अब खाद्यान्न र पुस्तक पसल साँझ छ बजेसम्म खोल्न पाइने

 

काठमाडौँ । सरकारले निषेधाज्ञालाई खुकुलो पार्दै खाद्यान्न र पुस्तक पसलहरु साँझ छ बजेसम्म खोल्न पाइने निर्णय गरेको छ । सोमबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले सो निर्णय गरेको हो ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले काठमाडौ उपत्यकामा गत १६ बैशाख देखि निरन्तर निषेधाज्ञा गर्दै आएको छ । पछिल्लो समय कोरोना संक्रमित्रको संख्या घट्दै गएपछि सरकारले निषेधाज्ञालाई खुकुलो बनाउँदै सार्वजिनक सवारी साधान पनि जोर विरोज सञ्चालन गर्न पाइने निर्णय गरेको छ । काठमाडौँ उपत्यका भित्र मात्र संचालन हुने २५ सिट क्षमता भन्दा बढीका सार्वजनिक यात्रु बाहक सवारी साधन जोर बिजोरमा प्रणालीमा सञ्चालन पाइने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

गतसाता सरकारले काठमाडौँ उपत्यकामा एक साता निषेधाज्ञालाई थप गरी खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु पसल र पुस्तक पसलहरु विहान ११ सम्म खोल्न पाइने र अन्य व्यापारीक कारोबार हुने सुनचाँदी र लुगा कपडा जुत्ताचप्पल पसलहरु बार अनुसार खोल्न पाइने निर्णय गरेको थियो । सोमबार एक साता निषेधाज्ञालाई थप गरी डिपार्टमेन्ट स्टोर सपिङ्ग मल र खेलकुद सामग्री पसल, कपडा, जुत्ता फेन्सी, कस्मेटिक, साडी, गिप्mट आइटम, टेलिरिङ्ग लगायतका पसलहरु विहान ११ बजे देखि साँझ ६ बजे सम्म खोल्न पाइने निर्णय गरेको छ ।

अघिल्लो साता सरकारले निषेधाज्ञाको अवधिमा आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा भान्साजन्य विद्युतीय घरायसी सामग्री, अटोमोबाइल शोरुम, अटोमोबाइल पार्टस, इलेक्ट्रोनिक पसलहरु खोल्न पाइने निर्णय गरेको थियो । यसैगरी सोमबार, बुधबार र शुक्रबार डिपार्टमेन्ट स्टोर सपिङ्ग मल र खेलकुद सामग्री पसल, कपडा, जुत्ता फेन्सी, कस्मेटिक, साडी, गिप्mट आइटम, टेलिरिङ्ग पसलहरु खोल्न पाइने निर्णय गरेको थियो ।

अहिले खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु पसल र पुस्तक पसलहरु साँझ ६ बजे सम्म र अन्य पसल ११ बजेदेखि दिउसो साँझ ६ बजेसम्म खोल्न पाइने निर्णय गरेको छ । यसैगरी अत्यावश्यक वस्तुको अनलाइन अर्डर, टेक अवे र होम डेलिभरी र सवारी साधन मर्मतका लागि वर्कसप साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयका अनुसार सभा सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङपुल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लब, फुटसल, जिमखानाहरु भने सञ्चालन गर्न पाइने छैन । खुला स्थानमा भेला हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोजभतेर गर्न पनि प्रतिबन्ध छ । विद्यालय, क्याम्पसमा भौतिक उपस्थिति पठन पाठन तथा परीक्षा सञ्चालन गर्न पाइने छैन । निजी सवारी साधनमा जोर विजोर प्रणाली यथावथ छ ।

 

 

तपाइको प्रतिक्रिया
(Visited 225 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा