बालिका बलात्कार आरोपमा युवा पक्राउ

धनकुटा । १४ बर्षीया वालिकालाई बलात्कार गरेको आरोपमा धनकुटाको साँगुरीगढी गाउँपालिकाका एक युवा पक्राउ परेका छन् । वालिका बलात्कार आरोपमा साँगुरीगढी–८ का २५ बर्षीय भिषण राईलाई प्रहरीले गत बुधबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार घटना गत जेठ २४ गतेको हो । पीडित पक्षले जेठ ३१ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । त्यसपछि फरार भएका राईलाई वुधबार गाउँबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सन्तुलाल जैसवालले जानकारी दिए । ‘आफन्तको बाट घर फर्कने क्रममा राती करिब ९ बजे हात समातेर तान्दै मकैवारीमा लगेर बलात्कार गरेको रहेछ,’ डिएसपी जैसवालले भने, ‘घटनापछि फरार भएका राईलाई हामीले गाउँमै फेला पारेर पक्राउ गरी कारबाही प्रकृया अघि बढाएका छौ ।’

पक्राउ परेका राईविरुद्ध प्रहरीले जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दा दायर गरेको छ । मुद्दा दायर गरेर घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 408 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

'गणेशमानले पोष्ट गरेको भिडियोमा सत्यता छैन'

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गुल्मीको छत्रकोट र सत्यवतीमा एमाले विजयी