डीआईजी सहकुल थापा एआईजीमा बढुवा सिफारिस

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहकुल थापालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गर्न सिफारिस गरेको छ ।

गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले सोमबार डीआईजी थापालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । सिफारिस’bout थप निर्णय मन्त्रिपरिषद् बैठकले गर्नेछ ।

केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीतर्फ एक जना एआईजीको दरबन्दी थप गरेको थियो ।

एआईजीमा सिफारिसमा परेका थापाको नाम मन्त्रिपरिषद्ले स्वीकृत गरेमा थापा नेपाल प्रहरीको एआईजी बन्नेछन् । उनी एआईजी भए भने आगामी प्रहरी नेतृत्वका लागि उनीसमेत दाबेदार बन्नेछन् ।

यसअघि गत वर्षको २७ कात्तिकको मन्त्रिपरिषद् बैठकले विश्वराज पोखरेललाई एआईजी बनाएको थियो । त्यसयता उनी आगामी प्रहरी नेतृत्वका लागि एक्ला दाबेदार रहेका थिए ।

अब भने एआईजी पोखरेल र थापाबीच आगामी प्रहरी नेतृत्वका लागि प्रतिस्पर्धा हुने पक्का भएको छ । नेपाल प्रहरीका हालका प्रमुख आईजीपी शैलेश थापा क्षत्रीले १९ वैशाख २०७९ मा अवकाश पाउनेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 632 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

इलाममा गर्भवती विमलाको शव गाडिएको अवस्थामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सम्पूर्ण स्थानीय तहमा गठबन्धन गर्ने सत्तारुढ दलबीच सहमति (सम्झाैतापत्र सहित)