मनसुनका २१ दिनः ३३ जनाको मृत्यु, ३० बेपत्ता

काठमाडौं । मनसुनजन्य विपद्का घटनाबाट २१ दिनको अवधिमा ३३ जनाको मृत्युु भएको छ । यस वर्ष नेपालमा २८ जेठबाट मनसुन सुरु भएको थियो ।

गृह मन्त्रालयले बिहीबार साँझ अद्यावधिक गरेको तथ्यांकअनुसार २१ दिनको अवधिमा देशभर आएका बाढी तथा पहिरोका घटनामा परेर ३३ जनाको ज्यान गएको हो । यस्तै यो अवधिमा ३० जना विभिन्न घटनामा परेर बेपत्ता भएका छन् भने ३० जना नै घाइते भएका छन् ।

कतिपय स्थानमा पूर्वानुमान गर्नै मुस्किल

मनसुनको समयमा पहाडका जिल्लामा पहिरो र तराईका जिल्लामा बाढी तथा डुबान र कटानको समस्या देखिँदै आएको छ । सरकारले तराई र पहाडका जिल्लामा बाढीको पूर्वानुमान गर्न सकिने गरी क्षति घटाउन प्रयत्न गर्दै आए पनि कतिपय स्थानमा पूर्वानुमान नै गर्नै मुस्किल पर्दै आइरहेको छ । सरकारले यसैवर्षदेखि पहिरोको पूर्वानुमान गर्न सकिनेगरी पहाडका नौ जिल्लामा प्रविधि जडान गरेको छ ।

यो अवधिमा बाढी, पहिरो तथा डुबान र कटानबाट ४ सय ७५ घरमा आंशिक क्षति भएको छ भने १ सय १२ घरमा पूर्णरूपमा क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ ।

तथ्यांकअनुसार यो अवधिमा सबैभन्दा बढी सिन्धुपाल्चोकमा पाँच जनाले बाढी तथा पहिरोमा परेर ज्यान गुमाएका छन् भने डोटीमा चार जनाको ज्यान गएको छ । यस्तै, रोल्पामा पहिरोमा परेर तीन जनाको ज्यान गएको छ भने प्युठानमा पहिरो, रौतहटमा बाढी, तनहुँ र चितवनमा पहिरोका घटनामा परेर दुई÷दुई जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ ।

यसैगरी, बाजुरा, गोरखा, पाल्पा, अर्घाखाँची, कास्की, काभ्रे, कालिकोट, सप्तरी, बझाङ, पाँचथर, रोल्पा, दाङ र सिन्धुलीमा एक÷एक जनाको ज्यान गएको छ । यस्तै, जुम्लामा हिम पहिरोमा परेर एक जनाको ज्यान गएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले कतिपय स्थानमा भौगोलिक अवस्थाका कारण अनुमान गर्न नै मुस्किल पर्ने गरेको बताए । उनले केही दिनअघि सिन्धुपाल्चोकमा आएको बाढी पूर्वानुमानभन्दा बाहिर रहेकोसमेत जानकारी दिए ।

‘हाम्रो भौगोलिक बनावटका कारण कतिपय स्थानमा अनुमान गर्न पनि मुस्किल हुँदै आएको छ, मेलम्चीमा त्यस्तै भयो, कहिलेकाँही कुन ठाउँ सुरक्षित कुन ठाउँ असुरक्षित भन्ने छुट्याउन नै समस्या हुने गरेको छ ।’ प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले राजधानीसँग भने ।

उनले यस वर्ष हिमाली क्षेत्रबाट पानी पर्न सुरु गरेकाले मनसुनमा पनि जलवायु परिवर्तनको असर देखिएको बताए ।

‘पहिलो तराईमा पानी झर्नुपर्ने, त्यसपछि पहाड हुँदै हिमालतर्फ पानी झर्नुपर्नेमा यसपटक उल्टो भइरहेको छ, जलवायु परिवर्तनले मनसुनको चक्रलाई नै उल्टो बनाएको छ,’ पोखरेलले भने ।

उनले केही स्थानमा बस्ती कस्तो ठाउँमा बसाल्ने भन्ने तयारी नहुँदा र केही स्थानमा भारवहन नहेरी घर बनाउँदा पनि मनसुनको समयमा बाढी तथा पहिरोको जोखिम बढ्ने गरेको बताए । यी विषयमा व्यक्तिले गरेका गल्तीका कारण पनि पछुताउनुपर्ने अवस्था हरेक वर्ष देखिने गरेको उनले भनेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 326 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मकवानपुरको ३ पालिका र ४८ वडाको नतिजा सार्वजनिक (सूचीसहित)