कार्यालय मनहरी, इलाका प्रहरी कार्यालय नेवारपानी र प्रहरी चौकी लेवट समेत पार गरेर हेटौँडा आइपुगेको गाँजा प्रहरीले नियन्त्रण गरेपछि यसबिचको प्रहरीको ड्युटी’bout शंका गर्न थालिएको छ ।

उक्त कन्टेनरबाट गाँजासहित पक्राउ पर्नेहरुमा कन्टेनर चालक मनहरी गाउँपालिका ६ का २५ बर्षीय सन्तोष आलेमगर, सहचालक सोही स्थानका २१ बर्षीय मोसा घलान रहेका छन् । त्यसैगरी कैलाश गाउँपालिका ८ का २४ बर्षीय उमेश लामा र सोही वडाका २९ बर्षीय रोशन मुक्तान र चितवनको राप्ती नगरपालिका २ का ३१ बर्षीय बिष्णु लामा पक्राउ परेका थिए ।
निषेधाज्ञाको फाइदा उठाएर प्रहरी ‘सेटिङ’ मिलाउँदै गाँजा ओसार पसार भएको अनुमान गरिएको छ । यद्यपि, यस’bout प्रहरीले अनुन्धान जारी राखेको छ ।

जिल्लामै उत्पादित गाँजा हुनसक्ने प्रहरीको अनुमान

मकवानपुर जिल्ला लागु औषधा गाँजा उत्पादनको हब मानिदै आएको छ । लगातार प्रहरीले बरामद गरेको गाँजा जिल्लाकै पश्चिमी क्षेत्रमा उत्पादीत गाँजा भइएको अनुमान गरिएको छ । जिल्लाको पश्चिम क्षेत्र कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिकाको धेरैजसो क्षेत्रमा गाँजा खेती हुने गरेको छ । प्रहरीले ब्याडमा नै पुगेर गाँजा नष्ट गर्ने अभियान चलाउँदा पनि हरेक वर्ष गाँजा उत्पादनमा कमी आएको छैन ।

कोरोना भाइरसको कारण निषेधाज्ञा जारी गरेपछि ठुला गाडीहरु सञ्चालनमा रोक लगाइएको थियो । तर असार १ गतेबाट निषेधाज्ञामा केही खुकुलो पारएसँगै ठुला गाडिहरुमै गाँजा तस्करी गर्न थालिएको पाइएको छ ।

युवाहरु तस्कर हुन् कि भरिया

प्रहरीले गाउँजा तस्करमा सहभागी भएको आधारमा दुइ दिनमा ८ जना युवाहरुलाई नियन्त्रणमा लिएको छ । लागु औषध कारोबार गरेको आधारमा उनीहरुलाई कानुनी कारबाही हुनेछ । युवा वर्गको सहभागीता किन गैरकानुनी क्षेत्रमा बढ्यो भन्ने सवालमा गम्भीर प्रश्न उठेको छ ।

 

तपाइको प्रतिक्रिया
(Visited 686 times, 1 visits today)

epaper

ताजा समाचार

सुरक्षा तथा जोखिम व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न