Saturday, September 25, 2021
Your Ads Here
Homeप्रदेशप्रदेश १पाँचथरमा कोरोनाले तीन दिनमा चारको मृत्यु

पाँचथरमा कोरोनाले तीन दिनमा चारको मृत्यु

सन्देश सुब्बा,
sharethis

पाँचथर । दोस्रो लहरको कोरोना भाइरस संक्रमणबाट पाँचथरको फिदिममा तीन दिनमा चार जनाको मृत्यु भएको छ । मृतकमध्ये तीन जना फिदिम बजारको व्यवसायी रहेका छन् ।

शुक्रबार बिहान फिदिम–२, की ६३ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भयो । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । पेट दुख्ने समस्या लिएर अस्पताल गएकी उनको पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको परिवारले बताएका छन् ।

बिहीबार बिहान फिदिम बजारका दुई व्यवसायीको उपचारकै क्रममा मृत्यु भयो । फिदिम बजारको लखनमार्गमा व्यवसाय गर्दै आएका ५० वर्षीय कोरोना संक्रमित पुरुषको झापाको बी एन्ड सी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै सोही दिन फिदिम बजारको ठाडो लाइनमा व्यवसाय गर्दै आएकी ४४ वर्षीया महिलाको पनि कोरोनाकै कारण मृत्यु भएको हो । उनको झापाको बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   करिश्मादेखी शान्ता चाैधरी समेतले होम सेन्टरमै दिए कक्षा १२ को परीक्षा

त्यसअघि बिहीबार फिदिमको लोकतन्त्र चोकमा फोटो स्टुडियो सञ्चालन गर्दै आएका ५९ वर्षीय पुरुषको पनि कोरोनाकै कारण मृत्यु भएको थियो । उनको पनि झापाको बिर्तासिटी अस्पतालमै मृत्यु भएको परिवारले बताए ।

जिल्लामा बढेको संक्रमणदर घट्न सकेको छैन । शुक्रबार ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख छ । असार नौ गते पीसीआर परीक्षणका लागि ५३ जनाको स्वाब संकलन गरी पठाइएकोमा शुक्रबार २६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । त्यस्तै, शुक्रबार जिल्लाको विभिन्न स्थानमा ६४ जनाको एन्टिजेन परीक्षण गर्दा २९ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै शुक्रबारसम्ममा जिल्लामा सक्रिय संक्रमितको संख्या २ हजार ४५ पुगेको छ । जिल्लामा पछिल्लो समय कोरोना संक्रमणदर घट्नुको साटो प्रत्येक दिन बढिरहेको छ ।

तपाइको प्रतिक्रिया

(Visited 88 times, 1 visits today)

आजको समाचार

टेबलटेनिस टोली कतारतर्फ

काठमाडौं । २५ औं एसियन टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन नेपाली टेबल टेनिस टोली आज कतार प्रस्थान गर्दैछ । ६ खेलाडी, एक प्रशिक्षक र एक...

दुई खेल खेलेर अफ्रिदी फर्किने

काठमाडौं । पाकिस्तानका पूर्वस्टार अलराउन्डर शाहिद अफ्रिदी चौथो संस्करणको बजाज पल्स एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिता खेल्न नेपाल आइपुगेका छन् । अफ्रिदी...

गायिका इन्दिरा जाेशीकाे सुटुक्क इन्गेजमेन्ट

  काठमाडाैं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । केही समययता प्रेममा रहेका उनीहरूले हिजो खुम्बु पुगेर बिहे पक्का गरेका...

सहकारीमूलक संघीयता

विश्वमा भिन्नभिन्न प्रकारका संघीय शासन प्रणाली प्रचलनमा रहेका छन् । सरकारका तहबीच अन्तरजेलित, अन्तरनिर्भर र अन्तरसम्बन्धित जिम्मेवारी पूरा गर्न सहयोगात्मक सम्बन्ध, समन्वय र सहकार्य...

दसैंमा टिकाकाे साइत बिहान १० बजेर ०२ मिनेटमा

  काठमाडाैं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत...

साताका लोकप्रिय समाचार

कांग्रेस १४औं महाधिवेशनः १३ जिल्लामा वडा अधिवेशन अनिश्चित

काठमाडौं । नेपाली कांग्रेसले १३ जिल्लामा वडा अधिवेशन गर्न ढिला गरेसँगै ९ भदौका लागि तोकिएको पालिका अधिवेशनसमेत अनिश्चित बनेको छ । क्रियाशील सदस्यता नामावली...

स्यानीटरी प्याडमा भन्सार महशुल बढाएको छैन : अर्थमन्त्रालय

  काठमाडौँ । सरकारले स्यानीटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय संचारमाध्यममार्फत फैलाएको हल्लाप्रति ध्यानाकर्षण भएको जनाएको छ । अर्थमन्त्रीको सचिवालयले...

नेपालले आज फिलिपिन्ससँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपालले आज फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ । उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले बलियो टिम फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ...

महासभामा भाग लिन परराष्ट्रमन्त्री न्युयोर्कमा

  काठमाडाैं ।  पराष्ट्रमन्त्री डा नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका छन् । मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई जोन...

पहिरो अवलोकनमा पुगेका बुटवलका मेयर स्थानियबाट कुटिए

बुटवल । बुटवलको ज्योतिनगरमा खसेको पहिरो अवलोकनका लागि पुगेका बुटवलका मेयर शिवराज सुवेदीमाथि सोमबार आक्रमण भएको छ । आक्रोशित स्थानीय गणेश पंगेनीले सुवेदीमाथि मुक्का हानेका...

ट्रेन्डिङ

संघीय नीतिलाई प्रदेश सरकारको ‘काउन्टर’

काठमाडौं । संघीय सरकारले आगामी आर्थिक वर्ष २०७७-७८ को बजेटमार्फत ल्याएको ढुंगा, गिट्टी, बालुवा निर्यात गर्ने नीति विवादमा छ । चुरेको दोहन हुने र...

सिरहाका कोरोना संक्रमित युवकको धरानमा मृत्यु

लहान । सिराहाको लहान नगरपालिकाका २२ वर्षीय कोरोना भाइरस संक्रमित युवकको उपचारका क्रममा मृत्यु भएको छ । आइतबार कोरोना संक्रमण पुष्टि भएका उनको सोमबार...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)