बलात्कार प्रयासपछि नौ वर्षिया बालिकाको घाँटी रेटेर हत्या

 

सप्तरी, राजविराज । प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी ९ वर्षिया बालिकाको घाँटी रेटी हत्या गरिएको घटनामा गाउँकै एक यूवाको संलग्नता पुष्टि गरेको छ ।

स्थानिय १९ वर्षिय रोहित कुमार यादवले बलात्कार प्रयास बिफल भएपछि आफ्नो पहिचान खुल्ने डरले बालिकाको हत्या गरेको प्रहरीले जनाएको छ ।

शुक्रबार बाख्रा चराउन गएकी डाक्नेश्वरी नगरपालिका ३ की नौं वर्षिया शिवानीकुमारी यादवको हत्या भएको अवस्थामा शव भेटिएको थियो । अबेर साँझसम्म घर नफर्किएपछि आफन्तले प्रहरीको सहयोगमा खोज्दै जाँदा सोही वडाको हटैलस्थित आँप बगैचा नजिकै बाँसघारीमा घाँटी रेटिएको अवस्थामा शव भेटिएको थियो । हत्यामा प्रयोग भएका हँसिया, बालिकाको दुई खुटाको बीचमा गाडिएको अवस्थामा मृत शरीर फेला परेको थियो ।

अनुसन्धानको क्रममा जिल्ला प्रहरीका साथै संघीय र प्रदेश प्रहरी कार्यालय जनकपुरबाट विशेष प्रहरी टोली परिचालित थिए । त्यस्तै तालिम प्राप्त कुकुरको समेत सहयोग लिइएको थियो ।

तीन दिन लगातारको प्रयास र अनुसन्धानपछि मुख्य अपराधी पक्राउ गर्न सफलता मिलेको एसपी राजेन्द्र धमलाले बताए । कुकुरले गरेको संकेत तथा घटनाको सुक्ष्म अनुसन्धान गर्दै जाँदा हत्यारा आइतबार राती घरमै लुकीबसेको अवस्थामा पक्राउ परेको उनले जानकारी दिए ।

उनका अनुसार बाख्रा चराउन निस्केकी शिवानी आँप बगैचामा पुगेपछि आँप टिप्न लागेकी थिइन् । सोही स्थानमा घास काट्दै गरेका रोहितले एकान्तमा देखेर मुख थुनी बाँसघारीमा लगि लडाएर बलात्कारको प्रयास गरेका थिए । तर, शिवानीले आमालाई भनिदिन्छु भन्दै चिच्याउन थालेपछि पहिचान खुल्ने डरले हँसियाले घाँटी रेटेर मारेको रोहितले स्वीकारेका छन् ।
प्रहरीले रोहितलाई सोमबार सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । यता बालिकाको हत्यापछि गाउँमा त्रास छ । सो बस्तीका महिला तथा बालबालिका पशु चौपाया चराउन चउर र जंगलमा जान छाडेका छन् । स्थानियले पक्राउ परेका यादवमाथी कडा भन्दा कडा कारवाहीको माँग गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 132 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सत्ता गठबन्धनलाई सिट बाँडफाँट मिलाउन कति सहज ?

कुरी-कुरी