१९२० जनामा काेराेना संक्रमण, ३४ जनाकाे मृत्यु

 

काठमाडाैं । पछिल्लो २४ घण्टामा थप १९२० जनामा कोरोना भाइरस संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६००० जनामा गरिएको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२० जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये काठमाडौं उपत्यकमा ४२४ जना रहेका छन् । जसमा काठमाडौं जिल्लामा २९२, ललितपुरमा १०० र भक्तपुरमा ३२ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३००७ रहेको छ । संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म ६ लाख ६५ हजार ७७७ जनामा कोरोना भाइरस संक्रमण भएकामा ५ लाख ८४ हजार ३३४ जना संक्रमणमुक्त भएका छन् भने ९००९ जनाको मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 161 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सानोपाइला सहकारी ठगीमा रवि लामिछानेसहित १४ जनाविरूद्ध पर्सामा पक्राउ पूर्जी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यी हुन् गोदावरी नगरपालिकाका मेयर आकांक्षी