सन् २०२१ जुलाई २३ देखि जापानको राजधानी टोकियोमा हुने ३२औं ग्रीष्मकालीन ओलम्पिकमा नेपालकातर्फबाट एथलेटिसमा सरस्वती चौधरीले महिला १ सय मिटर दौडमा सहभागिता जनाउने भएको राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी र नेपाल एथलेटिक्स संघले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
सहभागीतका लागि युनिभर्ससालिटी प्लेसअन्तर्गत म्याराथन विधामा म्याराथन धावक गोपी चन्द्र पार्कीलाई सहभागी गराउन लामो लिस्टमा नाम पठाइएको थियो । त्यसको तयारीका लागि आवश्यक प्रशिक्षणको पनि व्यवस्था गरिएको संयुक्त विज्ञप्तिमा उल्लेख छ । सो विज्ञप्तिमा राखेपका सदस्यसचिव रमेश सिलवाल, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाहले हस्ताक्षर गरेका छन् ।
युर्निभर्सालिटी प्लेसमार्फत ओलम्पिकमा सहभागीता सुनिश्चित गर्नका लागि सम्बन्धित खेलको अन्तर्राष्ट्रिय महासंघको प्राविधिक कमिटीबाट निर्णय हुने भएको हुँदा म्याराथनमा कोटाभन्दा धेरै आवेदन परेको हुँदा नेपाललाई म्याराथुनमा नभई एथलेटिक्सको महिला विधाको सय मिटरमा संघको सिफारिसअनुसार सहभागिता सुनिश्चित भएको उल्लेख छ । जसमा १ सय मिटर दौडमा नेपालका उत्कृष्ट खेलाडी सरसस्वती चौधरीको नाम पठाइएको उल्लेख छ ।






